हिब्रू ८:१-१३

  • स्वर्गको कुरालाई बुझाउने वासस्थान (१-६)

  • पुरानो र नयाँ करारमा भिन्‍नता (७-१३)

 हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्‍वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+ २  अनि पवित्र ठाउँ र साँचो पालको सेवक* हुनुहुन्छ,+ जुन पाल मानिसले होइन तर यहोवा* परमेश्‍वरले टाँग्नुभएको हो। ३  किनकि हरेक प्रधानपुजारी भेटी र बलिदान दुवै चढाउन नियुक्‍त भएका हुन्छन्‌। त्यसैले उहाँसित पनि चढाउनको लागि केही हुनु आवश्‍यक थियो।+ ४  उहाँ पृथ्वीमा हुनुभएको भए पुजारी हुनुहुने थिएन+ किनकि मोसाको व्यवस्थाबमोजिम भेटी चढाउने पुजारीहरू यहाँ पहिल्यैदेखि छन्‌। ५  पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्‌;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्‍वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+ ६  तर अब येसुलाई योभन्दा अझ उत्कृष्ट सेवाको* लागि ठहराइएको छ किनकि उहाँ त्यस उत्तम करारको मध्यस्थकर्ता+ पनि हुनुहुन्छ,+ जुन करार उत्तम प्रतिज्ञाहरूको आधारमा कानुनी रूपमा गरिएको छ।+ ७  त्यो पहिलो करार त्रुटिरहित भएको भए दोस्रोको आवश्‍यकता नै हुने थिएन।+ ८  किनकि उहाँ यसो भनेर मानिसहरूलाई दोषी ठहराउनुहुन्छ: “‘हेर, यस्ता दिनहरू आउँदै छन्‌,’ यहोवा* भन्‍नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु। ९  त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा+ तिनीहरूसित गरेको करारजस्तो हुनेछैन किनकि तिनीहरूले मेरो करार भङ्‌ग गरेकोले मैले तिनीहरूको वास्ता गर्न छोडिदिएँ,’ यहोवा* भन्‍नुहुन्छ। १०  “‘ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,’ यहोवा* भन्‍नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको दिमागमा राखिदिनेछु र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।+ ११  “‘तिनीहरूमध्ये कसैले पनि आफ्नो देशवासीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: “यहोवालाई* चिन!” किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌। १२  किनकि म तिनीहरूका खराब कामहरू माफ गरिदिनेछु र फेरि कहिल्यै तिनीहरूका पापहरू सम्झनेछैनँ।’”+ १३  यसलाई “नयाँ करार” भनेर उहाँले पुरानोलाई रद्द गर्नुभयो।+ अब जसलाई रद्द गरिएको छ र जुन पुरानो हुँदै गएको छ, त्यो चाँडै नामेट हुन लागेको छ।+

फुटनोटहरू

वा “जनसेवक।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “जनसेवाको।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।