पहिलो तिमोथि ३:१-१६

  • निरीक्षक हुन चाहिने योग्यता (१-७)

  • सहायक सेवक हुन चाहिने योग्यता (८-१३)

  • परमेश्‍वरको भक्‍तिको पवित्र रहस्य (१४-१६)

 यो कुरा विश्‍वासयोग्य छ: यदि कुनै पुरुष निरीक्षक+ बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। २  त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ, ३  तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+ ४  तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ* र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ+ ५  (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), ६  तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन+ नत्र त तिनी घमन्डले फुल्नेछन्‌ र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्‌। ७  यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्‌। ८  त्यसैगरि सहायक सेवक गम्भीर हुनुपर्छ, दुईजिब्रे हुनु हुँदैन,* तिनले धेरै मद्यपान गर्नु हुँदैन र बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन,+ ९  तिनले सफा अन्तस्करणले+ विश्‍वास अर्थात्‌ पवित्र रहस्यलाई पक्रनुपर्छ। १०  यसबाहेक पहिले तिनीहरूको योग्यता जाँच्नुपर्छ र दोषरहित पाइएपछि+ तिनीहरूलाई सेवकको रूपमा सेवा गर्न दिनुपर्छ। ११  त्यसैगरि स्त्रीहरू गम्भीर हुनुपर्छ, तिनीहरूले अरूको निन्दा गर्नु हुँदैन+ बरु तिनीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्‍वासयोग्य हुनुपर्छ।+ १२  सहायक सेवकहरू एकै जना स्त्रीको पति होऊन्‌ अनि तिनीहरूले आफ्ना छोराछोरी र घरपरिवारको राम्ररी अगुवाइ लिऊन्‌। १३  किनकि राम्ररी सेवा गर्ने पुरुषहरूले असल नाम कमाउँछन्‌ र तिनीहरूले निर्धक्क भई साहसका साथ ख्रिष्ट येसुमा भएको विश्‍वासबारे बोल्न सक्छन्‌। १४  हुनत म तिमीकहाँ छिट्टै आउने आशा गरिरहेको छु तैपनि म यी कुराहरू लेख्दै छु १५  ताकि यदि केही गरी म आउन ढिलो भयो भने परमेश्‍वरको घराना,+ जुन जीवित परमेश्‍वरको मण्डली र सत्यको खम्बा अनि जग हो, त्यसमा तिमी कसरी चल्नुपर्छ, त्यो तिमीलाई थाह होस्‌। १६  वास्तवमा परमेश्‍वरको भक्‍तिको यो पवित्र रहस्य साँच्चै महान्‌ छ: ‘येसु मानिसको रूपमा प्रकट हुनुभयो,+ पवित्र शक्‍तिद्वारा धर्मी ठहरिनुभयो,+ स्वर्गदूतहरूसामु देखा पर्नुभयो,+ जातिजातिका मानिसहरूबीच उहाँको विषयमा प्रचार भयो,+ संसारमा उहाँमाथि विश्‍वास गरियो+ अनि उहाँ महिमाका साथ माथि उचालिनुभयो।’

फुटनोटहरू

वा “राम्ररी विचार गर्ने; समझदार।”
वा “तिनले अरूलाई चोट पुऱ्‍याउनु हुँदैन।”
वा “घरपरिवारको लागि राम्रो प्रबन्ध मिलाउनुपर्छ।”
वा “कलङ्‌क।”
वा “छली कुरा गर्नु हुँदैन।”