पहिलो इतिहास ३:१-२४

  • दाउदका सन्तान (१-९)

  • दाउदको राजवंश (१०-२४)

 दाउदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए:+ जेठा अम्नोन,+ जसलाई यिज्रेलकी अहिनोमले+ जन्माएकी थिइन्‌; माहिला दानिएल, जसलाई कर्मेली अबिगेलले+ जन्माएकी थिइन्‌; २  साहिँला अब्सालोम,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्‌; काहिँला अदोनियाह,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌। ३  ठाहिँला सेपत्याह, जसलाई अबितलले जन्माएकी थिइन्‌ अनि कान्छा इथ्राम, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्‌। ४  दाउदका यी छ जना छोरा हेब्रोनमा जन्मिएका थिए। तिनले हेब्रोनबाट साढे सात वर्ष अनि यरुसलेमबाट ३३ वर्ष शासन गरे।+ ५  दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्‌। ६  दाउदका अरू नौ जना छोरा यी थिए: इभार, एलिसामा, एलिपेलेत, ७  नोगह, नेपेग, यापि, ८  एलिसामा, एलियादा र एलिपेलेत। ९  यिनीहरू सबै दाउदका छोराहरू थिए र यिनीहरूकी बहिनी तामार+ थिइन्‌। यसबाहेक दाउदका उपपत्नीहरूले पनि छोराहरू जन्माएका थिए। १०  सुलेमानका छोरा रहबाम+ थिए। रहबामका छोरा अबियाह+ थिए। अबियाहका छोरा आसा+ थिए। आसाका छोरा यहोसापात+ थिए। ११  यहोसापातका छोरा यहोराम+ थिए। यहोरामका छोरा आहाज्याह+ थिए। आहाज्याहका छोरा यहोआस+ थिए। १२  यहोआसका छोरा अमस्याह+ थिए। अमस्याहका छोरा अजर्याह+ थिए। अजर्याहका छोरा योताम+ थिए। १३  योतामका छोरा आहाज+ थिए। आहाजका छोरा हिजकियाह+ थिए। हिजकियाहका छोरा मनस्से+ थिए। १४  मनस्सेका छोरा अमोन+ थिए। अमोनका छोरा योसियाह+ थिए। १५  योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम। १६  यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए। १७  कैदी येकोनियाका छोराहरू यी थिए: सालतिएल, १८  मल्किराम, पदायाह, सेनज्जर, यकम्याह, होसामा र नदब्याह। १९  पदायाहका छोराहरू यरुबाबेल+ र सिमि थिए अनि यरुबाबेलका छोराहरू मेसुल्लाम र हानन्याह थिए। (सेलोमिथ तिनीहरूकी बहिनी थिइन्‌।) २०  पदायाहका अरू पाँच जना छोरा हसुबा, ओहेल, बरक्याह, हासदियाह र युसब-हेसेद थिए। २१  हानन्याहका छोराहरू पलात्याह र यसायाह थिए। यसायाहका छोरा रफायाह थिए। रफायाहका छोरा अर्नान थिए। अर्नानका छोरा ओबदियाह थिए। ओबदियाहका छोरा सेकन्याह थिए। २२  अनि सेकन्याहका सन्तान यी थिए: तिनका छोरा सेमायाह र सेमायाहका छोराहरू हात्तुस, इगाल, बारिआ, नरियाह र सापात। यिनीहरू जम्मा छ जना थिए। २३  नरियाहका छोराहरू तीन जना थिए—एलियोनै, हिज्कियाह र अज्रिकाम। २४  अनि एलियोनैका छोराहरू सात जना थिए—होदबियाह, एलियासिब, पलायाह, अक्कुब, योहानान, दलायाह र अनानी।

फुटनोटहरू