हितोपदेश २४:१-३४

  • कुकर्मीको डाह नगर ()

  • बुद्धिले घर बनाउँछ ()

  • असल मानिस लड्‌यो भने पनि ऊ फेरि उठ्‌नेछ (१६)

  • बदला नलेऊ (२९)

  • अल्छीपनाले गरिब बनाउँछ (३३, ३४)

२४  कुकर्मीको डाह नगर तिनीहरूसित सङ्‌गत गर्न नखोज+  २  किनकि तिनीहरू अरूलाई चोट पुऱ्‍याउने कुरा मात्र सोचिरहन्छन्‌ अनि तिनीहरूको ओठले अरूलाई दुःख दिने कुरा गरिरहन्छ।  ३  बुद्धिले घर* बनाउँछ+ अनि समझशक्‍तिले त्यसलाई बलियो बनाउँछ।  ४  ज्ञानले त्यसका कोठाहरू किसिम-किसिमका सुन्दर र बहुमूल्य खजानाले भरिदिन्छ।+  ५  बुद्धिमान्‌ मानिस शक्‍तिशाली हुन्छ,+ ज्ञानले गर्दा उसको शक्‍ति झनै बढ्‌छ।  ६  सही निर्देशन* लिएर युद्ध लड,+ धेरै जनासँग सल्लाह लिँदा विजय* प्राप्त हुन्छ।+  ७  मूर्खले साँचो बुद्धि प्राप्त गर्न सक्दैन;+ ऊसित सहरको मूलढोकामा* बताउने कुरा केही हुँदैन।  ८  जसले दुष्ट योजना बनाउँछ, उसले कुख्यात षड्‌यन्त्रकारीको नाम कमाउँछ।+  ९  मूर्खका षड्‌यन्त्रहरूले पापतर्फ धकेल्छ अनि खिल्ली उडाउने मानिसलाई अरूले घृणा गर्छन्‌।+ १०  विपत्‌को दिनमा* तिमी निराश भयौ भने तिम्रो बल घट्‌नेछ। ११  मार्न लगिएकाहरूलाई छुटाऊ अनि लरखराउँदै मृत्युको मुखमा पुगेकाहरूलाई बचाऊ।+ १२  “तर हामीले थाहै पाएनौँ” भन्छौ भने मानिसको हृदय* जाँच्नुहुनेले चाल पाउनुहुन्‍न र?+ जसले तिमीमाथि नजर राख्नुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ अनि हरेक मानिसलाई उसको कामअनुसारको प्रतिफल दिनुहुन्छ।+ १३  हे मेरो छोरा, मह खाऊ किनभने त्यसले तिमीलाई फाइदा गर्छ; चाकाबाट तपतप चुहेको मह गुलियो हुन्छ। १४  त्यसैगरि यो कुरा बुझिराख, बुद्धिले तिम्रो भलाइ गर्छ।+ बुद्धि भेट्टायौ भने तिम्रो भविष्य उज्ज्वल हुनेछ अनि तिम्रो आशा टुट्‌नेछैन।+ १५  दुष्ट मानिसजस्तो नहोऊ, जो धर्मी मानिसलाई आक्रमण गर्न उसको घरको छेउमा ढुकेर बस्छ; धर्मी मानिसको बास बस्ने थलोलाई उजाड नपार। १६  धर्मी मानिस सात पल्ट लड्‌यो भने पनि फेरि उठ्‌नेछ+ तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्‌नेछ।+ १७  तिम्रो शत्रु ढल्दा नरमाऊ, उसले ठक्कर खाँदा खुसी नहोऊ+ १८  नत्र त यहोवाले त्यो देख्नुहुनेछ र उहाँ रिसाउनुहुनेछ अनि उसलाई* कुनै दण्ड दिनुहुनेछैन।+ १९  कुकर्मी मानिसको कारण नचिढिऊ;* दुष्ट मानिसको डाह नगर २०  किनकि कुकर्मीको भविष्य अन्धकार हुन्छ+ अनि दुष्टको दियो निभाइनेछ।+ २१  हे मेरो छोरा, यहोवाको र राजाको डर मान+ अनि विद्रोहीहरूसित सङ्‌गत नगर+ २२  किनकि तिनीहरूमाथि अचानक विपत्ति आइपर्नेछ।+ दुवैले* तिनीहरूलाई कस्तो दण्ड दिनुहुने हो, कसलाई के थाह!+ २३  बुद्धिमान्‌ मानिसहरूले पनि यसो भनेका छन्‌: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।+ २४  जसले दुष्टलाई “तिमी धर्मी छौ” भन्छ,+ उसलाई मानिसहरूले सराप्नेछन्‌ र जातिजातिले धिक्कार्नेछन्‌। २५  तर दुष्टलाई सुधार्नेहरूको भलो हुनेछ;+ तिनीहरूले आशिष्‌स्वरूप असल कुराहरू पाउनेछन्‌।+ २६  इमानदार जवाफ दिने व्यक्‍तिलाई मानिसहरूले आदर गर्नेछन्‌।*+ २७  पहिला बाहिरको काम गर अनि खेत तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।* २८  कुनै प्रमाणविना आफ्नो छिमेकीको विरुद्धमा साक्षी नदेऊ।+ आफ्ना ओठहरूले अरूलाई धोका नदेऊ।+ २९  यसो नभन्‍नू, “उसले मलाई जसो गऱ्‍यो, म पनि उसलाई त्यसै गर्नेछु; म ऊसित बदला लिनेछु।”*+ ३०  अल्छी मानिसको खेतको छेउबाट म गएँ,+ मूर्ख* मानिसको अङ्‌गुर बगान भएर म गएँ। ३१  त्यहाँ झारैझार उम्रेको मैले देखेँ; जमिनलाई काँडैकाँडाले ढाकेको थियो अनि ढुङ्‌गाको पर्खाल पनि ढलेको थियो।+ ३२  मैले त्यो हेरेँ र निकै सोचेँ; मैले सबै देखेँ र यस्तो पाठ सिकेँ:* ३३  एकछिनको सुताइले, एकछिनको झुलाइले र हात बाँधेर एकछिनको बसाइले ३४  गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ; अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+

फुटनोटहरू

वा “घरपरिवार।”
वा “बुद्धिमानी डोऱ्‍याइ।”
वा “सफलता; मुक्‍ति।”
सहरका नाइकेहरू जम्मा हुने ठाउँ।
वा “सङ्‌कष्टको समयमा।”
वा “मनसाय।”
अर्थात्‌, शत्रुलाई।
वा “रिसले चूर नहोऊ।”
अर्थात्‌, यहोवाले र राजाले।
शा., “मानिसहरूले ओठमा चुम्बन गर्नेछन्‌।” वा सम्भवतः “सीधासीधा जवाफ दिनु भनेको म्वाइँ खानुजस्तै हो।”
वा “घरपरिवारको बन्दोबस्त मिलाऊ।”
वा “म जस्तालाई त्यस्तै गर्नेछु।”
वा “सुझबुझ नभएको।”
शा., “मैले अनुशासन स्विकारेँ।”