लेवी ७:१-३८

 “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ। २  तिनीहरूले अग्निभेटीको जनावर जहाँ काट्‌छन्‌, दोषभेटीको जनावर पनि त्यहीँ काटून्‌ अनि त्यसको रगत+ वेदीको चारैतिर छर्कून्‌।+ ३  तिनले त्यसको सबै बोसो चढाऊन्‌+—बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, ४  कम्मरनेर भएको दुई वटै मिर्गौला र त्यसमा भएको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+ ५  अनि पुजारीले वेदीको आगोमा ती सबै जलाऊन्‌।* यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।+ यो दोषभेटी हो। ६  सबै पुरुष जो पुजारी हुन्‌, तिनीहरूले त्यो खाऊन्‌।+ तिनीहरूले त्यो पवित्र ठाउँमा खाऊन्‌। यो महापवित्र कुरा हो।+ ७  पापभेटीको नियम दोषभेटीमा पनि लागू हुन्छ। प्रायश्‍चित गर्नका लागि जुन पुजारीले यो भेटी चढाएका हुन्‌, यो जनावर तिनकै हुन्छ।+ ८  “‘यदि पुजारीले कसैको तर्फबाट अग्निभेटी चढाउँछन्‌ भने त्यस जनावरको छाला+ ती पुजारीकै हुनेछ। ९  “‘जुन पुजारीले तन्दुरमा,* ताप्केमा वा तावामा पकाइएको अन्‍नभेटी चढाउँछन्‌,+ त्यो तिनकै हुनेछ। त्यो पुजारीको भाग हो।+ १०  तर तेलमा मुछेको वा सुक्खा अन्‍नभेटी+ हो भने त्यो हारुनका छोराहरूको हुनेछ; तिनीहरू सबैले बराबर भाग पाऊन्‌। ११  “‘यहोवा परमेश्‍वरलाई मेलबलि चढाउँदा यो नियम लागू गर्नू:+ १२  यदि कसैले परमेश्‍वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्‌। १३  उसले धन्यवादको बलिको रूपमा चढाइएको मेलबलिको साथै खमिर* हालेर पकाइएको सेल आकारको रोटी पनि चढाओस्‌। १४  उसले यी रोटीहरूबाट एक-एक वटा लेओस्‌ र यहोवा परमेश्‍वरलाई पवित्र भागको रूपमा चढाओस्‌; यो पवित्र भाग मेलबलिको जनावरको रगत छर्कने पुजारीको हुनेछ।+ १५  उसले जुन दिन धन्यवादको बलिको रूपमा मेलबलि चढाउँछ, त्यही दिन त्यस जनावरको मासु खाओस्‌। उसले त्यसको कुनै पनि भाग बिहानसम्म बाँकी नराखोस्‌।+ १६  “‘यदि उसले भाकल वा स्वैच्छिकभेटीको रूपमा मेलबलि चढाउँछ भने+ उसले त्यो त्यही दिन खाओस्‌; बाँकीचाहिँ भोलिपल्ट पनि खान सकिन्छ। १७  तर पर्सिपल्टसम्म बाँकी रहेको मासु भने आगोमा जलाइयोस्‌।+ १८  यदि मेलबलि चढाउने व्यक्‍तिले पर्सिपल्ट त्यो मासु खायो भने उसलाई परमेश्‍वरले स्विकार्नुहुनेछैन; त्यो परमेश्‍वरको नजरमा घिनलाग्दो हुनेछ। उसले चढाएको त्यो बलि व्यर्थ साबित हुनेछ अनि त्यस्तो मासु खाने व्यक्‍तिले आफ्नो गल्तीको सजाय भोग्नेछ।+ १९  मासुलाई अशुद्ध थोकले छोएको छ भने त्यो मासु नखानू; त्यसलाई आगोमा जलाइयोस्‌। शुद्ध व्यक्‍तिले शुद्ध मासु खाओस्‌। २०  “‘तर कुनै अशुद्ध व्यक्‍तिले यहोवाको निम्ति चढाइएको मेलबलिको मासु खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।*+ २१  यदि कसैले अशुद्ध मानिस,+ अशुद्ध जनावर+ वा घिनलाग्दो अशुद्ध चिज+ छोयो र यहोवा परमेश्‍वरलाई चढाएको मेलबलिको मासु खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”* २२  यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २३  “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले बहर वा थुमा वा बाख्राको बोसो नखानू।+ २४  मरेको जनावरको बोसो वा अरू जनावरले मारेको जनावरको बोसो कहिल्यै नखानू+ तर यसलाई अरू जुनसुकै कामको लागि चलाउन सकिन्छ। २५  यदि कसैले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउन ल्याएको जनावरको बोसो खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।* २६  “‘तिमीहरू जहाँ रहे पनि रगत नखानू,+ चाहे त्यो चराचुरुङ्‌गीको होस्‌ वा जनावरको। २७  कसैले रगत खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*+ २८  यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २९  “इस्राएलीहरूलाई भन्‍नू, ‘यदि कसैले यहोवा परमेश्‍वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्‍वरलाई चढाओस्‌।+ ३०  यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्‍याकुला आफ्नो हातमा बोकेर ल्याओस्‌। अनि डोलाउने भेटीको*+ रूपमा यहोवा परमेश्‍वरसामु डोलाओस्‌।* ३१  पुजारीले बोसोजति वेदीमा जलाऊन्‌+ तर ह्‍याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+ ३२  “‘मेलबलि चढाउने जनावरको दाहिने खुट्टा तिमीहरूले पवित्र भागको रूपमा पुजारीलाई दिनू।+ ३३  यो दाहिने खुट्टा हारुनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढाउँछन्‌, तिनकै हुनेछ।+ ३४  इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात्‌ खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।+ ३५  “‘यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटीको यो भाग पुजारीहरू अर्थात्‌ हारुन र तिनका छोराहरूको हो। यहोवा परमेश्‍वरको सेवा गर्न तिनीहरूलाई पुजारी नियुक्‍त गरिएकै दिन यो भाग तिनीहरूको निम्ति छुट्ट्याइएको थियो।+ ३६  इस्राएलीहरूले चढाउने बलिदानको यो भाग हारुन र तिनका छोराहरूलाई दिनू भनेर यहोवा परमेश्‍वरले तिनीहरूलाई अभिषेक गरेकै दिन+ आज्ञा गर्नुभएको थियो। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।’” ३७  अग्निभेटी,+ अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटी,+ पुजारी नियुक्‍त गरिँदा चढाइने बलि+ र मेलबलिसम्बन्धी+ नियम यही हो। ३८  यहोवा परमेश्‍वरले यी सबै नियम मोसालाई सिनै डाँडामा दिनुभएको थियो।+ सिनै निर्जनभूमिमा परमेश्‍वरलाई भेटी चढाउनू भनेर मोसाले इस्राएलीहरूलाई आज्ञा गरेकै दिन यहोवा परमेश्‍वरले मोसालाई यी नियम दिनुभएको थियो।+

फुटनोटहरू

बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।
शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”
रोटी पकाउन बनाइएको माटोको ठूलो चुलो।
शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “मारियोस्‌।”
वा “मारियोस्‌।”
वा “मारियोस्‌।”
वा “मारियोस्‌।”
शब्दावली हेर्नुहोस्‌।
वा “घुमाओस्‌।”