याकुबको पत्र ३:१-१८

  • जिब्रोलाई तह लगाउने (१-१२)

    • धेरै जना शिक्षक बन्‍नु हुँदैन ()

  • माथिबाट आउने बुद्धि (१३-१८)

 हे मेरा भाइ हो, हामीमध्ये धेरै जना शिक्षक नबन्‍नु नै बेस किनकि परमेश्‍वरले अरूको भन्दा हाम्रो अझ कठोरतासित* न्याय गर्नुहुन्छ+ भनेर हामीलाई थाह छ। २  किनकि हामी सबै जना धेरै चोटि चुक्छौँ।*+ यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ। ३  हाम्रो आज्ञा मानून्‌ भनेर हामी घोडाहरूको मुखमा लगाम लगाउँछौँ र त्यसो गर्दा तिनीहरूको पूरै शरीरलाई पनि काबूमा राख्न सक्छौँ। ४  जहाजहरूलाई पनि हेर: हुनत तिनीहरू निकै ठूलठूला हुन्छन्‌ र तिनीहरूलाई तेज बतासले हाँक्छ तैपनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतै लैजान्छ। ५  त्यसैगरि हाम्रो शरीरको एउटा सानो अङ्‌ग भएर पनि जिब्रोले कत्ति ठूलठूलो कुरा गर्छ। हेर, बडेमानको जङ्‌गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ! ६  जिब्रो पनि आगै हो।+ हाम्रो शरीरका अङ्‌गहरूमध्ये जिब्रो एउटा त्यस्तो अङ्‌ग हो, जहाँ खराबीको दुनियाँले नै बास गरेको हुन्छ। किनकि त्यसले सारा शरीरलाई अशुद्ध बनाउँछ+ र मानिसको पूरै जीवनमा आगो लगाइदिन्छ अनि गेहेन्‍नाको* आगोले जस्तैगरि भस्म गर्छ। ७  हरकिसिमका जङ्‌गली जनावर, चरा, भुईँमा घस्रने जीव अनि समुद्री जीवलाई तह लगाउन सकिन्छ अनि मानिसहरूले तिनीहरूलाई तह लगाएका पनि छन्‌। ८  तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्‌ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+ ९  त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्‍वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ। १०  एउटै मुखबाट प्रशंसा र सराप दुवै निस्कन्छन्‌। हे मेरा भाइ हो, यस्तो हुनु उचित होइन।+ ११  के एउटै मुहानबाट मीठो र तीतो पानी निस्कन्छ र? १२  मेरा भाइ हो, के अन्जिरको रूखले जैतुन वा अङ्‌गुरको बोटले अन्जिर फलाउन सक्छ र?+ त्यसैगरि नुनिलो पानीको मुहानबाट मीठो पानी निस्कन सक्दैन। १३  तिमीहरूमध्ये बुद्धिमान्‌ अनि समझदार को छ? जो छ, उसले यो कुरा आफ्नो असल चालचलनद्वारा देखाओस्‌ र ऊ बुद्धिमार्फत प्राप्त हुने कोमलतासाथ चलोस्‌। १४  तर तिमीहरूको हृदयमा डाह+ अनि वैमनस्यता*+ छ भने घमन्ड गर्न+ र सत्यविरुद्ध झूट बोल्न छोड। १५  त्यस्तो बुद्धि माथिबाट आउने बुद्धि होइन तर सांसारिक,+ पाशविक अनि सैतानी बुद्धि हो। १६  किनकि जहाँ ईर्ष्या अनि वैमनस्यता* हुन्छ, त्यहाँ गोलमाल र हरकिसिमका खराब कुराहरू पनि हुन्छन्‌।+ १७  तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ। १८  यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा+ धार्मिकताको* फल+ रोपिन्छ।*

फुटनोटहरू

वा “कडा।”
वा “गल्ती गर्छौँ।” शा., “ठक्कर खान्छौँ।”
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा सम्भवतः “स्वार्थी महत्त्वाकाङ्‌क्षा।”
वा सम्भवतः “स्वार्थी महत्त्वाकाङ्‌क्षा।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “उसले शान्तिपूर्ण अवस्थामा धार्मिकताको फल छर्छ।”