हितोपदेश १०:१-३२

  • बुद्धिमान्‌ छोराले बुबालाई खुसी बनाउँछ ()

  • मेहनती हातले मानिसलाई धनी बनाउँछ ()

  • धेरै बोल्दा गल्ती हुन्छ (१९)

  • यहोवाको आशिष्‌ले धनी बनाउँछ (२२)

  • यहोवाको डरले दीर्घायु बनाउँछ (२७)

१०  सुलेमानको हितोपदेश।+ बुद्धिमान्‌ छोराले बुबालाई खुसी बनाउँछ+ तर मूर्ख छोराले आमालाई रुवाउँछ।  २  बेइमानी गरेर कमाएको धन कुनै कामको हुँदैन तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउँछ।+  ३  धर्मी मानिसलाई यहोवा भोकै छोड्‌नुहुन्‍न;+ दुष्ट मानिसको लालसा उहाँ पूरा हुन दिनुहुन्‍न।  ४  अल्छी हातले मानिसलाई दरिद्र बनाउँछ+ तर मेहनती हातले मानिसलाई धनी बनाउँछ।+  ५  कटनीको मौसममा अन्‍न बटुल्ने छोरा बुद्धिमान्‌* हुन्छ तर बाली काट्‌ने बेला सुतेर बस्ने छोरा लाजमा पर्छ।+  ६  धर्मी मानिसमाथि आशिष्‌ बर्सन्छ;+ दुष्ट मानिसको बोलीमा छलकपट लुकेको हुन्छ।  ७  धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष्‌ पाउनेछ+ तर दुष्ट मानिसको नाम मेटिनेछ।+  ८  बुद्धिमान्‌ मानिसले तुरुन्तै अर्ती* स्विकार्छ+ तर मूर्ख कुरा गर्ने मानिसले दुःख भोग्छ।+  ९  निष्ठावान्‌ मानिस सुरक्षित हुनेछ+ तर टेढो चालको मानिस पक्राउ पर्नेछ।+ १०  खराब नियतले आँखा सन्काउने मानिसले दुःख निम्त्याउँछ+ अनि मूर्ख कुरा गर्ने मानिसले दुःख भोग्छ।+ ११  धर्मी मानिसको बोली जीवनको मुहान हो+ तर दुष्ट मानिसको बोलीमा छलकपट लुकेको हुन्छ।+ १२  घृणाले झगडा मच्चाउँछ तर प्रेमले सबै गल्ती ढाक्छ।+ १३  समझदार मानिसको बोली बुद्धिले भरिएको हुन्छ+ तर मूर्ख* मानिसको पिठिउँमा छडी बजारिन्छ।+ १४  बुद्धिमान्‌ मानिसले ज्ञान बटुल्छ+ तर मूर्खको बोलीले समस्या निम्त्याउँछ।+ १५  धनी मानिसको सम्पत्ति उसको लागि पर्खालले घेरिएको सहरजस्तै हो। तर गरिबीले गर्दा गरिब मानिसको पतन हुन्छ।+ १६  धर्मी मानिसको कामले उसलाई जीवनतिर लैजान्छ तर दुष्ट मानिसको कमाइले उसलाई पापतिर धकेल्छ।+ १७  अर्ती स्विकार्ने मानिसले अरूलाई जीवनको बाटो देखाउँछ* तर सुधारलाई बेवास्ता गर्ने मानिसले अरूलाई बहकाउँछ। १८  मनमा घृणा लुकाएर राख्ने मानिसले झूट बोल्छ+ अनि मूर्खले अरूबारे झूटो हल्ला फैलाउँछ। १९  मानिसले जति धेरै बोल्छ, उति नै धेरै गल्ती गर्छ+ तर समझदार मानिसले आफ्नो जिब्रोलाई काबूमा राख्छ।+ २०  धर्मी मानिसको जिब्रो शुद्ध चाँदीजस्तै हो+ तर दुष्ट मानिसको हृदयको विचार बेकामको हुन्छ। २१  धर्मी मानिसको बोलीले धेरैलाई सम्हाल्छ*+ तर समझ नभएकोले मूर्खको विनाश हुन्छ।+ २२  यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ;+ उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न। २३  छाडा व्यवहार मूर्ख मानिसको लागि खेलजस्तै हो तर समझदार मानिसले बुद्धिको खोजी गर्छ।+ २४  दुष्ट मानिसलाई जुन कुराको डर हुन्छ, त्यही कुरा ऊमाथि आइपर्छ तर धर्मी मानिसको इच्छा पूरा हुन्छ।+ २५  आँधीबेहरीले सबै थोक उडाएझैँ दुष्ट पनि हराएर जान्छ+ तर धर्मी मानिसको जग भने कहिल्यै डगमगाउँदैन।+ २६  अमिलोले दाँत कुँडिएझैँ र धुवाँले आँखा पिरो भएझैँ अल्छी मानिसले उसको मालिकलाई पिरोल्छ। २७  यहोवाको डरले दीर्घायु बनाउँछ+ तर दुष्ट मानिसको आयु छोटो हुन्छ।+ २८  धर्मी मानिसको आशाले खुसीयाली ल्याउँछ+ तर दुष्ट मानिसको आशा पूरा हुँदैन।+ २९  यहोवाको मार्ग निर्दोष मानिसको लागि शरणस्थान हो+ तर कुकर्मीहरूको लागि भने त्यो विनाश हो।+ ३०  धर्मी मानिसले कहिल्यै ठेस खानेछैन+ तर दुष्ट मानिस पृथ्वीमा बस्न पाउनेछैन।+ ३१  धर्मी मानिसको मुखबाट बुद्धिका कुरा निस्कन्छन्‌ तर छली जिब्रो काटिनेछ। ३२  धर्मी मानिसको मुखबाट मीठो बोली निस्कन्छ तर दुष्ट मानिसको मुखबाट छली कुरा निस्कन्छ।

फुटनोटहरू

वा “अन्तर्दृष्टि भएको।”
वा “धर्मी मानिसले राम्रो नाम कमाउनेछ।”
शा., “आज्ञा।”
वा “सुझबुझ नभएको।”
वा सम्भवतः “अर्ती स्विकार्ने मानिस जीवनको बाटोमा हिँडिरहेको हुन्छ।”
वा “डोऱ्‍याउँछ।”