यसैया ६३:१-१९
६३ एदोमबाट+ आइरहेको,चहकिलो रङ्गको* लुगा लगाएर बोज्राहबाट+ आइरहेको को हो?शानदार पोसाक पहिरिएरआफ्नो पराक्रम देखाउँदै अघि बढिरहेको को हो?“त्यो म नै हुँ, म असल कुरा बोल्छु।त्यो म नै हुँ, म उद्धार गर्ने शक्तिशाली परमेश्वर हुँ।”
२ तपाईँको लुगा किन रातो छ?तपाईँको लुगा कोलमा अङ्गुर पेल्ने मानिसको जस्तो किन छ?+
३ “मैले एक्लै कोलमा अङ्गुर पेलेँ।जातिजातिका मानिसहरूबाट मलाई साथ दिने कोही थिएन।मैले रिसले तिनीहरूलाई पेलिरहेँ,मैले क्रोधले तिनीहरूलाई कुल्चीमिल्ची गरिरहेँ।+तिनीहरूको रगतले मेरो लुगा लतपतिएको छ,मेरो लुगाभरि रगतको दाग लागेको छ।
४ बदला लिने दिन मैले तोकिसकेको छु,+मेरा मानिसहरूलाई मोल तिरेर छुटाउने वर्ष आएको छ।
५ मैले यताउता हेरेँ तर मलाई मदत गर्ने कोही थिएन;साथ दिन कोही अघि नसरेको देखेर मलाई अचम्म लाग्यो।अनि मैले आफ्नै पाखुराको बलले जितेँ,*+मेरो क्रोधले मलाई साथ दियो।
६ मैले आफ्नो रिसमा मानिसहरूलाई कुल्चीमिल्ची गरेँ,मैले तिनीहरूलाई मेरो क्रोध पिउन लगाएँ अनि तिनीहरू मात्तिए,+तिनीहरूको रगत मैले भुईँमा खन्याइदिएँ।”
७ यहोवाको अटल प्रेमको म बयान गर्नेछु;यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ,+ती सबै कामको लागि म उहाँको प्रशंसा गर्नेछु।यहोवाले कृपा र अपार प्रेम देखाएरइस्राएलका घरानाका लागि थुप्रै असल काम गर्नुभएको छ।
८ उहाँले यसो भन्नुभयो: “यिनीहरू नै मेरा मानिसहरू हुन्, यिनीहरू मेरा सन्तान हुन्; यिनीहरूले मलाई धोका दिनेछैनन्।”+त्यसैले उहाँ तिनीहरूको उद्धारक बन्नुभयो।+
९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्नुभयो।+
१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+
११ अनि तिनीहरूलाई बितेका दिनहरू झलझली याद आयो।उहाँको सेवक मोसाको समयका कुरा तिनीहरूले सम्झे र यसो भने:“आफ्ना मानिसहरू र तिनीहरूका गोठालाहरूलाई+ समुद्र पार गराउने परमेश्वर कहाँ हुनुहुन्छ?+मोसालाई* पवित्र शक्ति दिने परमेश्वर कहाँ हुनुहुन्छ?+
१२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्वर,+जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+
१३ उहाँ कहाँ हुनुहुन्छ,जसले उर्लँदो* पानीको बीचबाट तिनीहरूलाई हिँडाउनुभयो,जसले गर्दा खुला मैदानमा* दौडिरहेको घोडाजस्तै तिनीहरू विनाअवरोध हिँड्न सके?
१४ बेँसीको मैदानमा पुगेर वस्तुभाउले विश्राम गरेझैँयहोवाको पवित्र शक्तिको मदतले तिनीहरूले विश्राम पाए।”+यसरी तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्याउनुभयोर आफ्नो नाम महिमित पार्नुभयो।*+
१५ स्वर्गबाट तल हेर्नुहोस्,उच्च ठाउँमा भएको तपाईँको पवित्र र महिमित* वासस्थानबाट हेर्नुहोस्।तपाईँ आफ्नो जोस र शक्ति अहिले किन देखाउनुहुन्न?तपाईँको करुणा+ र तपाईँको कृपाले+ तपाईँलाई अहिले किन झकझक्याउँदैन?*ती सबै तपाईँले हामीदेखि रोकेर राख्नुभएको छ।
१६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+अब्राहामले हामीलाई नचिने तापनि,इस्राएलले हामीलाई नचिने तापनि,हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+
१७ हे यहोवा, तपाईँ किन हामीलाई तपाईँको मार्गबाट तर्किन दिनुहुन्छ?*तपाईँको डर मान्नै छोड्नेगरि तपाईँ किन हाम्रो मनलाई कठोर हुन दिनुहुन्छ?*+आफ्ना सेवकहरूको निम्ति फर्कनुहोस्!तपाईँले छान्नुभएको जाति, तपाईँको सम्पत्तिको खातिर फर्कनुहोस्।+
१८ तपाईँले दिनुभएको भूमिलाई तपाईँका पवित्र जातिले थोरै समय अधिकार गरेतर तपाईँका शत्रुहरूले तपाईँको पवित्र स्थानलाई* कुल्चीमिल्ची गरे।+
१९ हामी तपाईँले कहिल्यै शासन नगरेको जातिजस्तै भएको वर्षौँ भयो।हामी तपाईँको नामले कहिल्यै नचिनिएको जातिजस्तै भएका छौँ।
फुटनोटहरू
^ वा सम्भवतः “चहकिलो रातो रङ्गको।”
^ वा “उद्धार गरेँ।”
^ वा “उहाँकै सामने रहने स्वर्गदूत।”
^ शा., “तिनलाई।”
^ वा “गहिरो।”
^ वा “निर्जनभूमिमा।”
^ वा “र आफ्नो नामको सौन्दर्य बढाउनुभयो।”
^ शा., “तपाईँलाई किन भित्रभित्रै औडाहा हुँदैन?”
^ वा “सुन्दर।”
^ वा “तर्काउनुहुन्छ?”
^ शा., “बनाउनुहुन्छ।”