पहिलो इतिहास २०:१-८

  • राब्बाहलाई कब्जा गरिन्छ (१-३)

  • अजङ्‌गका पलिस्तियालीहरू मारिन्छन्‌ (४-८)

२०  वर्षको सुरुमा* जब राजाहरू लडाइँ गर्न निस्कन्थे, तब योआब+ सेना लिएर निस्के र अम्मोनीहरूको देशलाई सखाप पारे। तिनले राब्बाहलाई+ घेरा हाले। तर दाउदचाहिँ यरुसलेममै बसे।+ योआबले राब्बाहलाई आक्रमण गरेर ध्वस्त पारिदिए।+ २  त्यसपछि दाउदले मल्कामको* टाउकोबाट मुकुट झिके र त्यो मुकुट एक टालेन्ट* सुनले बनेको रहेछ भनी थाह पाए। त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+ ३  त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्‌गा काट्‌ने काममा र फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा लगाए।+ अम्मोनीहरूका सबै सहरमा दाउदले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के। ४  केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हुसाही सिब्बकैले+ सिप्पै नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+ अनि इस्राएलीहरूले तिनीहरूलाई आफ्नो अधीनमा पारे। ५  इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि लडाइँ भयो। त्यस लडाइँमा याइरका छोरा एल्हानानले गाथमा बस्ने गोल्यतका भाइ लाहमिलाई मारे।+ लाहमिको भालाको बिँड कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो थियो।+ ६  इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो।+ त्यहाँ एउटा अजङ्‌गको पलिस्तियाली थियो,+ जसको दुईटै हात र दुईटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ ७  उसले इस्राएलीहरूको खिसी गरिरह्‍यो।+ त्यसैले दाउदका दाइ सिमेअका+ छोरा जोनाथनले उसलाई मारे। ८  रेफाई वंशका+ यी पलिस्तियालीहरू गाथमा बस्थे।+ तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।

फुटनोटहरू

अर्थात्‌, वसन्त ऋतुमा।
यसले अम्मोनीहरूको एउटा देवतालाई जनाएको हुन सक्छ। अन्य ठाउँहरूमा यसलाई मोलेक वा मिल्कोम पनि भनिएको छ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।