दोस्रो तिमोथि १:१-१८

  • अभिवादन (१, २)

  • तिमोथिको विश्‍वासको निम्ति पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ (३-५)

  • परमेश्‍वरबाट पाएको वरदानलाई दन्काइरह (६-११)

  • साँचो शिक्षालाई पक्रिराख (१२-१४)

  • पावलका शत्रुहरू र मित्रहरू (१५-१८)

 ख्रिष्ट येसुमार्फत दिइने जीवनको प्रतिज्ञाबारे घोषणा गर्न+ म पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बनेको हुँ २  र मेरो प्रिय छोरा तिमोथिलाई+ म यो पत्र लेख्दै छु। परमेश्‍वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु ख्रिष्ट येसुको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्‌। ३  म परमेश्‍वरप्रति कृतज्ञ छु, जसलाई मेरा पुर्खाहरूले पवित्र सेवा चढाउँथे र म पनि सफा अन्तस्करणले पवित्र सेवा चढाउँछु। मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ। ४  तिम्रा आँसुहरू सम्झँदै म तिमीलाई भेट्‌ने तिर्सना गर्दै छु र तिमीलाई भेटेर आनन्दित हुन चाहन्छु। ५  म तिम्रो निष्कपट विश्‍वास सम्झन्छु,+ जुन सुरुमा तिम्री बज्यै लोइस र तिम्री आमा युनिससित थियो र म निर्धक्क छु, त्यस्तै विश्‍वास तिमीसित पनि छ। ६  यसकारण म तिमीलाई सम्झाउन चाहन्छु, मैले तिमीमाथि हात राख्दा तिमीले परमेश्‍वरबाट जुन वरदान पायौ, त्यसलाई आगोझैँ दन्काइरह।+ ७  किनकि परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिले हामीमा कायरता होइन+ तर शक्‍ति,+ प्रेम अनि सुझबुझ जगाउँछ। ८  त्यसैले हाम्रा प्रभुको विषयमा साक्षी दिन सरम नमान+ अनि उहाँको निम्ति कैदमा परेको मेरो कारणले पनि सरम नमान बरु परमेश्‍वरको शक्‍तिमा भर परेर+ मैले जस्तै तिमीले पनि सुसमाचारको निम्ति कष्ट भोग।+ ९  परमेश्‍वरले हाम्रो उद्धार गर्नुभयो र उहाँको पवित्र जन बन्‍न हामीलाई बोलाउनुभयो+ तर उहाँले हाम्रा कामहरू देखेर बोलाउनुभएको होइन बरु आफ्नो उद्देश्‍य पूरा गर्न अनि आफ्नो असीम अनुग्रहले गर्दा बोलाउनुभएको हो।+ उहाँले धेरै पहिले ख्रिष्ट येसुमार्फत हामीमाथि यस्तो अनुग्रह देखाउनुभयो। १०  अनि हाम्रा उद्धारक ख्रिष्ट येसु प्रकट हुनुभएकोले यस अनुग्रहबारे अहिले हामीलाई प्रस्ट पारिएको छ,+ जसले मृत्युलाई नामेट पार्नुभयो+ र कसरी जीवन पाउन+ र अविनाशी हुन सकिन्छ,+ सुसमाचारद्वारा हामीलाई प्रकट गर्नुभयो।+ ११  यही सुसमाचारका लागि मलाई प्रचारक, प्रेषित र शिक्षक नियुक्‍त गरिएको थियो।+ १२  यही कारणले म यी कष्टहरू पनि भोग्दै छु+ तर मैले सरम मानेको छैनँ।+ किनकि मैले कसलाई विश्‍वास गरेको हुँ, त्यो मलाई थाह छ र मैले उहाँलाई सुम्पेको नासोलाई न्यायको दिनसम्म सँभालेर राख्ने क्षमता उहाँसित छ भनेर म ढुक्क छु।+ १३  तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्‍वास र प्रेमसहित पक्रिराख। १४  हामीलाई सुम्पिइएको यस उत्तम नासोलाई हामीमा बास गरिरहेको पवित्र शक्‍तिद्वारा सँभालेर राख।+ १५  एसिया प्रान्तका सबै मानिस+ मदेखि तर्केर गए भनेर तिमीलाई थाहै छ। फाइगेलस र हर्मोजेनस पनि तिनीहरूमध्येका हुन्‌। १६  ओन्सिफरसको घरमा हुनेजति सबैमाथि+ प्रभुले कृपा देखाऊन्‌ किनकि तिनले मलाई निकै चोटि प्रोत्साहन दिए र म कैदमा परेकोमा सरम मानेनन्‌। १७  बरु तिनी रोममा छँदा मलाई धुइँधुइँती खोजेर भेट्‌न आउँथे। १८  न्यायको दिनमा प्रभु यहोवाले* तिनीमाथि कृपा देखाऊन्‌। अनि तिनले एफिससमा गरेका सबै सेवाबारे त तिमीलाई राम्ररी थाहै छ।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “स्वस्थकर; लाभदायी।”
वा “रूपरेखालाई।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।