दोस्रो थिस्सलोनिकी ३:१-१८
३ अन्तमा हे भाइ हो, हाम्रो निम्ति प्रार्थना गरिरहो+ ताकि यहोवा* परमेश्वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्+ अनि तिमीहरूले त्यसलाई आदरपूर्वक स्विकारेजस्तै अरूहरूले पनि स्विकारून्।
२ साथै खतरनाक र दुष्ट मानिसहरूबाट हामीले छुटकारा पाउन सकौँ + भनेर पनि प्रार्थना गरिदेओ किनभने विश्वास सबैसित हुँदैन।+
३ तर प्रभु विश्वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र त्यस दुष्टबाट* जोगाउनुहुनेछ।
४ यसबाहेक प्रभुको चेलाको नाताले हामीलाई भरोसा छ कि हामीले दिएका निर्देशनहरू तिमीहरूले पालन गरिरहेका छौ र पछि पनि गरिरहनेछौ।
५ प्रभुले तिमीहरूको हृदयलाई निरन्तर डोऱ्याइरहून् ताकि तिमीहरू परमेश्वरलाई प्रेम गरिरहन+ अनि ख्रिष्टको निम्ति सहनशील भइरहन सक।+
६ अब हे भाइ हो, प्रभु येसु ख्रिष्टको नाममा हामी तिमीहरूलाई के निर्देशन दिँदै छौँ भने जो भाइ तिमीहरूले* हामीबाट पाएको निर्देशनबमोजिम+ नचली बेकाइदासित चलिरहेको छ,+ ऊदेखि अलग होओ।
७ तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्ने हो,+ त्यो तिमीहरू आफैलाई थाह छ किनभने हामी तिमीहरूमाझ न बेकाइदासित चल्यौँ
८ न त सित्तैँमा* कसैको खानेकुरा खायौँ।+ बरु तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर मेहनत र कडा परिश्रम गरेर दिनरात काम गऱ्यौँ।+
९ हुनत हामीसित अधिकार नभएको होइन+ तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर हामी तिमीहरूको निम्ति उदाहरण बन्न चाहन्थ्यौँ।+
१० भनौँ भने तिमीहरूसित छँदा हामी तिमीहरूलाई यस्तो आदेश दिने गर्थ्यौँ: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्।”+
११ तिमीहरूमाझ केही मानिसहरू बेकाइदासित चलिरहेका छन्+ भनी हामीले सुनेका छौँ, जो पटक्कै काम गर्न चाहँदैनन् तर आफूसित सरोकार नभएका कुराहरूमा हात हाल्दै हिँड्छन्।+
१२ यस्ता मानिसहरूलाई प्रभु येसु ख्रिष्टको नाममा हामी के आदेश अनि अर्ती दिन्छौँ भने तिनीहरूले खुरुखुरु आफ्नो काम गरून् र आफ्नै कमाइ खाऊन्।+
१३ तर हे भाइ हो, तिमीहरू भने हरेस नखाई असल काम गरिरहो।
१४ तर यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई चिनिराख* र ऊसित सङ्गत गर्न छोड+ ताकि ऊ आफ्नो काम सम्झेर लज्जित होस्।
१५ तैपनि उसलाई आफ्नो शत्रु नठानिहाल बरु आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गरिरहो।+
१६ अब शान्तिका प्रभु आफैले तिमीहरूलाई हरतवरले निरन्तर शान्ति दिइरहून्।+ प्रभु तिमीहरू सबैसित रहून्।
१७ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु,+ जुन मेरा सबै पत्रको चिनारी हो। म यसरी नै लेख्नेगर्छु।
१८ हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्।
फुटनोटहरू
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ अर्थात्, सैतानबाट।
^ वा सम्भवतः “तिनीहरूले।”
^ वा “पैसा नतिरी।”
^ शा., “त्यस्तालाई चिन्ह लगाएर राख।”