हिब्रू ७:१-२८

  • मल्किसेदेक—अद्वितीय राजा र पुजारी (१-१०)

  • ख्रिष्टको पुजारीगिरी उत्कृष्ट (११-२८)

    • ख्रिष्टले पूरै उद्धार गर्न सक्नुहुन्छ (२५)

 यी मल्किसेदेक, जो सालेमका राजा थिए अनि सर्वोच्च परमेश्‍वरका पुजारी पनि थिए, तिनले राजाहरूको संहार गरेर फर्किरहेका अब्राहामलाई भेटे र उनलाई आशिष्‌ दिए।+ २  अनि अब्राहामले तिनलाई सबै कुराको दशांश दिए। यही मल्किसेदेक आफ्नो नामको अर्थअनुसार सर्वप्रथम “धर्मी राजा” र त्यसपछि सालेमका राजा अर्थात्‌ “शान्तिका राजा” पनि थिए। ३  तिनको न बुबा न आमा, न वंशावली नै छ न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ। तर परमेश्‍वरको छोराजस्तै बनाइएकोले तिनी सदाको लागि पुजारी भइरहन्छन्‌।+ ४  हेर, यी मानिस कत्ति महान्‌ थिए, जसलाई कुलपुरुष अब्राहामले आफ्नो लूटबाट सबैभन्दा असल चिजहरूको दशांश दिए।+ ५  हो, मोसाको व्यवस्थाअनुसार, पुजारी पद पाएका लेविका छोराहरूले+ मानिसहरूबाट अर्थात्‌ आफ्नै भाइहरूबाट दशांश उठाउने आज्ञा पाएका छन्‌,+ जबकि तिनीहरूका भाइहरू पनि अब्राहामकै सन्तान हुन्‌। ६  तर यी मानिस जो लेविको कुलका थिएनन्‌, तिनले अब्राहाम, जसलाई प्रतिज्ञा गरिएको थियो, उनीबाट दशांश लिए र उनलाई आशिष्‌ दिए।+ ७  अब यो कुरामा दुई मत छैन, सानोले ठूलोबाट आशिष्‌ पाउँछ। ८  एउटा मामिलामा अर्थात्‌ लेवीहरूको मामिलामा कुरा गर्नुपर्दा, तिनीहरू दशांश पाउने मरणशील मानिसहरू हुन्‌ तर अर्को मामिलामा कुरा गर्नुपर्दा, तिनी भने बाँचिरहन्छन्‌ भनेर धर्मशास्त्रमा साक्षी दिइएको छ।+ ९  अनि दशांश पाउने लेविले समेत अब्राहामद्वारा तिनलाई दशांश तिरेका छन्‌ भन्‍न सकिन्छ। १०  किनकि मल्किसेदेकले अब्राहामलाई भेट्‌दा लेवि आफ्नो पुर्खा अब्राहामको सन्तानको रूपमा जन्मिसकेका थिएनन्‌।+ ११  यदि लेवीहरूको पुजारीगिरीबाट (किनकि मानिसहरूलाई दिइएको मोसाको व्यवस्थाको एउटा पक्ष यो थियो) पूर्णता प्राप्त हुने भए+ अर्को पुजारी किन चाहिन्थ्यो र, जसलाई हारुनजस्तो नभनी मल्किसेदेकजस्तो भनिएको छ?+ १२  किनकि पुजारीगिरी परिवर्तन भइरहेको हुनाले मोसाको व्यवस्था पनि परिवर्तन हुनु आवश्‍यक छ।+ १३  किनकि यी कुराहरू जुन मानिसको विषयमा भनिएका छन्‌, तिनी अर्कै कुलका थिए, जसबाट आएका कसैले पनि वेदीमा सेवा गरेका छैनन्‌।+ १४  किनकि यो प्रस्टै छ कि हाम्रा प्रभु आउनुभएको कुल यहुदाको कुल हो,+ जुन कुलबाट पुजारीहरू आउने विषयमा मोसाले केही पनि भनेनन्‌। १५  अनि यो कुरा झनै स्पष्ट भएको छ किनकि मल्किसेदेकजस्तै अर्को पुजारी+ खडा हुनुभएको छ,+ १६  जो व्यवस्थाले माग गरेको कुलबाट आएकोले पुजारी हुनुभएको होइन तर अविनाशी जीवन दिने शक्‍तिले गर्दा हुनुभएको हो।+ १७  किनकि उहाँको विषयमा यस्तो साक्षी दिइएको छ: “तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो।”+ १८  त्यसैले यसअघिको आज्ञा कमजोर र प्रभावहीन भएकोले त्यसलाई रद्द गरियो।+ १९  किनकि मोसाको व्यवस्थाले कुनै कुरालाई पनि पूर्ण बनाएन+ तर एउटा यस्तो उत्तम आशाले+ पूर्ण बनायो, जसले गर्दा हामी परमेश्‍वरसित नजिक हुँदै छौँ।+ २०  साथै यो शपथविना भएको थिएन २१  (किनकि शपथविना पुजारी भएका मानिसहरू छन्‌ तर यी मानिसचाहिँ यस्ता छन्‌, जसलाई परमेश्‍वरले शपथ खाएर पुजारी बनाउनुभयो र तिनको विषयमा यसो भन्‍नुभयो: “यहोवाले* शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन,* ‘तिमी सधैँका लागि पुजारी हौ।’”)+ २२  यसैअनुसार येसु उत्तम करारको ग्यारेन्टी* बन्‍नुभएको छ।+ २३  यसबाहेक एकपछि अर्को गर्दै धेरै जना पुजारी बन्‍नुपऱ्‍यो+ किनभने मृत्युले गर्दा तिनीहरू पुजारी बनिरहन सकेनन्‌ २४  तर उहाँ सधैँभरि जीवित रहिरहनुहुने भएकोले+ उहाँको पुजारीगिरीका उत्तराधिकारीहरू छैनन्‌। २५  यसैले गर्दा उहाँमार्फत परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+ २६  किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+ २७  उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि+ हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन+ किनकि उहाँले आफूलाई अर्पण गरेर एकै चोटि सदाको लागि यो काम पूरा गर्नुभयो।+ २८  किनकि मोसाको व्यवस्थाले कमीकमजोरी भएका मानिसहरूलाई प्रधानपुजारी नियुक्‍त गर्छ+ तर मोसाको व्यवस्थापछि शपथ खाएर गरिएको यो वचनले+ एक जना छोरालाई नियुक्‍त गर्छ, जो सदाको लागि पूर्ण बनाइनुभएको छ।+

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “उहाँले मन परिवर्तन गर्नुहुनेछैन।”
वा “जमानी।”