पहिलो इतिहास १६:१-४३

  • सन्दुकलाई पालमा राखिन्छ (१-६)

  • दाउदको धन्यवादको गीत (७-३६)

    • “यहोवा राजा हुनुभएको छ!” (३१)

  • सन्दुकसामु गरिने सेवा (३७-४३)

१६  यसरी तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्‍वरसामु अग्निभेटी र मेलबलि* चढाए।+ २  अग्निभेटी+ र मेलबलि+ चढाइसकेपछि दाउदले यहोवा परमेश्‍वरको नाममा मानिसहरूलाई आशिष्‌ दिए। ३  साथै तिनले सबै इस्राएलीलाई—हरेक पुरुष र स्त्रीलाई एक-एक वटा गोलो रोटी, छोहोराको रोटी र किसमिसको रोटी बाँडे। ४  त्यसपछि तिनले यहोवा परमेश्‍वरको सन्दुकसामु सेवा गर्न, इस्राएलका परमेश्‍वर यहोवाको आदर गर्न,* उहाँलाई धन्यवाद चढाउन र उहाँको प्रशंसा गर्न केही लेवीहरू नियुक्‍त गरे।+ ५  आसाप+ तिनीहरूको प्रमुख थिए र दोस्रो दर्जामा जकरिया थिए। यइएल, सेमिरामोथ, यहिएल, मत्तित्याह, एलिआब, बेनायाह, ओबेद-एदोम र यइएलले+ तारे बाजा र वीणा बजाउँथे+ अनि आसापले झ्याली बजाउँथे।+ ६  पुजारीहरू बेनायाह र याहजिएलले चाहिँ साँचो परमेश्‍वरको करारको सन्दुकअगाडि निरन्तर बिगुल फुक्थे। ७  त्यही दिन दाउदले पहिलो पटक यहोवा परमेश्‍वरको लागि धन्यवादको गीत रचे अनि आसाप+ र उनका दाजुभाइलाई त्यो गीत गाउन निर्देशन दिए। गीत यस्तो थियो: ८  “यहोवालाई धन्यवाद चढाओ,+ उहाँको नाम पुकार,जातिजातिका मानिसहरूमाझ उहाँका कार्यहरूको बयान गर!+ ९  उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+ १०  उहाँको पवित्र नाममा गर्व गर।+ यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌।+ ११  यहोवा र उहाँले दिनुहुने बल खोज।+ उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।+ १२  उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू;उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ,+ १३  हे परमेश्‍वरका सेवक इस्राएलका सन्तान हो,+हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ। १४  उहाँ हाम्रा परमेश्‍वर यहोवा हुनुहुन्छ।+ उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+ १५  उहाँको करार कहिल्यै नबिर्स,उहाँले हजारौँ पुस्ताको लागि गर्नुभएको प्रतिज्ञा* याद गर,+ १६  उहाँले अब्राहामसित गर्नुभएको करार+र इसहाकसित खानुभएको शपथ+ सम्झ, १७  जुन उहाँले याकुबको लागि आदेश+र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो १८  अनि भन्‍नुभयो, ‘तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+म तिमीहरूलाई कनान देश दिनेछु।’+ १९  यो उहाँले तब भन्‍नुभएको थियो, जब तिमीहरू थोरै थियौ,हो, असाध्यै थोरै अनि त्यहाँ तिमीहरू परदेशी थियौ।+ २०  तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;एउटा राज्यबाट अर्को राज्यमा गए।+ २१  तर उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;+तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+ २२  उहाँले भन्‍नुभयो, ‘मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।’+ २३  हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ! उहाँले गर्नुहुने उद्धारबारे हरदिन घोषणा गर!+ २४  जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ। २५  किनकि यहोवा महान्‌ हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ। उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।+ २६  जातिजातिका सबै देवता व्यर्थका छन्‌+तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+ २७  उहाँको सामुन्‍ने वैभव र गौरव छ;+उहाँको निवासस्थानमा शक्‍ति र रमाहट छ।+ २८  हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+ २९  यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+भेटी लिएर उहाँसामु आओ।+ पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर।*+ ३०  हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप! पृथ्वीलाई बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।+ ३१  स्वर्ग रमाओस्‌, पृथ्वीले खुसीयाली मनाओस्‌;+जातिजातिमाझ यस्तो घोषणा गर: ‘यहोवा राजा हुनुभएको छ!’+ ३२  समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌;मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्‌। ३३  जङ्‌गलका रूखहरूले पनि सँगसँगै यहोवासामु जयजयकार गरून्‌,किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।* ३४  यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।+ ३५  तिमीहरू यसो भन, ‘हे उद्धार गर्नुहुने परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+हामीलाई जम्मा गरेर जातिजातिहरूको हातबाट छुटाउनुहोस्‌र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,+रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+ ३६  इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,सदासर्वदा* प्रशंसा होस्‌।’” तब सबै मानिसले भने, “आमिन!”* अनि तिनीहरूले यहोवा परमेश्‍वरको प्रशंसा गरे। ३७  त्यसपछि दाउदले आसाप+ र उनका दाजुभाइलाई यहोवा परमेश्‍वरको करारको सन्दुकसामु खटाए ताकि तिनीहरूले दैनिक तालिकाअनुसार+ निरन्तर त्यहाँ सेवा गर्न सकून्‌।+ ३८  तिनले ओबेद-एदोम र तिनका ६८ जना दाजुभाइलाई पनि त्यहाँ खटाए। अनि यदुथुनका छोरा ओबेद-एदोम र होसालाई ढोकेको जिम्मा दिए। ३९  पुजारी सादोक+ र उनीसित सेवा गर्ने पुजारीहरू गिबोनको अग्लो थानमा* यहोवा परमेश्‍वरको वासस्थानअगाडि* सेवा गर्न खटाइएका थिए।+ ४०  उनीहरूले अग्निभेटी चढाउने वेदीमा हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति भेटी चढाउँथे अनि यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएका सबै विधि पालन गर्थे।+ ४१  उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ ४२  उनीहरूसँगै भएका हेमान+ र यदुथुनलाई बिगुल, झ्याली र साँचो परमेश्‍वरको प्रशंसामा प्रयोग गरिने अन्य बाजा बजाउन खटाइएको थियो। यदुथुनका छोराहरूचाहिँ+ ढोकाको निगरानी गर्न खटाइएका थिए। ४३  त्यसपछि सबै मानिस आ-आफ्नो घर फर्के अनि दाउदचाहिँ आफ्नो घरानालाई आशिष्‌ दिन गए।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
शा., “सम्झना गर्न।”
वा “धुन बजाओ।”
वा सम्भवतः “कामहरूबारे बताओ।”
शा., “उहाँले दिनुभएको आज्ञा।”
वा “उपासना गर।”
वा सम्भवतः “उहाँको पवित्रता वैभवशाली भएकोले।”
वा “आउनुभएको छ।”
शब्दावली हेर्नुहोस्‌।
वा “युगौँयुगसम्म।”
वा “यस्तै होस्‌!”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।