पहिलो इतिहास २५:१-३१
-
परमेश्वरको भवनको लागि वाद्यवादक र गायकहरू (१-३१)
२५ साथै दाउद अनि परमेश्वरको भवनमा सेवा गर्ने समूहहरूका नाइकेहरू मिलेर आसाप, हेमान र यदुथुनका केही छोराहरूलाई छाने+ अनि तिनीहरूलाई वीणा, तारे बाजा+ र झ्याली बजाउँदै+ परमेश्वरको प्रशंसा गर्ने र भविष्यवाणी गर्ने जिम्मा दिए। यस सेवाको लागि छानिएका पुरुषहरू यी थिए:
२ आसापका छोराहरूबाट: जक्कुर, युसुफ, नेथन्याह र असरेला। आसापका यी छोराहरू आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। आसापचाहिँ राजाको निर्देशनमा भविष्यवाणी गर्थे।
३ यदुथुनका+ छोराहरूबाट: गदल्याह, जेरि, यसायाह, सिमि, हासबियाह र मत्तित्याह+—जम्मा छ जना। यिनीहरू सबै आफ्नो बुबा यदुथुनको निर्देशनमा सेवा गर्थे। यदुथुनचाहिँ वीणाको साथमा भविष्यवाणी गर्थे अनि यहोवा परमेश्वरलाई प्रशंसा र धन्यवाद चढाउँथे।+
४ हेमानका+ छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जिएल, सेबुएल, यरिमोथ, हानन्याह, हानानि, एलिआथा, गिद्दल्ति, रोमम्ति-एजेर, योस्बेकासा, मल्लोथि, होतिर र महजिओथ।
५ यी सबै हेमानका छोराहरू थिए। हेमान राजाका दर्शी* थिए र तिनी साँचो परमेश्वरको महिमाको लागि उहाँको सन्देश सुनाउने गर्थे। त्यसैले साँचो परमेश्वरले हेमानलाई १४ जना छोरा र तीन जना छोरी दिनुभयो।
६ उनीहरू सबै आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। उनीहरू यहोवा परमेश्वरको भवनमा झ्याली, तारे बाजा र वीणा बजाउँदै गीत गाउँथे।+ साँचो परमेश्वरको भवनमा उनीहरूले गर्नुपर्ने सेवा यही नै थियो।
आसाप, यदुथुन र हेमानचाहिँ राजाको निर्देशनमा सेवा गर्थे।
७ तिनीहरू र तिनीहरूका दाजुभाइ जम्मा २८८ जना थिए। तिनीहरूलाई यहोवा परमेश्वरको स्तुतिगान गाउन तालिम दिइएको थियो र तिनीहरू सबै निपुण गायक थिए।
८ तिनीहरू सबैले आ-आफ्नो जिम्मेवारी बाँडफाँड गर्न गोला हाले,+ चाहे तिनीहरू ठूला होऊन् वा साना अथवा निपुण होऊन् वा सिकारु।
९ पहिलो गोला आसापका छोरा युसुफको नाममा पऱ्यो।+ दोस्रो गदल्याहको नाममा+ (तिनी, तिनका दाजुभाइ र तिनका छोराहरू—जम्मा १२ जना);
१० तेस्रो जक्कुर,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
११ चौथो इज्रि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१२ पाँचौँ नेथन्याह,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१३ छैटौँ बुक्कियाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१४ सातौँ यसरेलाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१५ आठौँ यसायाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१६ नवौँ मत्तन्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१७ दसौँ सिमि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१८ एघारौँ अज्रेल, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
१९ बाह्रौँ हासबियाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२० तेह्रौँ सुबाएल,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२१ चौधौँ मत्तित्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२२ पन्ध्रौँ यरेमोथ, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२३ सोह्रौँ हानन्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२४ सत्रौँ योस्बेकासा, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२५ अठारौँ हानानि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२६ उन्नाइसौँ मल्लोथि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२७ बिसौँ एलिआथा, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२८ एक्काइसौँ होतिर, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
२९ बाइसौँ गिद्दल्ति,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना;
३० तेइसौँ महजिओथ,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना
३१ अनि चौबिसौँ रोमम्ति-एजेर,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना।
फुटनोटहरू
^ वा “दर्शन देख्ने व्यक्ति।”

