रोमी ९:१-३३

  • जन्मजात इस्राएलीहरूको लागि पावलको बिलौना (१-५)

  • अब्राहामका साँचो सन्तान (६-१३)

  • परमेश्‍वरको छनौटमा प्रश्‍न उठाउन सकिँदैन (१४-२६)

    • क्रोध र कृपाका भाँडाहरू (२२, २३)

  • बाँकी रहेका थोरैलाई मात्र उद्धार गरिनेछ (२७-२९)

  • इस्राएलले ठेस खायो (३०-३३)

 म ख्रिष्टमा सत्य बोल्दै छु; मैले झूट बोलेको होइनँ किनभने पवित्र शक्‍तिसित मिलेर मेरो अन्तस्करणले साक्षी दिन्छ २  कि मेरो हृदयमा ठूलो शोक र यस्तो पीडा छ, जुन कहिल्यै कम भएन। ३  मेरा भाइबन्धुको सट्टा मचाहिँ श्रापित भएर ख्रिष्टबाट अलग भइदिए हुन्थ्यो, जो रगतको नाताले मेरा नातेदार हुन्‌, ४  जो इस्राएलीहरू हुन्‌। तिनीहरूलाई धर्मपुत्र बनाइयो+ अनि गौरव, करार,+ मोसाको व्यवस्था,+ पवित्र सेवा+ र प्रतिज्ञाहरू+ सुम्पिइयो। ५  तिनीहरूबाटै हाम्रा पुर्खाहरू आए+ र तिनीहरूकै सन्तानको रूपमा ख्रिष्ट पनि जन्मिनुभयो।+ परमेश्‍वर, जो सबैभन्दा उच्च हुनुहुन्छ, उहाँको सदासर्वदा प्रशंसा होस्‌। आमिन। ६  तथापि परमेश्‍वरको वचन असफल भयो भन्‍न खोजेको त होइन। किनकि इस्राएलबाट जन्मेकाहरू सबै जना साँच्चै “इस्राएलीहरू” होइनन्‌+ ७  न त अब्राहामको सन्तान हुँदैमा तिनीहरू सबै तिनका छोराछोरी हुन्‌।+ तर यस्तो लेखिएको छ: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+ ८  यसको मतलब के हो भने रगतको नाताले अब्राहामको सन्तान भएकाहरू वास्तवमा परमेश्‍वरका सन्तान होइनन्‌+ तर प्रतिज्ञामार्फत जो उहाँका सन्तान भएका छन्‌,+ तिनीहरूलाई नै अब्राहामको सन्तान मानिन्छ। ९  किनकि परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “अर्को वर्ष यसै बेला म आउनेछु अनि साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्‌।”+ १०  यो प्रतिज्ञा त्यही एक चोटि मात्र गरिएको थिएन बरु हाम्रा पुर्खा इसहाकबाट रिबेकाले जुम्ल्याहालाई गर्भधारण गर्दा+ पनि गरिएको थियो। ११  तिनीहरू नजन्मँदै अनि तिनीहरूले कुनै असल वा खराब काम नगर्दै यसो गरिएको थियो ताकि छनौट गर्ने काम परमेश्‍वरको उद्देश्‍यअनुसारै होस्‌, कसैको कामहरूअनुसार होइन। परमेश्‍वर जसलाई चाहनुहुन्छ, उसैलाई रोज्नुहुन्छ। १२  रिबेकालाई यस्तो भनिएको थियो: “जेठोचाहिँ कान्छोको दास हुनेछ।”+ १३  जस्तो लेखिएको छ: “मैले याकुबलाई प्रेम गरेँ तर एसावलाई भने घृणा गरेँ।”+ १४  त्यसोभए हामी के भनौँ? के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? त्यस्तो त हुनै सक्दैन!+ १५  किनकि उहाँ मोसालाई भन्‍नुहुन्छ: “म जसलाई कृपा देखाउन चाहन्छु, उसैलाई कृपा देखाउनेछु अनि म जसलाई करुणा देखाउन चाहन्छु, उसैलाई करुणा देखाउनेछु।”+ १६  त्यसैले यो न त मानिसको इच्छामा न उसको प्रयासमा* बरु परमेश्‍वरमा निर्भर हुन्छ, जसले कृपा देखाउनुहुन्छ।+ १७  किनकि धर्मशास्त्रले फारोलाई* भन्छ: “तिमीद्वारा मेरो शक्‍ति प्रकट होस्‌ अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”+ १८  त्यसैले उहाँ जसलाई चाहनुहुन्छ, उसैलाई कृपा देखाउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसलाई कठोर हुन दिनुहुन्छ।+ १९  तसर्थ तिमीले मलाई भन्‍नेछौ: “उहाँ किन अझै दोष लगाउनुहुन्छ त? उहाँको इच्छाविरुद्ध को खडा हुन सकेको छ र?” २०  तर ए मानिस, परमेश्‍वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+ २१  माटोको एउटै डल्लोबाट आदरणीय प्रयोगको लागि एउटा भाँडो र साधारण प्रयोगको लागि अर्को भाँडो बनाउन माटोमाथि कुमालेको अधिकार हुन्छ+ भनेर के तिमीलाई थाह छैन? २२  अब आफ्नो क्रोध प्रकट गर्ने र आफ्नो शक्‍ति प्रदर्शन गर्ने इच्छा भए तापनि परमेश्‍वरले विनाशको लायक क्रोधका भाँडाहरूलाई निकै धीरज गरेर सहनुभयो। २३  कृपाका भाँडाहरूमाथि प्रचुर मात्रामा गौरव देखाउन सकियोस्‌ भनेर उहाँले त्यसो गर्नुभयो।+ तिनीहरूले गौरव पाऊन्‌ भनेर उहाँले यी भाँडाहरूलाई पहिल्यै तयार पार्नुभएको थियो २४  अर्थात्‌ हामीलाई, जसलाई उहाँले यहुदीहरूको माझबाट मात्र होइन तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो।+ यसमा हामी केही भन्‍न सक्छौँ र? २५  जस्तो उहाँले होसेको पुस्तकमा पनि भन्‍नुभएको छ: “जो मेरा मानिसहरू होइनन्‌,+ तिनीहरूलाई ‘मेरा मानिसहरू’ भन्‍नेछु अनि जसलाई मैले प्रेम गरिनँ, उनलाई ‘प्रिय’ भन्‍नेछु+ २६  अनि जुन ठाउँमा तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनिएको थियो, त्यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ कहलाइनेछन्‌।”+ २७  यसबाहेक इस्राएलबारे यसैया ठूलो स्वरले यसो भन्छन्‌: “इस्राएलका छोराहरू समुद्रका बालुवासरी भए तापनि बाँकी रहेकाहरूलाई मात्र उद्धार गरिनेछ।+ २८  किनकि यहोवा* परमेश्‍वरले पृथ्वीको लेखा लिनुहुनेछ, उहाँले केही बाँकी नराखी यो काम झट्टै पूरा गर्नुहुनेछ।”+ २९  जस्तो यसैयाले पहिल्यै भनेका थिए: “सेनाहरूका यहोवाले* हाम्रा केही सन्तान बाँकी नराख्नुभएको भए हामी सदोमजस्तै हुने थियौँ अनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।”+ ३०  त्यसोभए हामी के भनौँ? अन्यजातिका मानिसहरूले धर्मी ठहरिन कोसिस नगरे तापनि विश्‍वासले गर्दा तिनीहरू परमेश्‍वरको नजरमा धर्मी ठहरिए।+ ३१  तर इस्राएलले व्यवस्थाअनुसार चलेर धर्मी ठहरिन कोसिस गरे तापनि तिनीहरू पूर्णतया व्यवस्थाअनुसार चलेनन्‌। ३२  के कारणले गर्दा? किनभने तिनीहरूले विश्‍वासद्वारा होइन तर कामहरूद्वारा धर्मी ठहरिन कोसिस गरे। तिनीहरूले “ठेस लाग्ने ढुङ्‌गा”-मा ठेस खाए।+ ३३  जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्‌गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्‍वास गर्छ, ऊ निराश हुनेछैन।”+

फुटनोटहरू

शा., “न कसैले इच्छा गर्दैमा न कसैले दौडधूप गर्दैमा।”
मिश्रका राजाहरूको एउटा उपाधि।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।