यसैया ५९:१-२१

  • पाप गरेकोले इस्राएल परमेश्‍वरबाट टाढा भयो (१-८)

  • पापको स्वीकार (९-१५क)

  • पश्‍चात्ताप गर्नेहरूका लागि यहोवाले हस्तक्षेप गर्नुभयो (१५ख-२१)

५९  हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+र उहाँको कान सुन्‍नै नसक्नेगरि बाक्लो भएको छैन।+  २  तिमीहरू आफ्नै अपराधले गर्दा परमेश्‍वरबाट टाढा भएका छौ;+तिमीहरूकै पापको कारण उहाँले तिमीहरूदेखि आफ्नो अनुहार लुकाउनुभएको छ।उहाँ तिमीहरूको कुरा सुन्‍न चाहनुहुन्‍न।+  ३  तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्‌क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।  ४  धार्मिकताको पक्षमा कोही बोल्दैन,+अदालत गएर सत्य कुरा बोल्ने कोही छैन।तिनीहरू खोक्रो कुरामा भरोसा गर्छन्‌+ र बेकारको कुरा बोल्छन्‌।तिनीहरू समस्यालाई गर्भधारण गर्छन्‌ र दुष्टतालाई जन्माउँछन्‌।+  ५  तिनीहरू विषालु सर्पको अण्डा पार्छन्‌;,तिनीहरूले पारेको अण्डाबाट विषालु सर्प निस्कन्छ,जसले तिनीहरूको अण्डा खान्छ, त्यो मर्छ।तिनीहरू माकुराको जाल बुन्छन्‌;+  ६  तिनीहरूले बुनेको जालले कपडाको काम गर्दैन।तिनीहरू जे बनाउँछन्‌, त्यसले तिनीहरूकै जीउसमेत ढाक्दैन।+तिनीहरू अरूलाई चोट पुग्ने काम गर्छन्‌;तिनीहरूको हात हिंसाले भरिएको हुन्छ।+  ७  तिनीहरू* दुष्ट काम गर्न दौडन्छन्‌;निर्दोषको रगत बगाउन तिनीहरू आतुर हुन्छन्‌।+तिनीहरूको मन कुविचारले भरिएको हुन्छ;नाश गर्नु र दुःख दिनु तिनीहरूको काम हो।+  ८  शान्तिको बाटो कहाँ छ, तिनीहरूलाई थाहै छैन;तिनीहरू न्यायको मार्गमा पटक्कै चल्दैनन्‌।+तिनीहरू आफ्नो बाटो टेढो बनाउँछन्‌;तिनीहरूको बाटोमा हिँड्‌ने कसैले शान्ति पाउँदैन।+  ९  त्यसैले इन्साफ हामीबाट कोसौँ टाढा छ;धार्मिकता हामीसम्म पुग्नै पाउँदैन।हामी ज्योति पर्खिरहेका छौँ तर अन्धकारबाहेक केही भेट्‌दैनौँ;हामी उज्यालोको आशामा छौँ तर अँध्यारोमै हिँडिरहनुपरेको छ।+ १०  अन्धाले जस्तै हामी भित्ता छामछाम छुमछुम गर्छौँ;आँखा नभएकाहरूले जस्तै हामी छाम्दै हिँड्‌छौँ।+रातमा जस्तै हामी मध्यदिनमै ठेस खान्छौँ;बलियाहरूको बीचमा हामी जिउँदो लासजस्तै भएका छौँ। ११  हामी सबै शोकले गर्दा भालुजस्तै कराउँछौँ,ढुकुरजस्तै विलाप गर्छौँ।हामी न्यायको बाटो हेर्छौँ तर कतै पाउँदैनौँ,हामी उद्धारको आशा गर्छौँ तर उद्धार हामीदेखि कोसौँ टाढा छ। १२  किनकि तपाईँविरुद्ध हामीले अनगिन्ती पाप गरेका छौँ;+हाम्रो एक-एक अपराधले हामीलाई दोषी ठहराउँछ।+हाम्रा अपराधहरू हाम्रै अगाडि छन्‌;तीबारे हामी अनजान छैनौँ।+ १३  हामीले पाप गरेका छौँ र यहोवालाई तिरस्कार गरेका छौँ,हाम्रा परमेश्‍वरलाई हामीले पीठ फर्काएका छौँ।हामीले अत्याचार गर्ने र विद्रोह गर्ने योजना बनाएका छौँ,+हामीले मनभित्र झूटा कुरा रचेका छौँ र हुँदै नभएको कुरा बोलेका छौँ।+ १४  इन्साफ दबिएको छ+अनि धार्मिकता टाढै उभिरहन्छ+किनकि सत्यले चोकमा ठेस खाएको छर इमानदारी चोकभित्र पस्नै पाउँदैन। १५  सत्य ओझेलमा परेको छ,+खराब मार्ग छोडेर फर्कनेहरू लुटिएका छन्‌।यहोवाले जताततै यस्तो अन्याय देख्नुभयोर उहाँ साह्रै दुःखी हुनुभयो।*+ १६  कसैले केही नगरेको देख्दा उहाँलाई अचम्म लाग्यो;कसैले हस्तक्षेप नगरेको देख्दा उहाँ छक्क पर्नुभयो।त्यसैले आफ्नै पाखुराको बलले उहाँले तिनीहरूको उद्धार गर्नुभयो*अनि उहाँको धार्मिक स्तरले उहाँलाई साथ दियो। १७  उहाँले धार्मिकताको कवच पहिरिनुभयोअनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+उहाँले बदलाको पोसाक पहिरिनुभयो+र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो। १८  उहाँले तिनीहरूको कामको प्रतिफल तिनीहरूलाई नै दिनुहुनेछ।+उहाँले शत्रुहरूमाथि रिस पोख्नुहुनेछ, तिनीहरूलाई सजाय दिनुहुनेछ।+टापुहरूलाई पनि उहाँले उचित दण्ड दिनुहुनेछ। १९  तब पश्‍चिमका मानिसहरू यहोवाको नाम सुनेर डराउनेछन्‌,पूर्वका मानिसहरू उहाँको महिमा देखेर भयभीत हुनेछन्‌।किनकि उहाँ उर्लिएको खोलाजस्तै गरी आउनुहुनेछ,यहोवाको शक्‍तिले उर्लिएको खोलाजस्तै। २०  यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “सियोनलाई मोल तिरेर छुटाउने+ कोही आउँदै छ;+दुष्ट कामबाट अलग रहने याकुबका सन्तानलाई छुटकारा दिन कोही आउँदै छ।”+ २१  यहोवा भन्‍नुहुन्छ, “म तिनीहरूसित यस्तो करार गर्नेछु:+ मैले तिनीहरूलाई दिएको मेरो पवित्र शक्‍ति र तिनीहरूको मुखमा मैले हालिदिएको वचन तिनीहरूको मुखबाट, तिनीहरूका छोराछोरीको मुखबाट र तिनीहरूका नातिनातिनाको मुखबाट हट्‌नेछैन।” यहोवा अझै यसो भन्‍नुहुन्छ, “त्यो अहिले र सदासर्वदा तिनीहरूको मुखमा रहनेछ।”

फुटनोटहरू

शा., “तिनीहरूका खुट्टा।”
शा., “र त्यो उहाँको नजरमा खराब थियो।”
वा “उहाँ विजयी हुनुभयो।”
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
वा “विजयको।”