यसैया ६४:१-१२
६४ यदि तपाईँ स्वर्ग उघारेर तल ओर्लनुभएको भएतपाईँको कारण पहाडहरू काँप्ने थिए।
२ जसरी आगोले झिक्राझिक्री डढाउँछअनि जसरी आगोले पानी उमाल्छ,त्यसरी नै जातिजातिहरू तपाईँसामु थरथर काँप्ने थिएअनि शत्रुहरूले तपाईँको नाम थाह पाउने थिए।
३ हामीले आसै नगरेको अचम्मका कामहरू तपाईँले गर्नुभयो,+तपाईँ तल ओर्लनुभयो अनि पहाडहरू थरथराए।+
४ तपाईँबाहेक अरू कुनै परमेश्वर छ भनी उहिले-उहिलेदेखि न कुनै कानले सुनेको छन त कुनै आँखाले देखेको नै छ।तपाईँमा आशा राख्नेहरूको* खातिर कदम चाल्ने तपाईँजस्तो परमेश्वर अरू को छ र?+
५ तपाईँ त्यस्ता मानिसहरूलाई मदत गर्न आउनुहुन्छ,+जसले खुसीसाथ सही काम गर्छन्,जसले तपाईँलाई सम्झन्छन् अनि जो तपाईँको बाटोमा हिँड्छन्।हेर्नुहोस्, हामीले पाप गरिरहँदा तपाईँ हामीसित रिसाउनुभयो;+हामीले लामो समयसम्म त्यसो गरिरह्यौँ।अब हामी कसरी बच्न सक्छौँ र?
६ हामी सबै अशुद्ध मानिसजस्तो भएका छौँअनि हामीले गरेका सबै धर्मकर्म महिनावारीको कपडाजस्तै भएका छन्।+हामी सबै पातजस्तै सुकेर जानेछौँअनि हाम्रो अपराधले हामीलाई हुरीले जस्तै उडाएर लैजानेछ।
७ तपाईँको नाम लिएर पुकार्ने कोही छैन,तपाईँलाई समात्न कोही पनि जुरमुरिँदैनकिनकि तपाईँले आफ्नो अनुहार हामीदेखि लुकाउनुभएको छ+अनि हाम्रो अपराधले गर्दा तपाईँले हामीलाई सडेर जान दिनुभएको छ।
८ तर हे यहोवा! तपाईँ हाम्रा बुबा हुनुहुन्छ।+हामी माटा हौँ अनि तपाईँ हाम्रा कुमाले* हुनुहुन्छ;+हामी सबै तपाईँका हातका काम हौँ।
९ हे यहोवा! हामीसित रिसले चूर नहुनुहोस्,+हाम्रा अपराधहरू सधैँभरि नसम्झनुहोस्।बिन्ती छ, हामीलाई हेर्नुहोस्! किनकि हामी सबै तपाईँकै मानिसहरू हौँ।
१० तपाईँका पवित्र सहरहरू उजाड भएका छन्।सियोन सुनसान छ,यरुसलेम उजाड भएको छ।+
११ हाम्रो पवित्र र महिमित* मन्दिर,जहाँ हाम्रा पुर्खाहरूले तपाईँको प्रशंसा गर्थे,त्यसलाई आगो लगाएर जलाइएको छ;+हामीलाई प्यारो लाग्ने सबै थोक ध्वस्त भएका छन्।
१२ हे यहोवा! यी सब देखेर पनि के तपाईँ केही नगरी बस्नुहुन्छ?तपाईँ कतिन्जेल चुप लागेर बस्नुहुन्छ अनि हामीलाई तड्पिन दिनुहुन्छ?+