लेवी २:१-१६
-
अन्नभेटी (१-१६)
२ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+
२ उसले त्यसलाई हारुनको सन्तान अर्थात् पुजारीहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पीठो, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।
३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।
४ “‘तन्दुरमा* पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी वा तेल दलेको अखमिरा पापडी होस्।+
५ “‘तावामा पकाइएको अन्नभेटी चढाउने हो भने+ त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको अखमिरा रोटी होस्।
६ त्यसलाई टुक्राटुक्रा पारेर त्यसमाथि तेल खन्याउनू।+ यो अन्नभेटी हो।
७ “‘ताप्केमा पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको रोटी होस्।
८ यी चिजहरूद्वारा तयार पारिएको अन्नभेटी यहोवा परमेश्वरसामु ल्याएर पुजारीलाई दिनू अनि तिनले त्यसलाई वेदीको नजिक लैजानेछन्।
९ अनि पुजारीले अलिकति अन्नभेटी लिएर त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप+ वेदीमा जलाउनेछन्। यस अन्नभेटीबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।+
१० अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ। यो महापवित्र छ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीकै भाग हो।+
११ “‘यहोवा परमेश्वरलाई खमिर* भएको अन्नभेटी नचढाउनू+ किनकि यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीमा खमिरा पीठो* अथवा मह* हुनु हुँदैन।
१२ “‘तिमीहरूले खमिरा पीठो र मह पहिलो फलको रूपमा यहोवा परमेश्वरलाई चढाउन सक्छौ+ तर त्यसलाई मीठो बास्ना आउने भेटीको रूपमा वेदीमा नजलाउनू।
१३ “‘तिमीहरूका सबै अन्नभेटीमा नुन हाल्नू; अन्नभेटी चढाउँदा नुन हाल्न नबिर्सनू किनकि नुनले तिमीहरूलाई परमेश्वरको करारको सम्झना गराउनेछ। तिमीहरूको सबै भेटीमा नुन मिसाउनू।+
१४ “‘आफ्नो उब्जनीको पहिलो फल यहोवा परमेश्वरलाई अन्नभेटीको रूपमा चढाउने हो भने नयाँ अन्न* आगोमा भुट्नू अनि त्यसलाई खस्रो हुनेगरि कुटेर चढाउनू। यो तिमीहरूको पहिलो फलबाट चढाइएको अन्नभेटी हुनेछ।+
१५ त्यसमा तेल खन्याउनू र सेतो धूप छर्कनू। यो अन्नभेटी हो।
१६ पुजारीले खस्रो हुनेगरि कुटिएको अलिकति अन्न, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप वेदीमा जलाऊन्।+ यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटी हो।
फुटनोटहरू
^ वा “सम्झनास्वरूप।”
^ शा., “माथिसम्म धुवाँ उठ्नेगरि जलाऊन्।”
^ शा., “शान्त पार्ने।”
^ रोटी पकाउन बनाइएको माटोको ठूलो चुलो।
^ शब्दावलीमा “खमिर” हेर्नुहोस्।
^ पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।
^ यसले मौरीको महलाई नभई फलफूलको रसलाई सङ्केत गरेको हुनुपर्छ।
^ वा “हरियो बाला।”