दोस्रो कोरिन्थी १३:१-१४

  • अन्तिम चेतावनी र सल्लाहहरू (१-१४)

    • “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो” ()

    • छाँटकाँट गर; समान विचार राख (११)

१३  म तेस्रो चोटि तिमीहरूकहाँ आउँदै छु। “दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइनुपर्छ।”+ २  म अहिले तिमीहरूमाझ नभए तापनि म तिमीहरूकहाँ दोस्रो पटक उपस्थित भएको छु भनी सम्झेर मेरो कुरा मान। पहिला पाप गर्ने मानिसहरू अनि बाँकी सबैलाई म अहिल्यैदेखि चेतावनी दिँदै छु कि म फेरि आएँ भने तिनीहरूलाई छोड्‌नेछैनँ ३  किनकि ख्रिष्ट, जो तिमीहरूको लागि कमजोर हुनुहुन्‍न बरु तिमीहरूमाझ शक्‍तिशाली हुनुहुन्छ, उहाँ साँच्चै ममार्फत बोल्दै हुनुहुन्छ भन्‍ने कुराको प्रमाण तिमीहरू खोज्दै छौ। ४  किनकि वास्तवमा उहाँ कमजोर हालतमा खम्बामा मारिनुभयो तर परमेश्‍वरको शक्‍तिले गर्दा उहाँ जीवित हुनुहुन्छ।+ हो, हामी पनि उहाँजस्तै कमजोर छौँ तर तिमीहरूमाझ काम गर्ने परमेश्‍वरको त्यही शक्‍तिले+ गर्दा हामी उहाँसँगै जिउनेछौँ।+ ५  तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।+ अथवा के तिमीहरूलाई थाह छैन, येसु ख्रिष्ट तिमीहरूसित एक हुनुहुन्छ? यदि हुनुहुन्‍न भने त तिमीहरूले उहाँको अनुमोदन पाएका रहेनछौ। ६  म साँच्चै आशा गर्छु कि हामीले अनुमोदन पाएका छौँ भनेर तिमीहरूले थाह पाउनेछौ। ७  अब हामी परमेश्‍वरलाई प्रार्थना गर्छौँ कि तिमीहरूले कुनै गलत काम नगर। हामी अनुमोदन पाएका मानिसहरू हौँ भनी देखियोस्‌ भनेर त होइन तर तिमीहरूले असल काम गरिरहो भनेर हो, चाहे त्यसको निम्ति हामी अनुमोदन नपाएका मानिसहरूजस्तो किन देखिनु नपरोस्‌। ८  किनकि सत्यको विरुद्धमा हामी केही गर्न सक्दैनौँ तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ। ९  हामी कमजोर भए तापनि तिमीहरू शक्‍तिशाली हुँदा हामी साँच्चै रमाउँछौँ। अनि तिमीहरूले आवश्‍यक छाँटकाँट गर भनी हामी प्रार्थना गर्दै छौँ। १०  यसैकारण म तिमीहरूबाट टाढा रहेको बेला यी कुराहरू लेख्दै छु ताकि म त्यहाँ हुँदा मैले आफूले पाएको अख्तियार कडाइका साथ चलाउन नपरोस्‌ किनभने प्रभुले मलाई यो अख्तियार+ तिमीहरूको उत्थान गराउन दिनुभएको हो, पतन गराउन होइन। ११  अन्तमा भाइहरू हो, आनन्दित भइरहो, छाँटकाँट गरिरहो, सान्त्वना पाइरहो,+ समान विचार राखिरहो+ र शान्तिपूर्वक बाँचिरहो।+ तब प्रेम र शान्तिका परमेश्‍वर+ तिमीहरूसित रहनुहुनेछ। १२  पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर। १३  सबै पवित्र जनले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। १४  प्रभु येसु ख्रिष्टको असीम अनुग्रह र परमेश्‍वरको प्रेम अनि हामी सबैले पाएको पवित्र शक्‍ति तिमीहरू सबैसित रहोस्‌।

फुटनोटहरू

शा., “साक्षीको मुखबाट।”