हितोपदेश २५:१-२८

  • गोपनीयता ()

  • ठीक बेलामा ठीक कुरा (११)

  • छिमेकीको घरमा घरीघरी नजाऊ (१७)

  • शत्रुको टाउकोमा कोइलाको भुङ्‌ग्रो थुपार्ने (२१, २२)

  • शुभ-समाचार चिसो पानीजस्तै हो (२५)

२५  यी हितोपदेश पनि सुलेमानका हुन्‌,+ जुन यहुदाका राजा हिजकियाहका+ भारदारहरूले सङ्‌कलन गरे र त्यसको नक्कल उतारे:  २  कुनै कुरा गोप्य राख्नु परमेश्‍वरको गौरव हो+ अनि मुद्दामामिलाको छानबिन गर्नुचाहिँ राजाहरूको गौरव हो।  ३  जसरी आकाशको उचाइ र पृथ्वीको गहिराइ थाह पाउन सकिँदैन, त्यसरी नै राजाको मनको कुरा पनि बुझ्न सकिँदैन।  ४  चाँदीबाट कसर निकाल अनि त्यो पूरै शुद्ध हुनेछ।+  ५  राजाको सामनेबाट दुष्टलाई हटाऊ अनि धार्मिकताले तिनको राजगद्दी स्थिर हुनेछ।+  ६  राजाको सामने आफूलाई ठूलो नदेखाऊ,+ ठूलाबडाको माझमा बस्न नखोज+  ७  किनकि ठूलाबडाको सामने तिम्रो अपमान हुनुभन्दा बरु उसले यसो भनेको बेस: “आऊ, यहाँ माथि बस।”+  ८  आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर, उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+  ९  छिमेकीसितको विवाद सुल्झाउन ऊसित छलफल गर+ तर तिमीसित गरेको गोप्य कुरा अरूलाई सुनाउँदै नहिँड*+ १०  नत्र त तिम्रो कुरा सुन्‍ने मानिसले तिमीलाई लाजमा पार्ला, तिमीले फैलाएको झूटलाई* फिर्ता ल्याउन सकिँदैन। ११  ठीक बेलामा ठीक कुरा भन्‍नु चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।+ १२  जसको सुन्‍ने कान छ, उसको लागि बुद्धिमान्‌ मानिसको कुरा सुनको कुण्डल र निखुर सुनको गहनाजस्तै हो।+ १३  विश्‍वासयोग्य दूत कटनीको दिनमा चिसो पानीले दिने शीतलताझैँ* हुन्छ किनकि उसले आफ्नो मालिकलाई नयाँ जोस दिन्छ।+ १४  उपहार दिन्छु भनेर फूर्ति लगाउने तर कहिल्यै नदिने मानिस पानी नपार्ने बादल र बतासजस्तै हो।+ १५  धैर्य गर्दा सेनापतिको मन जित्न सकिन्छ; नरम बोलीले* हड्डी पनि गलाउन सक्छ।+ १६  मह पायौ भने आफूलाई चाहिनेजति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गरौला।+ १७  तिम्रो छिमेकीको घरमा घरीघरी नजाऊ नत्र त उसलाई दिक्क लागेर तिमीलाई घृणा गर्ला। १८  आफ्नो छिमेकीविरुद्ध झूटो साक्षी दिने मानिस लट्ठी, तरबार र तीखो काँडजस्तै हो।+ १९  भरोसा गर्न नसकिने मानिसमा* विपत्तिको बेला भर पर्नु भाँचिएको दाँतमा वा लुलो खुट्टामा भर पर्नुजस्तै हो। २०  मन उदास भएको मानिसको अगाडि गीत गाउनु जाडोमा लुगा फुकाल्नु अनि सोडामा* अमिलो झोल* खन्याउनुजस्तै हो।+ २१  तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ, ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+ २२  यसो गर्दा तिमीले कोइलाको भुङ्‌ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौ*+ अनि यहोवाले तिमीलाई इनाम दिनुहुनेछ। २३  उत्तरबाट बहने बतासले मुसलधारे पानी पार्छ अनि कुरा काट्‌ने जिब्रोले अरूको अनुहार बिगार्छ।*+ २४  झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु बेस हो।+ २५  टाढा देशबाट आएको शुभसमाचार तिर्खाएको बेला चिसो पानी पिउनुजस्तै हो।+ २६  दुष्ट मानिससामु झुक्ने* धर्मी मानिस धमिलो पानीको मुहान र दूषित कुवाजस्तै हो। २७  मह धेरै खानु राम्रो होइन+ अनि आफ्नै मान खोज्नु पनि उचित होइन।+ २८  रिस थाम्न नसक्ने मानिस पर्खाल भत्किएको सहरजस्तै हो।+

फुटनोटहरू

वा “अरूको गोप्य कुरा प्रकट नगर।”
वा “हानिकारक गफलाई।”
शा., “हिउँको शीतलताझैँ।”
शा., “नरम जिब्रोले।”
वा सम्भवत: “छली मानिसमा।”
यसले सोडियम कार्बोनेटलाई जनाउँछ।
वा “भिनेगर।”
शा., “तिमीलाई घृणा गर्ने मानिस।”
यसको अर्थ उसलाई कोमल र नरम बनाउनु हो।
वा “अरूलाई रिस उठाउँछ।”
वा “कचकचे।”
वा “सम्झौता गर्ने।” शा., “धरमराउने।”