लेवी ९:१-२४
-
पुजारी नियुक्त हुँदा हारुन भेटीहरू चढाउँछन् (१-२४)
९ आठौँ दिनमा+ मोसाले हारुन र उनका छोराहरूलाई अनि इस्राएलका नाइकेहरूलाई बोलाए।
२ तिनले हारुनलाई भने: “तपाईँले पापभेटीको निम्ति एउटा निष्खोट बाछो+ र अग्निभेटीको निम्ति एउटा निष्खोट थुमा ल्याउनुहोस् अनि यहोवा परमेश्वरसामु ती चढाउनुहोस्।
३ इस्राएलीहरूलाई चाहिँ यसो भन्नुहोस्, ‘पापभेटीको निम्ति एउटा बोका र अग्निभेटीको निम्ति एउटा एक वर्षे निष्खोट बाछो र एउटा एक वर्षे निष्खोट थुमा ल्याओ।
४ मेलबलिको निम्ति एउटा बहर र एउटा थुमा पनि ल्याओ।+ यी सबै जनावर यहोवा परमेश्वरसामु चढाओ। साथै तेलमा मुछेको अन्नभेटी पनि चढाओ+ किनकि यहोवा परमेश्वर आज तिमीहरूसामु प्रकट हुनुहुनेछ।’”+
५ मोसाले आज्ञा गरेका सबै कुरा तिनीहरूले भेट हुने पालअगाडि* ल्याए। अनि सारा समुदाय नजिक आयो र यहोवा परमेश्वरसामु उभियो।
६ तब मोसाले भने: “यहोवा परमेश्वरले तिमीहरूलाई यसो गर्ने आज्ञा दिनुभएको छ ताकि यहोवा परमेश्वरको महिमा तिमीहरूसामु देखा परोस्।”+
७ त्यसपछि मोसाले हारुनलाई भने: “वेदीको नजिक जानुहोस् अनि पापभेटी+ र अग्निभेटी चढाएर आफू+ र आफ्ना घरानाको निम्ति प्रायश्चित गर्नुहोस् अनि मानिसहरूले ल्याएका भेटी चढाएर+ तिनीहरूको निम्ति प्रायश्चित गर्नुहोस्।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै यी सबै गर्नुहोस्।”
८ यो सुन्नेबित्तिकै हारुन वेदीको नजिक गए र आफ्नो पापको प्रायश्चितको निम्ति पापभेटीको बाछो काटे।+
९ अनि हारुनका छोराहरूले त्यसको रगत उनलाई दिए+ र उनले त्यस रगतमा औँला चोपेर वेदीका सिङहरूमा लगाइदिए। बाँकी रगतचाहिँ उनले वेदीको मुनिपट्टि खन्याइदिए।+
१० यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै+ हारुनले पापभेटीको बोसो, दुवै मिर्गौला र कलेजोमाथिको बोसो वेदीमा जलाए।*
११ अनि मासु र छालाचाहिँ छाउनीबाहिर आगोमा जलाए।+
१२ त्यसपछि हारुनले अग्निभेटीको थुमा काटे र उनका छोराहरूले त्यसको रगत उनलाई दिए। अनि उनले वेदीको चारैतिर त्यो रगत छर्के।+
१३ तिनीहरूले उनलाई अग्निभेटीको थुमाको टाउको र मासुका टुक्राहरू दिए अनि उनले ती सबै वेदीमा जलाए।
१४ अनि उनले थुमाको आन्द्रा र खुट्टाहरू पखाले। अनि त्यसलाई वेदीको अग्निभेटीमाथि राखेर जलाए।
१५ त्यसपछि उनले मानिसहरूले ल्याएका भेटी चढाए। अनि उनले मानिसहरूको तर्फबाट पापभेटी चढाउन ल्याइएको बोका काटे र त्यसलाई पनि पहिले चढाएको जनावरलाई झैँ पापभेटीको रूपमा चढाए।
१६ त्यसपछि उनले विधिपूर्वक अग्निभेटी चढाए।+
१७ त्यसपछि उनले अन्नभेटी ल्याए+ र त्यसबाट एक मुठी अन्नभेटी निकालेर त्यसलाई बिहान अग्निभेटी चढाएकै वेदीमा जलाए।+
१८ त्यसपछि हारुनले मानिसहरूको तर्फबाट मेलबलि चढाउन ल्याइएका बहर र थुमा काटे। अनि उनका छोराहरूले उनलाई ती जनावरहरूको रगत दिए र उनले त्यसलाई वेदीको चारैतिर छर्के।+
१९ तिनीहरूले बहरको बोसो,+ थुमाको बोसेपुच्छर,* भित्री अङ्गहरू ढाक्ने बोसो, मिर्गौलाहरू र कलेजोमाथिको बोसो+
२० सबै ह्याकुलामाथि राखे र हारुनले ती बोसो वेदीमा जलाए।+
२१ अनि उनले ह्याकुला र दाहिने खुट्टालाई चाहिँ मोसाले आज्ञा गरेबमोजिमै डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु डोलाए।*+
२२ त्यसपछि हारुनले मानिसहरूतिर फर्केर आफ्नो दुवै हात उठाए र तिनीहरूलाई आशिष् दिए।+ यसरी पापभेटी, अग्निभेटी र मेलबलि चढाइसकेपछि उनी तल ओर्ले।
२३ त्यसपछि मोसा र हारुन भेट हुने पालभित्र गए। अनि बाहिर निस्केपछि तिनीहरूले मानिसहरूलाई आशिष् दिए।+
तब यहोवा परमेश्वरको महिमा सबै मानिससामु देखा पऱ्यो।+
२४ अनि यहोवा परमेश्वरले आगो पठाउनुभयो+ र त्यसले वेदीमाथि भएको अग्निभेटी र बोसोलाई भस्म पारिदियो। जब सारा मानिसले यो देखे, तब तिनीहरू खुसीले कराउँदै भुईँमा घोप्टो परे।+
फुटनोटहरू
^ शा., “माथिसम्म धुवाँ उठ्नेगरि जलाए।”
^ बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।
^ वा “घुमाए।”