याकुबको पत्र ५:१-२०

  • धनीहरूलाई चेतावनी (१-६)

  • धीरजी र सहनशीलहरूलाई परमेश्‍वर आशिष्‌ दिनुहुन्छ (७-११)

  • तिमीहरूको “हुन्छ” चाहिँ हुन्छ नै होस्‌ (१२)

  • विश्‍वाससहित गरिएको प्रार्थनाले काम गर्छ (१३-१८)

  • पापीलाई फर्कन मदत गर्ने (१९, २०)

 अब हे धनी मानिस हो, सुन, आफूमाथि आउँदै गरेको सङ्‌कष्टको कारण डाँको छोडेर रोओ।+ २  तिमीहरूका धनसम्पत्ति सडेका छन्‌ अनि तिमीहरूका लुगाहरू किराले खाएका छन्‌।+ ३  तिमीहरूको सुन र चाँदीमा कस लागेको छ अनि त्यही कसले तिमीहरूविरुद्ध साक्षी दिनेछ र तिमीहरूको मासु खानेछ। तिमीहरूले जे जम्मा गरेका छौ, त्यो अन्तको दिनमा आगोजस्तै हुनेछ।+ ४  हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्‌नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+ ५  तिमीहरूले पृथ्वीमा विलासी जीवन बिताएका छौ अनि आफ्ना लालसाहरू पूरा गर्नतिर लागेका छौ। तिमीहरू ती पशुहरूजस्तै भएका छौ, जसलाई काट्‌ने दिनका लागि बेसरी खुवाएर मोटो पारिएको हुन्छ।+ ६  तिमीहरूले त्यस धर्मी मानिसलाई दोषी ठहराएका छौ र हत्या गरेका छौ। त्यसैले तिमीहरूको विरोध गरिँदै छ। ७  त्यसकारण हे भाइ हो, प्रभुको उपस्थिति+ नभएसम्म धैर्य गर। हेर, एक जना किसानले भूमिको बहुमूल्य उब्जनी बटुल्न पर्खेर बस्छ अनि अघिल्लो वर्षा र पछिल्लो वर्षा नहोउन्जेल धैर्य गर्छ।+ ८  तिमीहरू पनि धैर्य गर;+ आफ्नो हृदय स्थिर बनाओ किनकि प्रभुको उपस्थिति हुनै लागेको छ।+ ९  हे भाइ हो, एकअर्काविरुद्ध गनगन नगर* ताकि तिमीहरूको न्याय नगरियोस्‌।+ हेर! न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ। १०  भाइहरू हो, यहोवा* परमेश्‍वरको नाममा बोल्ने भविष्यवक्‍ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ। ११  हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्‍वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+ १२  विशेषगरि, हे मेरा भाइ हो, कसम खान छोड। तिमीहरूले न स्वर्गको न पृथ्वीको न त अरू कुनै कुराको नाममै कसम खाओ। तर तिमीहरूको ‘हुन्छ’ चाहिँ ‘हुन्छ’ अनि ‘हुँदैन’ चाहिँ ‘हुँदैन’ नै होस्‌+ ताकि तिमीहरू सजाय पाउन लायक नठहरिओ। १३  के तिमीहरूमध्ये कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरिरहोस्‌।+ के कसैको मन खुसी छ? उसले भजन गाओस्‌।+ १४  के तिमीहरूमध्ये कोही बिरामी* छ? उसले मण्डलीका एल्डरहरूलाई* आफूकहाँ बोलाओस्‌+ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन्‌ र यहोवा* परमेश्‍वरको नाममा तेल घसिदेऊन्‌।*+ १५  अनि विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई* निको पार्नेछ र यहोवा* परमेश्‍वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ। १६  त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+ १७  एलिया हाम्रो जस्तै भावना भएका मानिस थिए तैपनि तिनले पानी नपरोस्‌ भनेर व्यग्र प्रार्थना गर्दा त्यस देशमा साढे तीन वर्षसम्म पानी परेन।+ १८  तिनले फेरि प्रार्थना गर्दा आकाशबाट पानी पऱ्‍यो र जमिनले आफ्नो उब्जनी दियो।+ १९  हे मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यको मार्गबाट तर्केर गयो र कसैले उसलाई फर्काएर ल्यायो भने २०  तिमीहरूलाई यो थाह होस्‌ कि जसले एक जना पापीलाई गलत मार्गबाट फर्काएर ल्याउँछ,+ त्यसले उसलाई मृत्युबाट बचाउनेछ र उसका असङ्‌ख्य पापहरू ढाक्नेछ।+

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “गुनासो नगर।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “असाध्यै करुणामय।”
यसले परमेश्‍वरसितको सम्बन्ध कमजोर हुनुलाई जनाएको हुनुपर्छ।
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
यसले परमेश्‍वरको वचनको प्रयोगलाई जनाएको हुनुपर्छ।
वा सम्भवत: “थकित मानिसलाई।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।