हितोपदेश ९:१-१८

  • बुद्धिले निम्तो दिन्छ (१-१२)

    • “बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ” (११)

  • मूर्ख आइमाईले बोलाउँछे (१३-१८)

    • “चोरेको पानी मीठो हुन्छ” (१७)

९  बुद्धिले* आफ्नो घर बनाएको छ; त्यसले सात वटा खम्बा गाडेर आफ्नो घर ठड्‌याएको छ।  २  त्यसले मासु पकाएर तयार पारेको छ,* त्यसले मसलादार मद्य बनाएको छ, त्यसले टेबुलमा खानेकुरा पस्केको छ।  ३  त्यसले आफ्ना दासीहरूलाई पठाउँछ र सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ:+  ४  “जो-जो अनुभवहीन छन्‌, तिनीहरू यहाँ आऊन्‌।” त्यसले मूर्खहरूलाई* यसो भन्छे  ५  “आओ! मसँगै खाओ! मैले बनाएको मसलादार मद्य पिओ!  ६  मूर्ख* हुन छोड र दीर्घायु होओ!+ समझशक्‍तिको बाटोमा अघि बढ।”+  ७  जसले गिल्ला गर्नेलाई सुधार्छ, ऊ आफै लज्जित हुनेछ;+ जसले दुष्टलाई हप्काउँछ, ऊ आफैले चोट पाउनेछ।  ८  गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+ बुद्धिमान्‌ मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्‍नेछ।+  ९  बुद्धिमान्‌ मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान्‌ हुनेछ;+ धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्‌नेछ। १०  यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो;+ महापवित्र परमेश्‍वरबारे सिक्नु+ समझ बढाउनु हो। ११  बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ,+ हो, तिमी दीर्घायु हुनेछौ। १२  तिमीले बुद्धि हासिल गऱ्‍यौ भने तिम्रै भलो हुनेछ तर तिमीले त्यसको खिल्ली उडायौ भने तिमीले नै दुःख भोग्नेछौ। १३  मूर्ख आइमाई बकबक गर्छे,+ ऊ अज्ञानी हुन्छे र उसलाई केही थाह हुँदैन। १४  ऊ आफ्नो घरको ढोकामा बस्छे; ऊ सहरको अग्लो ठाउँमा उभिन्छे।+ १५  त्यहाँबाट जानेहरूलाई ऊ बोलाउँछे; सरासर आफ्नो बाटो हिँडिरहेकाहरूलाई ऊ यसो भन्छे: १६  “जो-जो अनुभवहीन छन्‌, तिनीहरू यहाँ आऊन्‌।” मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+ १७  “चोरेको पानी मीठो हुन्छ; लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+ १८  तर आफू मृत्युको मुखमा धकेलिँदै छु र उसका पाहुनाहरू चिहानको* गहिराइमा पुगिसकेका छन्‌ भनेर तिनीहरूलाई थाहै हुँदैन।+

फुटनोटहरू

वा “साँचो बुद्धिले।”
शा., “त्यसले पशु काटेर तयार पारेकी छे।”
वा “सुझबुझ नभएकाहरूलाई।”
वा “अनुभवहीन।”
वा “सुझबुझ नभएका।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।