हितोपदेश १:१-३३
१ दाउदका छोरा,+ इस्राएलका राजा+ सुलेमानले दिएको हितोपदेश:*+
२ यसले बुद्धि बढाउन+ र अनुशासन स्विकार्न,ज्ञानगुनका कुराहरू बुझ्न;
३ अन्तर्दृष्टि* दिनेअनि धर्मी,*+ निष्पक्ष+ र इमानदार बनाउने अनुशासन+ स्विकार्न;
४ अनुभवहीनहरूलाई बाठो+ बनाउन;युवाहरूलाई सोच्ने क्षमता+ र ज्ञान हासिल गर्न मदत गर्छ।
५ बुद्धिमान् मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ;+समझदार मानिसले भरपर्दो डोऱ्याइ खोज्छ।+
६ यस्तो मानिसले ज्ञानगुनका कुरा र गहिरा कुराअर्थात् बुद्धिमान्का वचन र उखान-टुक्का* बुझ्ने प्रयास गर्छ।+
७ यहोवाको डर मान्नु ज्ञानको सुरुवात हो।+
मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+
८ हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन+र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+
९ ती तिम्रो शिरको लागि सुन्दर मुकुट,*+गलाको लागि अनमोल हार हुन्।+
१० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+
११ तिनीहरूले भन्लान्: “हामीसित आऊ,
निर्दोषहरूलाई मार्न पासो थापौँ।
तिनीहरूलाई मार्न ढुकिबसौँ।
१२ हामी तिनीहरूलाई चिहानले* झैँ जिउँदै निल्नेछौँ,गहिरो खाडलमा पर्नेहरूलाई जस्तै पूरै निल्नेछौँ।
१३ तिनीहरूको बहुमूल्य धनमाल सबै लुटौँ;लुटका मालले हामी आफ्नो घर भरौँ।
१४ आऊ, हामीसँगै आऊअनि लुटका माल बराबर बाँडौँला।”
१५ हे मेरो छोरा, तिनीहरूको पछि नलाग।
तिनीहरूको बाटोमा नहिँड+
१६ किनकि तिनीहरू* खराब काम गर्न हतारिन्छन्;मानिसको ज्यान लिन आतुरी गर्छन्।+
१७ चराको आँखाअगाडि जाल थाप्नु बेकार हो।
१८ त्यसैले तिनीहरू मान्छे मार्न ढुकिबस्छन्;अरूको ज्यान लिन तिनीहरू लुकिबस्छन्।
१९ तिनीहरू बेइमानी गरेर धन कमाउन खोज्छन्तर त्यस्तो कामले उल्टै तिनीहरूको ज्यान लिन्छ।+
२० बाटोमा बसेर बुद्धिले*+ ठूलो स्वरले बोलाउँछ।+
चोकहरूमा उसले आफ्नो आवाज अझै उचाल्छ।+
२१ व्यस्त सडकको कुनामा* बसेर ऊ कराउँछ।
सहरको मूलढोकामा बसेर उसले यसो भन्छ:+
२२ “हे अनुभवहीन हो, कतिन्जेल त्यस्तै रहिरहन चाहन्छौ?
हे गिल्ला गर्ने हो, कतिन्जेल गिल्ला गर्दै बस्छौ?
अनि हे मूर्ख हो, कतिन्जेल मूर्खै रहन चाहन्छौ?+
२३ मैले तिमीलाई सुधार्दा त्यसलाई स्विकार,+
तब तिमीलाई म बुद्धिमान् बनाउनेछुअनि तिमीलाई ज्ञान दिनेछु।+
२४ मैले बोलाएँ तर तिमीले सुन्न चाहेनौ;मैले हात बढाएँ तर कसैले वास्ता गरेन;+
२५ तिमीले मेरो एउटै सल्लाह सुनेनौ;मैले सुधार्दा इन्कार गरिरह्यौ;
२६ तिमीमाथि दु:ख आइपर्दा म हाँस्नेछु;तिमीलाई जुन कुराको डर थियो, तिमीले त्यही भोग्दा म खिसी गर्नेछु;+
२७ तिमीलाई जुन कुराको डर थियो, त्यो आँधीबेहरीझैँ आइपर्दा,तिमीमाथि हुरीबतास आएझैँ सङ्कट आइपर्दा,तिमीमाथि दुःख र समस्या आइपर्दा म खिसी गर्नेछु।
२८ त्यतिखेर तिनीहरूले मलाई गुहार्नेछन् तर म जवाफ दिनेछैनँ;तिनीहरूले मलाई धुइँधुइँती खोज्नेछन् तर भेट्टाउनेछैनन्+
२९ किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे+अनि यहोवाको डर मान्न चाहेनन्।+
३० तिनीहरूले मेरो सल्लाह सुनेनन्;मैले सुधार्दा तिनीहरूले वास्तै गरेनन्।
३१ तिनीहरूले आफ्नो कामको फल पाउनेछन्;+आफूले खनेको खाल्टोमा आफै पर्नेछन्।
३२ गलत बाटोमा हिँड्ने अनुभवहीनहरूको पतन हुनेछ;आफ्नो लापर्बाहीले गर्दा मूर्खहरूको विनाश हुनेछ।
३३ मेरो कुरा ध्यान दिएर सुन्ने सुरक्षित रहनेछ+अनि विपत्तिको डरले उसलाई पिरोल्नेछैन।”+
फुटनोटहरू
^ वा “ज्ञानगुनका कुरा।”
^ वा “आन्तरिक चेतना।”
^ शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्।
^ वा “गाउँखाने कथा।”
^ वा “ताज।”
^ शा., “तिनीहरूको खुट्टा।”
^ वा “साँचो बुद्धिले।”
^ शा., “शिरमा।”