यसैया ६६:१-२४

  • साँचो उपासना र झूटो उपासना (१-६)

  • सियोन र उनका छोराहरू (७-१७)

  • मानिसहरू उपासना गर्न यरुसलेममा भेला हुन्छन्‌ (१८-२४)

६६  यहोवा यसो भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान।+ त्यसोभए तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ?+मेरो वासस्थान कहाँ बनाउँछौ?”+  २  “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।+“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+  ३  बहर बलि चढाउने मानिस अरूको ज्यान लिने मानिसजस्तो हो।+भेडा बलि चढाउने मानिस कुकुरको गर्दन भाँच्ने मानिसजस्तो हो।+भेटी चढाउने मानिस सुँगुरको रगत चढाउने मानिसजस्तो हो।+सेतो धूप* चढाउने मानिस+ मन्त्र जपेर* आशिष्‌ दिने मानिसजस्तो हो।+तिनीहरूले आफ्नो बाटो आफैले रोजेका छन्‌।तिनीहरू घिनलाग्दा कुराहरूमा खुसी हुन्छन्‌।  ४  त्यसैले म तिनीहरूलाई मेरो तरिकाले सजाय दिनेछु+अनि जुन कुरादेखि तिनीहरू डराउँछन्‌, त्यही कुरा म तिनीहरूमाथि ल्याउनेछु।किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन,मैले बोल्दा कसैले मेरो कुरा सुनेन।+मेरो नजरमा जे खराब छ, तिनीहरूले त्यही गरिरहेअनि मलाई जे मन पर्दैन, तिनीहरूले त्यही गर्न रुचाए।”+  ५  हे यहोवाको वचन सुनेर काँप्नेहरू* हो, परमेश्‍वरको वचन सुन:“तिमीहरूलाई घृणा गर्ने र मेरो नामको कारण तिमीहरूलाई निकालिदिने तिमीहरूका भाइहरूले यसो भनेर स्वाङ पारे, ‘यहोवाको महिमा होस्‌!’+तर जब परमेश्‍वर तिमीहरूसामु देखा पर्नुहुनेछ, तब तिमीहरूले खुसी मनाउनेछौअनि तिनीहरूचाहिँ लाजमा पर्नेछन्‌।”+  ६  सहरमा होहल्ला मच्चिएको छ, मन्दिरबाट आवाज आइरहेको छ।यो आवाज यहोवाले शत्रुहरूलाई दिनुभएको उचित सजायको आवाज हो।  ७  प्रसववेदना हुनुअघि नै स्त्रीले बच्चा जन्माइन्‌।+सुत्केरी बेथा लाग्नुअघि नै उनले एउटा बालक जन्माइन्‌।  ८  यस्तो कुरा कसले सुनेको छ?यस्तो भएको कसले देखेको छ?कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?अथवा कुनै राष्ट्र अचानक उत्पन्‍न हुन सक्छ र?तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्‌।  ९  यहोवा भन्‍नुहुन्छ: “एउटा बच्चालाई जन्मिने बेलासम्म बढ्‌न दिएर उसलाई जन्मिन नदिनु र?”तिम्रा परमेश्‍वर भन्‍नुहुन्छ: “गर्भमा बच्चा रहन दिएर गर्भचाहिँ बन्द गरिदिनु र?” १०  हे यरुसलेमलाई माया गर्नेहरू हो,+ उनीसित रमाओ अनि खुसीयाली मनाओ।+उनलाई देखेर शोक गर्नेहरू हो, उनीसित खूब रमाओ। ११  तिमीहरू उनको दूध पिएर सन्तुष्ट हुनेछौ अनि सान्त्वना पाउनेछौ;तिमीहरू पिएर अघाउनेछौ अनि उनको अपार महिमा देखेर आनन्दित हुनेछौ। १२  यहोवा यसो भन्‍नुहुन्छ:“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछअनि काखमा खेलाइनेछ। १३  आमाले छोरालाई सान्त्वना दिएझैँम तिमीहरूलाई सान्त्वना दिइरहनेछु+अनि यरुसलेमले गर्दा तिमीहरूले सान्त्वना पाउनेछौ।+ १४  यो देखेर तिमीहरूको मन रमाउनेछ,नयाँ घाँस मौलाएझैँ तिमीहरूको हड्डी बढ्‌नेछ।अनि यहोवाका सेवकहरूले उहाँको शक्‍ति* देख्नेछन्‌तर आफ्ना शत्रुहरूलाई भने उहाँले दोषी ठहराउनुहुनेछ।”+ १५  “यहोवा आगोजस्तै आउनुहुनेछ+अनि उहाँका रथहरू आँधीहुरीजस्तै आउनेछन्‌;+रिसले चूर भएर उहाँले बदला लिनुहुनेछ;आगोको ज्वालाले प्रहार गरेर हप्काउनुहुनेछ।+ १६  यहोवाले आगो बर्साएर न्यायदण्ड दिनुहुनेछ,उहाँले सबै मानिसलाई तरबारले हिर्काएर सजाय दिनुहुनेछ;यहोवाको हातबाट मारिएकाहरू थुप्रै हुनेछन्‌।” १७  यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्‌। १८  मलाई तिनीहरूको काम र विचार थाह छ। त्यसैले म सबै जाति र भाषाका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू आउनेछन्‌ र मेरो महिमा देख्नेछन्‌।” १९  “म तिनीहरूको बीचमा चिन्हको रूपमा शक्‍तिशाली काम गर्नेछु। अनि बाँकी रहेकाहरूमध्ये कसै-कसैलाई म ती देशहरूमा पठाउनेछु, जहाँ मानिसहरूले मेरो बारेमा केही सुनेका छैनन्‌ अथवा मेरो महिमा देखेका छैनन्‌। म तिनीहरूलाई धनुर्धारीको देश तर्सिस,+ पुल र लुदमा+ पठाउनेछु। म तिनीहरूलाई तुबल, याबान+ र टाढा-टाढाका टापुहरूमा पठाउनेछु। अनि तिनीहरूले जातिजातिबीच मेरो महिमाबारे घोषणा गर्नेछन्‌।+ २०  इस्राएलका मानिसहरूले यहोवाको भवनमा चोखो भाँडामा आफ्नो भेटी ल्याएझैँ तिनीहरूले सबै देशबाट तिम्रा दाजुभाइलाई ल्याउनेछन्‌+ र यहोवालाई उपहारस्वरूप दिनेछन्‌। तिनीहरूले तिम्रा दाजुभाइलाई घोडामा, रथमा, छत भएको गाडामा, खच्चरमा र वेगसित दौडने उँटमा चढाएर यरुसलेममा, मेरो पवित्र डाँडामा ल्याउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ। २१  “म तिनीहरूमध्ये कसैलाई पुजारी र कसैलाई लेवीको रूपमा रोज्नेछु,” यहोवा भन्‍नुहुन्छ। २२  यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्‍ने सधैँ रहिरहनेछन्‌, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+ २३  “औँसीदेखि औँसीसम्म अनि विश्रामदिनदेखि* विश्रामदिनसम्मसबै मानिस मलाई दण्डवत्‌ गर्न* आउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ। २४  “तिनीहरू बाहिर जानेछन्‌ अनि मेरो विरुद्धमा उठेका मानिसहरूका लास देख्नेछन्‌;ती लासहरूमा परेका किराहरू मर्नेछैनन्‌;ती लासहरूलाई जलाउने आगो निभ्नेछैन;+ती देखेर सबै मानिसले घिन मान्‍नेछन्‌।”

फुटनोटहरू

वा “वचनको फिक्री गर्छ।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवत: “मूर्तिपूजा गरेर।”
वा “वचनको फिक्री गर्नेहरू।”
शा., “हात।”
अर्थात्‌, मूर्तिलाई पुज्न बनाइएको विशेष बगैँचाको।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “उपासना गर्न।”