श्रेष्ठगीत २:१-१७

  • सुलम्मेनी युवती ()

    • ‘म त मैदानको फूल हुँ’

  • गोठालो ()

    • ‘मेरी प्रेयसी लिली फूलजस्तै छे’

  • सुलम्मेनी युवती (३-१४)

    • “मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर” ()

    • गोठालोको कुरा उद्धृत (१०ख-१४)

      • “हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ” (१०ख, १३)

  • सुलम्मेनी युवतीका दाइहरू (१५)

    • “चकचके फ्याउराहरूलाई समात”

  • सुलम्मेनी युवती (१६, १७)

    • “मेरो प्रेमी मेरै हो र म उसकी” (१६)

 “म त मैदानको* फूल,*बेँसीमा फुल्ने लिली फूल मात्र हुँ।”+  २  “युवतीहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरी प्रेयसीकाँडेझारहरूबीच फक्रने लिली फूलजस्तै छे।”  ३  “युवकहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरो प्रेमीजङ्‌गलका रूखहरूबीच पलाएको स्याउको बोटजस्तै छ, जसको छायामुनि बस्न मेरो मन हतारिन्छ,जसको फल मलाई साह्रै मीठो लाग्छ।  ४  उसले मलाई ठूलो भोजमा लग्यो,उसको माया कसैको नजरबाट लुक्न सकेन।  ५  म उसको प्रेममा पागल भएर शिथिल भएकी छु,मलाई किसमिस खुवाएर फुर्तिलो बनाऊ,+स्याउ खुवाएर बलियो बनाऊ।  ६  उसको बायाँ हात मेरो शिरमुनि छअनि दायाँ हातले मलाई अङ्‌गालोमा बाँधेको छ।+  ७  हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाईमृग+ र मुडुली मृगको नाममा कसम खान लगाउँछु: मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।+  ८  मैले मेरो प्रेमीको स्वर सुनेँ! हेर, ऊ आउँदै छ,पहाड उक्लँदै र डाँडा छिचोल्दै ऊ आउँदै छ।  ९  मेरो प्रेमी मृगजस्तै र घोर्ले जरायोजस्तै छ।+ हेर त, ऊ हाम्रो पर्खालबाहिर उभिरहेको छ।झ्यालबाट एकटक लाएर हेर्दै छ,आँखीझ्यालबाट चियाउँदै छ। १०  मेरो प्रेमीले मलाई बोलाउँदै छ: ‘उठ! मेरी प्रेयसी,हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ। ११  हेर, हिउँद* कटिसक्यो; पानी पर्न पनि बन्द भइसक्यो। १२  चारैतिर पालुवा लागिसक्यो,+बोटहरू छिमल्ने बेला भइसक्यो,+चारैतिर ढुकुर कुर्लेको आवाज सुनिँदै छ।+ १३  अन्जिरको बोटमा पहिलो बेत पाक्न थालिसक्यो;+अङ्‌गुरको बोटमा कोपिला फक्रिसकेको छ र त्यसको मगमग बास्ना चारैतिर फैलँदै छ। उठ, मेरी प्रेयसी! हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ। १४  चट्टान र पहरामा लुकेकी, हे मेरी ढुकुर!+बाहिर निस्क, मदेखि नलुक,मलाई तिम्रो मुहार देखाऊ र तिम्रो स्वर सुनाऊ,+ तिम्रो स्वर मीठो छ र तिम्रो रूप सुन्दर।’”+ १५  “हाम्रो अङ्‌गुरको बगानमा भर्खरै फूल फुल्न थालेको छ,बगानलाई बिगार्ने फ्याउराहरूलाई पक्र,ती चकचके फ्याउराहरूलाई समात।” १६  “मेरो प्रेमी मेरै हो र म उसकी!+ लिली फूलहरूमाझ+ ऊ बगाल चराउँदै छ।+ १७  मन्दमन्द बतास चल्नुअघि अनि घामको छाया बिलाउनुअघिहे मेरो प्यारा, फर्केर आऊ।हामीबीच तेर्सिएका यो बिछोडको पहाडलाई* मृग+ र घोर्ले जरायोले जस्तै+ छिचोलेर आऊ।

फुटनोटहरू

वा “समुद्री किनारको।”
शा., “केशर फूल।”
वा “पानी पर्ने मौसम।”
वा सम्भवत: “धाँजा परेको पहाड।” वा “बेथेर पहाड।”