पहिलो समुएल २:१-३६
२ त्यसपछि हन्नाले यसरी प्रार्थना गरिन्:
“मेरो हृदय यहोवामा रमाउँछ;+यहोवाले मलाई बल दिनुभएको छ।*
मेरा शत्रुहरूलाई जवाफ दिन मैले मुख खोलेकी छुकिनकि तपाईँले गर्नुहुने उद्धारमा म रमाउँछु।
२ यहोवाजस्तो पवित्र कोही छैन,तपाईँजस्तो अरू कोही छैन+अनि हाम्रा परमेश्वरजस्तो चट्टान अरू कोही छैन।+
३ घमन्डले फुलेर कुरा नगर;तिम्रो मुखबाट अहङ्कारले भरिएको कुरा ननिस्कोस्किनकि यहोवालाई सबै कुराको ज्ञान छ+अनि मानिसको सबै काम उहाँले सही तरिकामा जाँच्नुहुन्छ।
४ वीर पुरुषहरूको धनु भाँचिएका छन्तर ठेस खाएकाहरूले भने बल पाएका छन्।+
५ कुनै समय पेटभरि खानेहरू एउटा रोटीको लागि घोटिनेछन्तर भोकाहरू तृप्त हुनेछन्।+
बाँझी स्त्रीले सात जना छोरा जन्माएकी छिन्+तर जसका धेरै छोरा थिए, उनी एक्ली भएकी छिन्।*
६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+
७ यहोवाले दरिद्र बनाउन सक्नुहुन्छ अनि धनी बनाउन पनि सक्नुहुन्छ;+उहाँले पतन गराउन सक्नुहुन्छ अनि उच्च पार्न पनि सक्नुहुन्छ।+
८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ।
पृथ्वीको जग यहोवाकै हो+अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।
९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+
१० आफूविरुद्ध उठ्नेहरूलाई यहोवाले धुलोपिठो पार्नुहुनेछ;*+उहाँ तिनीहरूविरुद्ध स्वर्गबाट गर्जनुहुनेछ।+
पृथ्वीको कुनाकुनासम्म यहोवाले न्याय गर्नुहुनेछ,+उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ+अनि आफ्नो अभिषिक्त जनलाई बल दिनुहुनेछ।”*+
११ त्यसपछि एल्काना आफ्नो घर रामा फर्के। तर समुएल भने पुजारी एलिको निगरानीमा यहोवा परमेश्वरको सेवा गर्न मन्दिरमै बसे।+
१२ एलिका छोराहरू दुष्ट थिए;+ तिनीहरू यहोवा परमेश्वरको डर मान्दैनथे।
१३ मानिसहरूले चढाउने बलिबाट पुजारीहरूले पाउने भागको सन्दर्भमा तिनीहरू यसो गर्थे:+ जब कुनै मानिसले बलि चढाउँथ्यो, तब उसिन्दै गरेको मासु लिन पुजारीको एक जना सेवक एउटा ठूलो सुइरो* लिएर आउँथ्यो।
१४ अनि उसले खड्कुँलाहरूमा उसिन्दै गरेको मासुलाई सुइरोले घोच्थ्यो। सुइरोमा जति मासु आउँथ्यो, त्यो पुजारीले लिन्थ्यो। सिलोमा आउने सबै इस्राएलीसित तिनीहरूले यस्तै व्यवहार गर्थे।
१५ त्यति मात्र होइन, बलि चढाउने मानिसले माथिसम्म धुवाँ उठ्नेगरि जनावरको बोसो जलाउनुअघि+ नै पुजारीको सेवक आउँथ्यो र यसो भन्थ्यो: “पोलेर खान पुजारीको लागि मासु देऊ। उनले उसिनेको मासु लिँदैनन्। त्यसैले काँचै मासु देऊ।”
१६ ती मानिसले “पहिला उनीहरूलाई बोसो जलाउन दिनुहोस्।+ त्यसपछि तपाईँलाई जे-जति चाहिन्छ, लैजानुहोस्” भने पनि पुजारीको सेवकले यसो भन्थ्यो: “होइन, मलाई अहिल्यै देऊ नत्र म खोसेर लैजान्छु!”
१७ यसरी ती सेवकहरूले यहोवा परमेश्वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।
१८ समुएल सानै थिए तैपनि मलमलको* एपोद*+ लगाएर यहोवा परमेश्वरको सेवा गर्थे।+
१९ समुएलकी आमाले उनको लागि चिटिक्क परेको अलखा* बनाउँथिन् अनि हरेक वर्ष आफ्नो पतिसँगै मन्दिरमा बलि चढाउन जाँदा तिनले त्यो अलखा समुएललाई लगिदिन्थिन्।+
२० एलिले एल्काना र हन्नालाई आशिष् दिए अनि तिनले एल्कानालाई भने: “तिमीले यहोवा परमेश्वरलाई अर्पण गरेको* छोराको सट्टामा यहोवाले तिम्री यस पत्नीबाट अर्को सन्तान पनि देऊन्।”+ त्यसपछि तिनीहरू घर फर्के।
२१ यहोवा परमेश्वरले हन्नातर्फ आफ्नो ध्यान लगाउनुभयो अनि हन्नाले अरू छोराछोरी पनि जन्माउन सकिन्;+ तिनले अरू तीन छोरा र दुई छोरी जन्माइन्। अनि यहोवा परमेश्वरको सेवा गर्दै समुएल हुर्कँदै गए।+
२२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन् भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन् भनेर पनि तिनलाई थाह थियो।+
२३ तिनी छोराहरूलाई यसो भन्थे: “तिमीहरू किन यस्तो काम गरिरहन्छौ? तिमीहरूले गरेको नराम्रो कामबारे सबै मानिसले कुरा गरिरहेको म सुन्दै छु।
२४ त्यसो नगर छोराहरू, यहोवा परमेश्वरका जनहरूमाझ तिमीहरूबारे जे-जस्तो कुरा फैलिरहेको छ, त्यो राम्रो होइन।
२५ कुनै मानिसले अर्को मानिसविरुद्ध पाप गऱ्यो भने कसैले उसको लागि यहोवा परमेश्वरसित बिन्ती गरिदिन सक्छ।* तर कुनै मानिसले यहोवा परमेश्वरविरुद्ध पाप गऱ्यो भने+ उसको लागि कसले प्रार्थना गरिदिन सक्छ र?” तैपनि एलिका छोराहरूले तिनको कुरा मान्दैनथे र यहोवा परमेश्वरले तिनीहरूलाई मार्ने निश्चय गरिसक्नुभएको थियो।+
२६ तर समुएल भने हुर्कँदै गए अनि यहोवा परमेश्वरको र मानिसहरूको झन्झन् प्यारो बन्दै गए।+
२७ तब परमेश्वरले पठाउनुभएका एक जना मानिस एलिकहाँ आए र तिनले एलिलाई भने: “यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘तिम्रो पुर्खाको घरानाले मिश्रमा* फारोको* घरानाको दास भएर जीवन बिताइरहेको बेला के मैले आफैलाई तिम्रो पुर्खासामु प्रकट गरेको थिइनँ र?+
२८ अनि मेरो निम्ति पुजारीको रूपमा सेवा गर्न, वेदीमा+ गएर बलिहरू चढाउन, धूप बाल्न* अनि एपोद लगाएर मेरो सामने हाजिर हुन मैले इस्राएलीहरूका कुलहरूमध्येबाट+ तिम्रै पुर्खालाई छानेको थिएँ। अनि इस्राएलीहरूले आगोमा चढाउने भेटीहरूबाट तिम्रो पुर्खाको घरानाको लागि केही भाग छुट्ट्याइदिएको थिएँ।+
२९ मैले आफ्नो निवासस्थानमा चढाउनू भनी आज्ञा दिएका बलिहरू र भेटीहरूलाई तिमीहरू किन अवहेलना गर्छौ?*+ इस्राएलीहरूले चढाउने प्रत्येक भेटीबाट आफ्नो लागि सबैभन्दा उत्तम भाग लिएर तिमी किन मलाई भन्दा आफ्ना छोराहरूलाई बढी आदर गर्छौ?+
३० “‘यसकारण इस्राएलका परमेश्वर यहोवाबाट तिमीलाई यस्तो सन्देश छ: “यो साँचो हो, तिम्रो र तिम्रो पुर्खाको घरानाले सधैँ मसामु हाजिर भएर मेरो सेवा गर्नेछ भनेर मैले भनेको थिएँ।”+ तर अहिले यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ: “अबदेखि त्यस्तो कदापि हुनेछैन! ज-जसले मलाई आदर गर्छन्, म तिनीहरूलाई आदर गर्नेछु।+ तर ज-जसले मेरो अपमान गर्छन्, तिनीहरू अपमानित हुनेछन्।”
३१ हेर, त्यस्तो दिन चाँडै आउँदै छ, जब म तिम्रो र तिम्रो पुर्खाको घरानामाथि विपत्ति ल्याउनेछु* अनि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।+
३२ इस्राएलीहरूको फलिफाप भइरहेको बेला तिमीले भने मेरो निवासस्थानमा एक जना शत्रु खडा भएको देख्नेछौ।+ अबदेखि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।
३३ तिम्रा सन्तानमध्ये जसलाई म आफ्नो वेदीमा सेवा गरिरहन दिन्छु, उसको कारण तिम्रो आँखाको ज्योति गुम्नेछ अनि तिमीले पीडा भोग्नुपर्नेछ। अनि तिम्रो घरानाका धेरैजसो मानिस तरबारले मारिनेछन्।+
३४ मैले भनेका यी कुराहरू पूरा हुनेछन् भन्ने कुराको चिन्ह तिम्रो लागि यो हुनेछ: तिम्रा छोराहरू होप्नि र पिनहास दुवै जना एकै दिन मर्नेछन्।+
३५ अनि म आफ्नो लागि एक जना विश्वासयोग्य पुजारी नियुक्त गर्नेछु।+ तिनले मेरो मनले चाहेको काम गर्नेछन्। म तिनको घरानालाई सदाको लागि स्थिर गर्नेछु र मेरो अभिषिक्त जनको लागि तिनले सधैँ पुजारीको रूपमा सेवा गर्नेछन्।
३६ तिम्रो घरानामा जो बाँकी रहन्छ, ऊ ज्याला र एउटा रोटीको लागि ती पुजारीकहाँ गएर झुक्नेछ र उसले यसो भन्नेछ: “बिन्ती छ, मलाई पुजारीको रूपमा काम गर्न दिनुहोस् र म आफ्नो लागि एक टुक्रा रोटी जुटाउन सकूँ।”’”+
फुटनोटहरू
^ शा., “यहोवाले मेरो सिङ उच्च पार्नुभएको छ।” शब्दावलीमा “सिङ” हेर्नुहोस्।
^ शा., “उनी सुकेकी छिन्।”
^ वा “जीवित पार्न।”
^ वा सम्भवतः “फोहोरको डङ्गुरबाट।”
^ वा सम्भवतः “यहोवाविरुद्ध लड्नेहरू थरथर काँप्नेछन्।”
^ शा., “आफ्नो अभिषिक्त जनको सिङ उच्च पार्नुहुनेछ।” शब्दावलीमा “सिङ” हेर्नुहोस्।
^ शा., “तीन वटा दाँती भएको काँटा।”
^ यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
^ वा “बाहुला नभएको अलखा।” गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
^ शा., “सापटी दिएको।”
^ वा सम्भवतः “परमेश्वर उसको मध्यस्थकर्ता भइदिनुहुनेछ।”
^ मिश्रका राजाहरूको एउटा उपाधि।
^ वा “इजिप्टमा।”
^ वा सम्भवतः “माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउन।”
^ शा., “लात हान्छौ।”
^ शा., “तिम्रो र तिम्रो पुर्खाको घरानाको हात काटिदिनेछु।”