हितोपदेश ३१:१-३१

  • राजा लेमुएलका उपदेश (१-३१)

    • गुणवती पत्नी कसले पाउन सक्छ? (१०)

    • गाह्रो काम गर्ने र परिश्रमी (१७)

    • दयाले भरिएको बोली (२६)

    • छोराछोरी र पतिले प्रशंसा गर्छन्‌ (२८)

    • बाहिरी रूप र सौन्दर्य उडेर जान्छ (३०)

३१  राजा लेमुएलका अमूल्य उपदेश, जुन उनले आफ्नी आमाबाट पाएका थिए:+  २  हे मेरो छोरा, म तिमीलाई के भनूँ? हे मेरो छोरा! मेरो गर्भको फल! मैले भाकल गरेको हे मेरो छोरा! तिमीलाई म के भनूँ?+  ३  स्त्रीहरूको पछि लागेर आफ्नो बल खेर नफाल;+ त्यो बाटोमा नलाग, जुन बाटोमा राजाहरूको समेत पतन हुन्छ।+  ४  हे लेमुएल, रक्सी राजाहरूको लागि होइन; राजाहरूले रक्सी पिउनु असल होइन अनि शासकहरूले “खोइ मेरो रक्सी” भनेको सुहाउँदैन।+  ५  नत्र त तिनीहरूले रक्सी पिएर नियमकानुन बिर्सनेछन्‌ र दीनदुःखीको अधिकार खोस्नेछन्‌।  ६  जसको जीवन खतम हुनै लागेको छ, तिनीहरूलाई रक्सी देऊ+ अनि जो निराशामा डुबेका छन्‌, तिनीहरूलाई दाखमद्य* पियाऊ।+  ७  तिनीहरूले रक्सी पिएर आफ्नो गरिबी बिर्सून्‌ अनि तिनीहरूले आफ्नो दुःख नसम्झून्‌।  ८  निमुखाहरूको पक्षमा बोल अनि जसको जीवन खतम हुनै लागेको छ, तिनीहरूको हकको निम्ति लड।+  ९  तिमी चुप लागेर नबस र ठीकसित न्याय गर; दीनदुःखी र गरिबहरूको अधिकारको रक्षा गर।*+ א [आलेफ] १०  गुणवती पत्नी कसले पाउन सक्छ?+ तिनी मुगाभन्दा* पनि बहुमूल्य हुन्छिन्‌। ב [बेथ] ११  तिनका पतिले तिनलाई हृदयदेखि भरोसा गर्छन्‌ अनि तिनका पतिलाई कुनै कुराको कमी हुँदैन। ג [गिमेल] १२  तिनले आफ्ना पतिको कुभलो हुने काम गर्दिनन्‌ बरु जीवनभर उनको भलो गर्छिन्‌। ד [दालेथ] १३  तिनी ऊन र मलमल खोजेर ल्याउँछिन्‌, खुसी भई आफ्नै हातले काम गर्छिन्‌।+ ה [हे] १४  व्यापारीहरूको जहाजले जस्तै+ तिनी टाढा-टाढाबाट खानेकुरा ल्याउँछिन्‌। ו [वाव] १५  तिनी बिहान मिरमिरेमै उठ्‌छिन्‌ अनि आफ्नो परिवारका लागि खाना बनाउँछिन्‌ र आफ्ना दासीहरूलाई पनि खानेकुरा दिन्छिन्‌।+ ז [जयिन] १६  तिनी राम्ररी सोचविचार गरेर जमिन किन्छिन्‌; मेहनत गरेर* अङ्‌गुरको बगान लगाउँछिन्‌। ח [हेत] १७  तिनी परिश्रम गर्न पनि तयार हुन्छिन्‌*+ अनि गाह्रो काम गर्न आफ्नो पाखुरा चलाउँछिन्‌। ט [टेथ] १८  तिनी आफ्नो व्यापारबाट नाफा होस्‌ भनेर होस पुऱ्‍याउँछिन्‌; राती पनि तिनको घरमा दियो* निभ्दैन। י [योद] १९  तिनी एउटा हातले चर्खा घुमाउँछिन्‌ अनि अर्को हातले कतुवा* समाउँछिन्‌।+ כ [काफ] २०  तिनी दीनदुःखीलाई मदत गर्न हात बढाउँछिन्‌ अनि गरिबहरूलाई मुठी खोलेर दिन्छिन्‌।+ ל [लामेद] २१  आफ्नो परिवारलाई जाडोले सताउला भनेर तिनले चिन्ता गर्नुपर्दैन किनभने तिनको घरका सबैले न्यानो* लुगा लगाएका हुन्छन्‌। מ [मेम] २२  तिनी आफै तन्‍ना बुन्छिन्‌; तिनका लुगाहरू मलमल र बैजनी ऊनका हुन्छन्‌। נ [नुन] २३  सहरका मूलढोकामा तिनका पतिलाई सबैले चिन्छन्‌;+ त्यहाँ तिनका पति सहरका नाइकेहरूसँगै बस्छन्‌। ס [सामेख] २४  तिनी मलमलको लुगा* बुनेर बेच्छिन्‌ अनि व्यापारीहरूलाई पटुका बेच्छिन्‌। ע [अयिन] २५  तागत र वैभव तिनका पहिरन हुन्‌, तिनी भोलिको लागि चिन्ता गर्दिनन्‌। פ [पे] २६  तिनको मुखबाट बुद्धिले भरिएका कुरा निस्कन्छन्‌;+ तिनको बोली दयाले* भरिएको छ। צ [सादे] २७  तिनी आफ्नो परिवारको रेखदेख गर्छिन्‌, तिनी आलस्यको रोटी खाँदिनन्‌।+ ק [कोफ] २८  तिनका छोराछोरी तिनीसामु खडा हुन्छन्‌ र तिनको तारिफ गर्छन्‌; तिनका पति पनि खडा हुन्छन्‌ र तिनको प्रशंसा गर्छन्‌। ר [रेश] २९  गुणवती स्त्री त धेरै छन्‌ तर तिनीहरू सबैलाई तिमीले उछिनेकी छ्यौ। ש [शिन] ३०  बाहिरी रूप भ्रामक होला अनि सौन्दर्य पनि उडेर जाला+ तर यहोवाको डर मान्‍ने स्त्रीले अरूको प्रशंसा पाइरहन्छिन्‌।+ ת [ताव] ३१  तिनले गरेको परिश्रमको लागि इनाम देऊ*+ अनि सहरका मूलढोकाहरूमा तिनको प्रशंसा होस्‌।+

फुटनोटहरू

अङ्‌गुरबाट बनेको रक्सी।
वा “पक्षमा लड।”
शब्दावली हेर्नुहोस्‌।
वा “आफ्नै कमाइले।” शा., “आफ्नै हातको फलले।”
शा., “टमक्क कम्मर कस्छिन्‌।”
वा “बत्ती।”
धागो कात्ने साधन।
शा., “दुईसरो।”
वा “भित्री लुगा।”
वा “मायालु निर्देशनले; अटल प्रेमले।”
शा., “तिनको हातको मेहनतबाट तिनलाई देऊ।”