सपन्याह ३:१-२०

  • यरुसलेम—विद्रोही र भ्रष्ट सहर (१-७)

  • न्यायदण्ड र पुनर्स्थापना (८-२०)

    • एउटा शुद्ध भाषा ()

    • नम्र र सोझा मानिसहरूलाई बचाइनेछ (१२)

    • सियोनलाई देखेर यहोवा रमाउनुहुनेछ (१७)

 धिक्कार छ, त्यो विद्रोही, दूषित र अत्याचारी सहरलाई!+  २  त्यसले सल्लाह सुन्‍न चाहेन,+ त्यसले अनुशासन स्विकारेन।+ त्यसले यहोवामा भरोसा राखेन,+ त्यो आफ्ना परमेश्‍वरको नजिक आएन।+  ३  त्यसका शासकहरू गर्जने सिंह हुन्‌।+ त्यसका न्यायकर्ताहरू बेलुकी निस्कने ब्वाँसा हुन्‌; तिनीहरू बिहानसम्ममा एउटा हड्डी पनि बाँकी छोड्‌दैनन्‌।  ४  त्यसका भविष्यवक्‍ताहरू बेसोमति र छली छन्‌।+ त्यसका पुजारीहरू पवित्र कुरालाई अपवित्र तुल्याउँछन्‌;+ तिनीहरू व्यवस्था उल्लङ्‌घन गर्छन्‌।+  ५  तिनीहरूमाझ रहनुहुने यहोवा असल हुनुहुन्छ;+ उहाँ कुनै गल्ती गर्नुहुन्‍न। जसरी हरेक दिन उज्यालो भएरै छोड्‌छ, त्यसैगरि उहाँ पनि बिहानैपिच्छे तिनीहरूलाई आफ्नो नीतिनियम बताउनुहुन्छ।+ तर दुष्ट मानिसलाई भने लाजसरम नै हुँदैन।+  ६  “मैले राष्ट्रहरूलाई नाश गरेँ; तिनीहरूका कुनाका अग्ला धरहराहरू तहसनहस भए। कोही पनि ओहोरदोहोर गर्न नसकोस्‌ भनेर मैले तिनीहरूका बाटोहरू ध्वस्त पारिदिएँ। तिनीहरूका सहरहरू तहसनहस भए; त्यहाँ एउटै मानिस, एउटै बासिन्दा बाँकी रहेन।+  ७  मैले भनेँ, ‘तिमीहरूले पक्कै मेरो डर मान्‍नेछौ र मेरो अनुशासन* स्विकार्नेछौ,’+ तब म त्यसको बस्ने ठाउँलाई उजाड पार्नेछैनँ+ —हुनत मैले यी सब कुराको लेखा तिनीहरूसित अवश्‍य लिनुपर्छ* तर तिनीहरू त झन्‌झनै भ्रष्ट हुँदै गए।+  ८  यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले मेरो बाटो हेरेर बस,*+ जबसम्म म लुटको माल लिनलाई खडा हुँदिनँ।* किनकि राष्ट्रहरूलाई जम्मा गर्ने, राज्यहरूलाई भेला पार्ने अनि तिनीहरूमाथि मेरो क्रोध र मेरो बल्दो रिस खन्याउने फैसला मैले गरेको छु।+ मेरो रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+  ९  तब विभिन्‍न भाषा बोल्ने जातिजातिका मानिसहरूलाई म एउटा शुद्ध भाषा सिकाउनेछु, तिनीहरू सबैले यहोवाको नाम पुकार्नेछन्‌ अनि काँधमा काँध मिलाएर उहाँको सेवा गर्नेछन्‌।’*+ १०  मलाई पुकार्नेहरूले, तितरबितर भएका मेरा मानिसहरूले इथियोपियाका नदीहरूको इलाकाबाट मेरो निम्ति उपहार लिएर आउनेछन्‌।+ ११  मेरो विद्रोह गर्दै तिमीहरूले गरेका सबै कामको लागि त्यस दिन तिमीहरू लज्जित हुनुपर्नेछैन+ किनकि म त्यसबेला धाक लाउने अहङ्‌कारीहरूलाई तिमीहरूको माझबाट हटाइदिनेछु। मेरो पवित्र डाँडामा तिमीहरू फेरि कहिल्यै अहङ्‌कारी हुनेछैनौ।+ १२  म तिमीहरूमाझ नम्र र सोझा मानिसहरूलाई रहन दिनेछु+ अनि तिनीहरूले यहोवाको नाममा शरण लिनेछन्‌। १३  इस्राएलका बाँकी रहेकाहरूले+ खराब काम गर्न छोड्‌नेछन्‌;+ तिनीहरूले झूट बोल्नेछैनन्‌ अनि तिनीहरूको जिब्रोले छली कुरा गर्नेछैन। तिनीहरूले खानेछन्‌* र आराम गर्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”+ १४  हे सियोनकी छोरी,* खुसीले रमाऊ! हे इस्राएल, जयजयकार गर!+ हे यरुसलेमकी छोरी, खुसी होऊ र मनैदेखि रमाऊ!+ १५  यहोवाले तिम्रो सजाय माफ गरिदिनुभएको छ।+ उहाँले तिम्रो शत्रुलाई फर्काइदिनुभएको छ।+ इस्राएलका राजा यहोवा तिम्रो माझमा हुनुहुन्छ।+ तिमी फेरि कुनै विपत्तिदेखि डराउनुपर्नेछैन।+ १६  त्यस दिन यरुसलेमलाई यसो भनिनेछ: “ए सियोन, नडराऊ।+ तिम्रा हातहरूलाई लुला हुन नदेऊ। १७  यहोवा तिम्रा परमेश्‍वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्‍तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ। १८  तिम्रा चाडहरूमा उपस्थित हुन नपाएर शोक गरिरहेकाहरूलाई म भेला गर्नेछु;+ निर्वासनमा परेर बेइज्जती सहनुपरेकोले तिनीहरू आउन पाएनन्‌।+ १९  हेर! त्यसबेला म तिमीमाथि अत्याचार गर्नेजति सबैविरुद्ध कदम चाल्नेछु।+ खोच्याएर हिँडिरहेकोलाई म बचाउनेछु+ अनि तितरबितर भएकाहरूलाई जम्मा गर्नेछु।+ जुन-जुन ठाउँमा तिनीहरूले बेइज्जती सहनुपरेको थियो, त्यहाँ-त्यहाँ म तिनीहरूको प्रशंसा गराउनेछु र तिनीहरूले सम्मान पाउनेछन्‌। २०  त्यसबेला म तिमीहरूलाई फर्काएर ल्याउनेछु, त्यसबेला म तिमीहरूलाई एकसाथ जम्मा गर्नेछु। कैदमा परेका तिमीहरूका मानिसहरूलाई म तिमीहरूकै आँखाअगाडि फर्काएर ल्याउनेछु अनि पृथ्वीका सबै जातिसामु म तिमीहरूको प्रशंसा गराउनेछु र तिमीहरूले सम्मान पाउनेछौ,”+ यहोवा भन्‍नुहुन्छ।+

फुटनोटहरू

वा “तिनीहरूलाई सजाय दिनुपर्छ।”
वा “सुधार।”
वा “धैर्य गर्दै पर्ख।”
वा सम्भवतः “साक्षीको रूपमा खडा हुँदिनँ।”
वा “एक भएर उहाँको उपासना गर्नेछन्‌।”
वा “तिनीहरू चर्नेछन्‌।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
वा “चुप; ढुक्क; सन्तुष्ट।”