हितोपदेश २९:१-२७

  • बालकलाई आफूखुसी गर्न दिइयो भने उसले लाजमा पार्छ (१५)

  • परमेश्‍वरको डोऱ्‍याइ नपाउँदा मानिसहरू छाडा हुन्छन्‌ (१८)

  • झट्टै रिसाउने मानिसले कलह मच्चाउँछ (२२)

  • नम्र मानिसले सम्मान पाउँछ (२३)

  • मानिसहरूको डर पासो हो (२५)

२९  जो बारम्बार हप्काउँदा पनि अटेरी भइरहन्छ,+ उसको पतन अकस्मात्‌ हुनेछ।+  २  धर्मीहरू धेरै हुँदा मानिसहरू रमाउँछन्‌ तर दुष्टले शासन गर्दा प्रजाले सुस्केरा हाल्छन्‌।+  ३  बुद्धिलाई प्रेम गर्ने मानिसले आफ्नो बुबालाई खुसी बनाउँछ+ तर वेश्‍याहरूसित सङ्‌गत गर्नेले धनसम्पत्ति उडाउँछ।+  ४  राजाले निष्पक्ष न्याय गर्दा देश बलियो हुन्छ+ तर घुस खाने मानिसले देशलाई बरबाद पार्छ।  ५  आफ्नो छिमेकीलाई फुर्क्याउने मानिसले उसको खुट्टामा जाल बिछ्याउँछ।+  ६  खराब मानिस आफ्नै पासोमा पर्छ+ तर धर्मी मानिस खुसीले गाउँछ अनि उफ्रन्छ।+  ७  धर्मी मानिसले गरिबको हकहितको चिन्ता गर्छ+ तर दुष्ट मानिसले त्यसको वास्तै गर्दैन।+  ८  धाक लगाउने मानिसले सहरमा आगो लगाउँछ+ तर बुद्धिमान्‌ मानिसले रिसलाई शान्त पार्छ।+  ९  बुद्धिमान्‌ र मूर्खबीच मुद्दा चल्दा मूर्ख मनपरी कराइरहन्छ र उसले खिसी गर्छ अनि बुद्धिमान्‌ मानिसले कहिल्यै चैन पाउँदैन।+ १०  हत्याराहरूले निर्दोष मानिसलाई घृणा गर्छन्‌+ अनि सोझो मानिसको ज्यान लिन खोज्छन्‌।* ११  मूर्ख मानिसले आफ्नो रिस पोख्छ+ तर बुद्धिमान्‌ मानिसले त्यसलाई काबूमा राख्छ।+ १२  जब कुनै शासकले झूटा कुराहरूमा ध्यान दिन्छ, तब उसका सबै सेवक दुष्ट हुन्छन्‌।+ १३  गरिब मानिस र अत्याचार गर्ने मानिस दुवैमा एउटा कुरा मिल्दोजुल्दो छ: दुवैको आँखामा ज्योति दिने यहोवा नै हुनुहुन्छ।* १४  गरिबलाई पक्षपात नगर्ने राजाको+ सिंहासन कहिल्यै डगमगाउँदैन।+ १५  छडी* र हप्काइबाट बुद्धि पाइन्छ+ तर बालकलाई आफूखुसी गर्न दिइयो भने उसले आमालाई लाजमा पार्छ। १६  जब दुष्टहरू धेरै हुन्छन्‌, तब दुष्टता पनि बढ्‌छ तर धर्मी मानिसहरूले तिनीहरूको पतन देख्नेछन्‌।+ १७  आफ्नो छोरालाई अनुशासनमा राख र उसले तिमीलाई सुख दिनेछ उसले तिमीलाई अपार आनन्द दिनेछ।+ १८  परमेश्‍वरको डोऱ्‍याइ नपाउँदा मानिसहरू छाडा हुन्छन्‌+ तर आनन्दित हुन्‌ ती मानिसहरू, जसले उहाँको नियमकानुन पालन गरिरहन्छन्‌।+ १९  मुखले भनेर मात्र नोकरलाई सुधार्न सकिँदैन किनभने उसले बुझ्न त बुझ्छ तर पालन गर्दैन।+ २०  के तिमीले बोल्न हतार गर्ने मानिस देखेका छौ?+ त्यस्तो मानिसभन्दा त बरु मूर्ख सुध्रने आशा हुन्छ।+ २१  नोकरलाई सानैदेखि पुलपुल्याएर राख्यौ भने पछि गएर ऊ बैगुनी हुन्छ। २२  झट्टै रिसाउने मानिसले कलह मच्चाउँछ+ अनि झडङ्‌ङ रिसाउने मानिसबाट धेरै गल्ती हुन्छ।+ २३  अहङ्‌कारले मानिसलाई खसाल्छ+ तर जो नम्र छ, उसले सम्मान पाउँछ।+ २४  चोरको साथीले आफैसित दुस्मनी मोल्छ किनकि बयान दिन लगाउँदा उसले आफ्नो मुख खोल्दैन।+ २५  मानिसहरूको डर पासो हो+ तर जसले यहोवामा भरोसा गर्छ, ऊ सुरक्षित रहन्छ।+ २६  धेरै जना राजासामु आउन खोज्छन्‌* तर न्याय यहोवाबाट मात्र पाइन्छ।+ २७  अन्याय गर्ने मानिसलाई धर्मीले घृणा गर्छ+ तर सोझो बाटोमा हिँड्‌ने मानिसलाई दुष्टले घृणा गर्छ।+

फुटनोटहरू

वा सम्भवतः “तर सोझो मानिसले आफ्नो ज्यान जोगाउन खोज्छ।”
यसको अर्थ हो, “उहाँले तिनीहरूलाई जीवन दिनुहुन्छ।”
वा “अनुशासन; सजाय।”
वा सम्भवतः “राजाको निगाह पाउन खोज्छन्‌।”