हितोपदेश ४:१-२७

  • बुबाको अर्ती (१-२७)

    • बुद्धि हासिल गर्नु सबैभन्दा महत्त्वपूर्ण ()

    • दुष्ट मार्गमा नलाग (१४, १५)

    • असल मानिसको बाटो चहकिलो हुँदै जान्छ (१८)

    • “आफ्नो हृदयलाई सुरक्षित राख” (२३)

 हे मेरो छोरा,* आफ्नो बुबाको अर्ती सुन,*+ध्यान दिएर सुन अनि समझ प्राप्त गर।  २  म तिमीलाई असल कुरा सिकाउँछु;मेरो शिक्षा नत्याग।+  ३  म मेरो बुबाको असल छोरा थिएँ+र मेरी आमाको प्यारो छोरा।+  ४  बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+ मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+  ५  बुद्धि हासिल गर; समझ हासिल गर।+ मैले भनेका कुराहरूलाई बेवास्ता नगर, ती नबिर्स।  ६  बुद्धिलाई नत्याग, त्यसले तिम्रो रक्षा गर्नेछ। त्यसलाई माया गरेर राख, त्यसले तिमीलाई जोगाउनेछ।  ७  बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो;+ त्यसैले बुद्धि हासिल गर,हरहालतमा समझ हासिल गर।+  ८  बुद्धिलाई अनमोल ठान र त्यसले तिम्रो उन्‍नति गराउनेछ।+ तिमीले त्यसलाई अङ्‌गाल्यौ भने त्यसले तिम्रो मान बढाउनेछ।+  ९  त्यसले तिम्रो शिरमा सुन्दर ताज लगाइदिनेछ;र तिमीलाई शोभाको मुकुट पहिराइदिनेछ।” १०  हे मेरो छोरा, मैले भनेका कुराहरू सुन्यौ र मान्यौ भनेतिमी दीर्घायु हुनेछौ।+ ११  म तिमीलाई बुद्धिको मार्गमा हिँड्‌न सिकाउँछु;+म तिमीलाई ठीक बाटोमा डोऱ्‍याउँछु।+ १२  तिमी हिँड्‌दा कुनै कुराले तिम्रो पाइलालाई छेक्नेछैन;तिमी दौडँदा ठेस लागेर लड्‌नेछैनौ। १३  मेरा अर्तीलाई पक्रिराख, त्यसलाई कहिल्यै नत्याग;+ त्यसलाई सम्हालिराख किनभने त्यसैमा तिम्रो जीवन निर्भर छ।+ १४  दुष्टको मार्गमा तिमी नलाग,खराब मानिसको बाटोमा नहिँड।+ १५  त्यस्तो बाटोबाट टाढै बस, त्यसमा पाइला नहाल;+त्यतातिर हेर्दा पनि नहेर, आफ्नो बाटो लाग।+ १६  खराब काम नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन; कसैलाई बरबाद नपारेसम्म तिनीहरू सुत्नै सक्दैनन्‌। १७  तिनीहरू लुटको धनले हासिल गरेको रोटी खान्छन्‌र हिंसाको कमाइले रक्सी पिउँछन्‌। १८  धर्मीको बाटो बिहानको उज्यालोजस्तै* हो;मध्याह्न नभएसम्म त्यो झन्‌झनै चहकिलो हुँदै जान्छ।+ १९  दुष्टको बाटो रातको अन्धकारजस्तै हो;केमा ठेस लाग्ने हो, तिनीहरूलाई पत्तै हुँदैन। २०  हे मेरो छोरा, मेरो कुरामा ध्यान देऊ;मैले भनेका कुराहरूमा कान थाप। २१  ती कुराहरू नबिर्स;त्यसलाई हृदयमा सङ्‌गालेर राख।+ २२  किनभने जसले ती कुराहरू भेट्टाउँछ, ऊ दीर्घायु हुन्छ+र उसको पूरै शरीर स्वस्थ हुन्छ। २३  अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख,+किनकि त्यो सारा जीवनको मूल हो। २४  तिम्रो मुखबाट बाङ्‌गो कुरा ननिस्कोस्‌+र तिम्रो जिब्रोले छली कुरा नगरोस्‌। २५  तिम्रो आँखाले सीधा अगाडि हेरोस्‌;तिम्रो आँखाले एकटक लगाएर अगाडि हेरोस्‌।+ २६  आफ्नो बाटो सम्म बनाऊ*+अनि तिम्रो गोडाले ठेस खानेछैन। २७  तिमी दायाँ वा बायाँ नलाग।+ गलत बाटोमा हिँड्‌नदेखि आफ्नो पाइलालाई रोक।

फुटनोटहरू

वा “छोराहरू।”
शा., “अनुशासन सुन।”
वा “घामजस्तै।”
वा सम्भवत: “आफ्नो बाटोबारे राम्ररी विचार गर।”