हितोपदेश १३:१-२५

  • बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ (१०)

  • आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ (१२)

  • वफादार दूतले भलाइ गर्छ (१७)

  • बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ (२०)

  • अनुशासन प्रेमको चिन्ह हो (२४)

१३  बुद्धिमन्‌ छोराले बुबाको अर्ती सुन्छ*+ तर अहङ्‌कारी* मानिसले कसैको हप्की* सुन्दैन।+  २  मानिसको असल बोलीले गर्दा उसले असलै इनाम पाउँछ+ तर धोका दिने मानिसले हिंसा मन पराउँछ।  ३  आफ्नो बोली काबूमा राख्ने मानिसको जीवन सुरक्षित हुन्छ+ तर बकबक गर्ने मानिसको पतन हुन्छ।+  ४  अल्छी मानिसले लालसा गरे पनि केही पाउँदैन+ तर मेहनती मानिसको इच्छा पूरा हुन्छ।+  ५  धर्मी मानिसले झूटलाई घृणा गर्छ,+ दुष्ट मानिसको व्यवहारले लाज र अपमान निम्त्याउँछ।  ६  धार्मिकताले निर्दोष मानिसको रक्षा गर्छ+ तर दुष्ट कामले पापी मानिसलाई बरबाद पार्छ।  ७  कोही मानिस आफूसित केही नभए पनि आफूलाई धनीजस्तो देखाउँछ+ तर कोही मानिस आफूसित अपार धनसम्पत्ति भए पनि आफूलाई गरिबजस्तो देखाउँछ।  ८  धनी मानिसले धन दिएर आफ्नो ज्यान बचाउँछ+ तर गरिब मानिसलाई त कतैबाट ज्यानको खतरा हुँदैन।*+  ९  धर्मी मानिसको ज्योति चहकिलो हुन्छ+ तर दुष्टको दियो निभाइनेछ।+ १०  अहङ्‌कारले झगडा निम्त्याउँछ+ तर बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ।+ ११  रातारात कमाएको धन घट्‌दै जान्छ+ तर अलिअलि गरी जम्मा गरेको धन बढ्‌दै जान्छ। १२  आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ+ तर मनको इच्छा पूरा हुनु जीवनको रूख हो।+ १३  जसले निर्देशन पालन गर्दैन, उसले सजाय भोग्छ+ तर जसले आज्ञा पालन गर्छ, उसले इनाम पाउँछ।+ १४  बुद्धिमान्‌ मानिसको सल्लाह जीवनको मूल हो;+ यसले मानिसलाई मृत्युको पासोबाट जोगाउँछ। १५  अन्तर्दृष्टि* भएको मानिसले अरूको निगाह पाउँछ तर धूर्त मानिसको मार्ग कठिन हुन्छ। १६  चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ+ तर मूर्खले भने आफ्नो मूर्खता देखाउँछ।+ १७  धोकेबाज दूतले समस्या निम्त्याउँछ+ तर वफादार दूतले भलाइ गर्छ।+ १८  अनुशासनलाई बेवास्ता गर्ने मानिसलाई गरिबीले छोप्छ र ऊ लाजमा पर्छ तर सुधार स्विकार्ने मानिसले प्रशंसा पाउँछ।+ १९  आफ्नो इच्छा पूरा हुँदा मानिसको मन खुसी हुन्छ+ तर मूर्ख मानिसले गलत बाटो त्याग्न मन गर्दैन।+ २०  बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ+ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।+ २१  पापीहरूलाई विपत्तिले खेद्‌न छोड्‌दैन+ तर धर्मी मानिसको उन्‍नति हुन्छ।+ २२  भला मानिसले आफ्ना नातिनातिनाको लागि पैतृक-सम्पत्ति छोड्‌छ; पापी मानिसको धनसम्पत्ति धर्मी मानिसको लागि हुन्छ।+ २३  गरिब मानिसले आफ्नो खेतमा खनजोत गरेर प्रशस्त अन्‍न फलाउँछ तर अन्यायको मारमा पर्दा ऊ बरबाद हुन सक्छ। २४  आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्‌दैन।*+ २५  धर्मी मानिसले पेटभरि खान पाउँछ+ तर दुष्ट मानिस भोकै रहन्छ।+

फुटनोटहरू

वा “सुझाव।”
वा “गिल्ला गर्ने।”
वा “अनुशासन स्विकार्छ।”
शा., “गरिब मानिसले कसैको गाली खानुपर्दैन।”
वा “आन्तरिक चेतना।”
शा., “ऊमाथि छडी चलाउँदैन।”
वा सम्भवतः “उसलाई तुरुन्तै अनुशासन दिन्छ।”