हितोपदेश ३:१-३५

  • बुद्धिमान्‌ होऊ र यहोवामा भरोसा राख (१-१२)

    • अनमोल कुराहरूले यहोवाको आदर गर ()

  • बुद्धि पाउँदा खुसी मिल्छ (१३-१८)

  • बुद्धिले सुरक्षा दिन्छ (१९-२६)

  • अरूसँग गर्नुपर्ने उचित व्यवहार (२७-३५)

    • केही दिने क्षमता छ भने देऊ (२७)

 हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;मेरा आज्ञाहरू हृदयमा राखिराख।  २  तब तिमी दीर्घायु हुनेछौर तिम्रो जीवनमा शान्ति छाउनेछ।+  ३  अटल प्रेम* र सत्यताले तिमीलाई नछोडून्‌;+ ती तिम्रो गलामा लगाइराखअनि तिम्रो हृदयमा पनि लेखिराख।+  ४  तब तिमीले परमेश्‍वरको र मानिसको निगाह* पाउनेछौर समझदार* मानिस भनेर चिनिनेछौ।+  ५  आफ्नो सारा हृदयले यहोवामा भरोसा राख,+आफ्नै बुद्धिमा भर नपर।+  ६  जुनसुकै काम गर्दा उहाँलाई सम्झ;+उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।+  ७  आफैलाई बुद्धिमान्‌ नसम्झ।+ यहोवासित डराऊ, खराब कामबाट टाढै बस।  ८  यसो गऱ्‍यौ भने त्यो तिम्रो शरीरको लागि* औषधीसरह हुनेछअनि तिमीले स्फूर्ति पाउनेछौ।*  ९  आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+ १०  तब तिम्रा भण्डारहरू भरिपूर्ण हुनेछन्‌;+तिम्रा घ्याम्पाहरूमा नयाँ रक्सी भरिएर पोखिनेछ। ११  हे मेरो छोरा, यहोवाले अनुशासन दिनुहुँदा त्यसलाई स्विकार;+उहाँले सुधार्नुहुँदा त्यसलाई इन्कार नगर।+ १२  जसरी एक जना बुबाले आफ्नो प्यारो छोरालाई सुधार्छ,+त्यसरी नै यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ।+ १३  आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ। १४  चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+ १५  बुद्धि मुगाभन्दा* बहुमूल्य हुन्छ;यसलाई तिमीले चाहेको कुनै पनि थोकसित तुलना गर्न सकिँदैन। १६  यसको दायाँ हातमा दीर्घायु हुन्छअनि बायाँ हातमा धनसम्पत्ति र गौरव हुन्छ। १७  यसका मार्गहरू सुन्दर छन्‌,यसका बाटोहरू शान्तिमय छन्‌।+ १८  यसको बाटोमा हिँड्‌नेहरूका लागि यो जीवनको रूख हो,यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्‌।+ १९  यहोवाले आफ्नो बुद्धिले पृथ्वीको जग बसाल्नुभयो,+ आफ्नो समझशक्‍तिले आकाश फैलाउनुभयो।+ २०  उहाँको ज्ञानले गहिरो सागर दुई भाग भयो,र त्यही ज्ञानले गर्दा आकाशबाट शीत झऱ्‍यो।+ २१  हे मेरो छोरा, ती* नभुल। बुद्धि* र सोच्ने क्षमता जोगाइराख। २२  ती तिम्रो निम्ति जीवन हुनेछन्‌;तिम्रो गलामा शोभा दिने हार हुनेछन्‌। २३  तब तिमी आफ्नो बाटोमा सुरक्षित हुनेछौअनि तिम्रा खुट्टाहरूले कहिल्यै ठेस खानेछैनन्‌।+ २४  तिमी कुनै डरविना ढल्कन सक्नेछौ,+तिमी ओछ्यानमा पल्टनेछौ र तिमीलाई मीठो निद्रा लाग्नेछ।+ २५  अचानक दुःख आइपर्दा तिमी डराउनेछैनौ;+दुष्टमाथि आइपर्ने विनाशदेखि पनि तिमी तर्सिनेछैनौ।+ २६  यहोवा नै तिम्रो भरोसा हुनुहुनेछ;+उहाँले तिम्रो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।+ २७  तिमीसँग अरूलाई केही दिने क्षमता छ भनेखाँचोमा परेकालाई मदत गर्न पछि नहट।+ २८  आफ्नो छिमेकीलाई केही दिने औकात छ भने यसो नभन: “म तिमीलाई भोलि दिऊँला, अहिले जाऊ!” २९  तिम्रो छिमेकीले तिमीलाई भरोसा गर्छ भनेऊसित जालझेल नगर।+ ३०  कसैले तिम्रो केही बिगारेको छैन भनेविनाकारण ऊसित झगडा नगर।+ ३१  झगडालु मानिसको डाह नगर;+उसको बाटोमा नहिँड। ३२  धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।+ ३३  दुष्टको घरमा यहोवाको सराप लाग्नेछ+तर धर्मीको घरमा उहाँको आशिष्‌ बर्सनेछ।+ ३४  खिसी गर्नेहरूलाई उहाँ गिल्ला गर्नुहुन्छ+तर नम्रहरूलाई उहाँ कृपा देखाउनुहुन्छ।+ ३५  बुद्धिमान्‌ मानिसले आदर कमाउँछतर मूर्खको भागमा बेइज्जती हुन्छ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “दया।”
वा “अन्तर्दृष्टि भएको।”
शा., “नाइटोको लागि।”
शा., “तिम्रो हड्डीले स्फूर्ति पाउनेछ।”
वा “सबैभन्दा राम्रो बाली।”
शब्दावली हेर्नुहोस्‌।
यसले अघिल्ला पदहरूमा बताइएको परमेश्‍वरका गुणहरूलाई जनाएको हुनुपर्छ।
वा “व्यावहारिक ज्ञान।”