पहिलो कोरिन्थी १३:१-१३

  • प्रेम—सबैभन्दा उत्तम मार्ग (१-१३)

१३  यदि म मानिसहरू र स्वर्गदूतहरूका भाषाहरू बोल्छु तर मसित प्रेमचाहिँ छैन भने म ट्‌वाङट्‌वाङ बज्ने घण्टा वा झ्याइँझ्याइँ गर्ने झ्याली मात्र हुन्छु। २  अनि यदि मसित भविष्यवाणी गर्ने वरदान छ, मलाई सबै पवित्र रहस्य थाह छ, मसित सबै ज्ञान छ+ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्‍वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।*+ ३  अनि घमन्ड गर्न सकूँ भनेर मैले अरूलाई खुवाउन आफ्नो सारा सम्पत्ति दिएँ+ र आफ्नो ज्यानै दिएँ तर मसित प्रेमचाहिँ छैन भने+ मलाई केही लाभ हुँदैन। ४  प्रेम+ धीरजी+ र दयालु+ हुन्छ। प्रेमले डाह गर्दैन।+ यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन,+ ५  यसले अभद्र व्यवहार गर्दैन,+ आफ्नै फाइदा खोज्दैन,+ यो आवेशमा आउँदैन।+ यसले खराबीको* हिसाब राख्दैन।+ ६  यो कुकर्ममा खुसी हुँदैन+ तर सत्यमा खुसी हुन्छ। ७  यसले सबै कुरा खप्छ,+ सबै कुरा पत्यार गर्छ,+ सबै कुराको आशा गर्छ+ र सबै कुरा सहन्छ।+ ८  प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्‌, ती हराएर जानेछन्‌; चाहे भाषाहरू* होऊन्‌, ती लोप हुनेछन्‌; चाहे ज्ञान होस्‌, त्यो बिलाएर जानेछ। ९  हामीसित अधुरो ज्ञान छ+ र हामी अधुरै भविष्यवाणी गर्छौँ १०  तर जब हामीसित पूर्ण ज्ञान हुन्छ, तब अधुरो ज्ञान बिलाएर जानेछ। ११  जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थेँ, बालकले जस्तै सोच्थेँ, बालकले जस्तै तर्क गर्थेँ। तर अहिले म वयस्क भएको छु र मैले बालकजस्तो हुन छोडिदिएको छु। १२  अहिले हामी धातुको ऐनामा हेरेजस्तो धमिलो छाया मात्र देख्छौँ तर त्यतिबेला आमनेसामने देख्नेछौँ। अहिले मसित अधुरो ज्ञान मात्र छ तर जसरी परमेश्‍वरसित मबारे पूरा* ज्ञान छ, त्यतिबेला मसित पनि पूरा ज्ञान हुनेछ। १३  अब विश्‍वास, आशा र प्रेम—यी तीन रहिरहन्छन्‌ तर यीमध्ये सर्वोत्तमचाहिँ प्रेम हो।+

फुटनोटहरू

वा “म बेकारको हुँ।”
वा “गल्तीको।”
वा “असफल हुँदैन।”
अर्थात्‌, चमत्कारी ढङ्‌गमा अरू भाषामा बोल्ने क्षमता।
वा “सही।”