दोस्रो कोरिन्थी ४:१-१८

  • सुसमाचारको ज्योति (१-६)

    • विश्‍वास नगर्नेहरूको दिमागलाई अन्धो तुल्याइएको छ ()

  • माटाका भाँडाहरूमा धन (७-१८)

४  यसकारण हामी हरेस खाँदैनौँ किनभने हामीमाथि यत्ति कृपा देखाइएको छ कि हामीलाई यो सेवा सुम्पिइएको छ। २  तर हामीले सरम मान्‍नुपर्ने छलकपट त्यागेका छौँ। हामी धूर्त चालमा हिँड्‌दैनौँ न त परमेश्‍वरको वचनलाई बङ्‌ग्याउँछौँ*+ तर सत्य प्रकट गरेर परमेश्‍वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौँ।+ ३  वास्तवमा यदि हामीले घोषणा गर्ने सुसमाचारमा घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका लागि घुम्टो लागेको हो। ४  विश्‍वास नगर्ने ती मानिसहरूमाथि परमेश्‍वरको प्रतिरूप+ ख्रिष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्‌+ भनेर यस युगको* ईश्‍वरले+ तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।+ ५  किनकि हामी आफ्नो विषयमा होइन तर येसु ख्रिष्ट प्रभु हुनुहुन्छ भनी प्रचार गर्छौँ र हामीचाहिँ येसुको खातिर तिमीहरूका दास हौँ भनी घोषणा गर्छौँ। ६  किनकि यसो भन्‍नुहुने परमेश्‍वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्‌।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्‍वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+ ७  तथापि हामीसित यो धन+ माटाका भाँडाहरूमा छ+ ताकि हामीले पाएको असाधारण शक्‍ति हाम्रो आफ्नै होइन तर परमेश्‍वरको हो भनेर प्रकट होस्‌।+ ८  हामी सबैतिरबाट थिचिएका छौँ तर चल्नै नसक्नेगरि चेपिएका छैनौँ; हामी अन्योलमा परेका छौँ तर उम्कने कुनै बाटो नै नरहनेगरि होइन;*+ ९  हाम्रो खेदो गरिएको छ तर हामी त्यागिएका छैनौँ;+ हामीलाई पछारिएको छ तर हामी नाश भएका छैनौँ।+ १०  येसुले भोग्नुभएजस्तै घातक व्यवहार हामी आफ्नो शरीरमा सधैँ भोगिरहन्छौँ+ ताकि हाम्रो शरीरमा येसुको जीवन प्रकट होस्‌। ११  किनकि हामी जो जीवित छौँ, येसुको खातिर सधैँ मृत्युको मुखैमा परिरहन्छौँ+ ताकि हाम्रो मरणशील शरीरमा येसुको जीवन पनि प्रकट होस्‌। १२  यसकारण हामीमा मृत्युले काम गरिरहेको छ तर तिमीहरूमा जीवनले। १३  अब हामीसित विश्‍वासको त्यही मनोभाव छ, जसको विषयमा यस्तो लेखिएको छ: “मैले विश्‍वास गरेँ, त्यसैले मैले बोलेँ।”+ हामी पनि विश्‍वास गर्छौँ, त्यसैले हामी बोल्छौँ, १४  यो थाह पाएर कि येसुलाई ब्युँताउनुहुनेले हामीलाई पनि येसुसँगै ब्युँताउनुहुनेछ+ र हामीलाई तिमीहरूसँगै येसुसामु प्रस्तुत गर्नुहुनेछ। १५  यी सबै कुरा तिमीहरूकै खातिर भएका हुन्‌ ताकि असीम अनुग्रह, जुन प्रशस्त छ, त्यो झन्‌ प्रशस्त होस्‌ किनकि धेरै जनाले परमेश्‍वरलाई धन्यवाद चढाइरहेका छन्‌ र यसरी उहाँलाई गौरव दिइरहेका छन्‌।+ १६  त्यसैले हामी हरेस खाँदैनौँ बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री व्यक्‍तित्वचाहिँ निश्‍चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ। १७  किनकि सङ्‌कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+ १८  यस दौडान हामी आफ्नो नजर देखिने कुराहरूमा होइन तर नदेखिने कुराहरूमा राख्छौँ + किनकि देखिने कुराहरू अस्थायी हुन्छन्‌ तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌।

फुटनोटहरू

शा., “न त परमेश्‍वरको वचनमा मिसावट गर्छौँ।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “हामीलाई निराशामा छोडिँदैन।”
वा “परीक्षा।”