यसैया ५६:१-१२

  • विदेशी र नपुंसकहरूलाई आशिष्‌ (१-८)

    • सबैको लागि प्रार्थनाको घर ()

  • अन्धा पहरेदारहरू, भुक्न नसक्ने कुकुरहरू (९-१२)

५६  यहोवा यसो भन्‍नुहुन्छ: “न्यायको मार्गमा हिँड+ र जे सही छ त्यही गर।किनकि म चाँडै तिमीहरूको उद्धार गर्नेछु,म मेरो न्याय तिमीहरूलाई प्रकट गर्नेछु।+  २  आनन्दित हो त्यो मानिस, जसले त्यसै गर्छ,जो ती कुराहरूमा लागिरहन्छ,जसले विश्रामदिन* मान्छ र त्यसलाई बिटुलो पार्दैन,+जो हरेक किसिमको खराब कामदेखि परै बस्छ।  ३  यहोवाको उपासना गर्ने कुनै पनि विदेशीले+ यसो नभनोस्‌,‘यहोवाले मलाई उहाँका मानिसहरूदेखि अलग्गै राख्नुहुनेछ।’अनि नपुंसकले यसो नभनोस्‌, ‘म त सुकिसकेको रूख हुँ।’” ४  यहोवा भन्‍नुहुन्छ: “मैले आज्ञा गरेबमोजिम विश्रामदिन मान्‍ने नपुंसकहरू, जो मेरो इच्छाअनुसार चल्छन्‌ र मेरो करार पालन गरिरहन्छन्‌,  ५  तिनीहरूलाई म आफ्नो घरभित्र एउटा ठाउँ र एउटा नाम दिनेछु,जुन छोराछोरीको भन्दा उत्तम हुनेछ।सदा कायम रहने नाम म तिनीहरूलाई दिनेछुअनि त्यो नाम कहिल्यै मेटिनेछैन।  ६  यहोवाको सेवा गर्न उहाँसामु आउने विदेशीहरू,यहोवाको नामलाई प्रेम गर्न+र उहाँको सेवक बन्‍न आउने विदेशीहरू,जसले विश्रामदिन मान्छन्‌ र त्यसलाई बिटुलो पार्दैनन्‌,जसले मेरो करार पालन गरिरहन्छन्‌,  ७  तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्‌।तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+ ८  इस्राएलबाट तितरबितर भएकाहरूलाई भेला गर्नुहुने ब्रह्‍माण्डका मालिक यहोवा+ यस्तो घोषणा गर्नुहुन्छ: “जो-जो भेला भइसकेका छन्‌, तिनीहरूबाहेक म अरूलाई पनि भेला गर्नेछु।”+  ९  ए मैदानका सबै जङ्‌गली जनावर हो, आओ र खाओ।जङ्‌गलका सबै जनावर हो, तिमीहरू पनि आओ।+ १०  पहरेदारहरू अन्धा छन्‌,+ तिनीहरू कसैले पनि ध्यान दिएका छैनन्‌।+तिनीहरू त भुक्न नसक्ने लाटा कुकुरजस्तै छन्‌।+तिनीहरू पल्टिरहन्छन्‌, स्वाँस्वाँ गर्दै बस्छन्‌ र निद्राले झुलिरहन्छन्‌। ११  तिनीहरू भोकाएका कुकुर हुन्‌,जति खाए पनि तिनीहरू कहिल्यै अघाउँदैनन्‌।तिनीहरू समझ नभएका गोठालाहरू हुन्‌।+तिनीहरू सबै आ-आफ्नै चालमा हिँड्‌छन्‌।तिनीहरू सबै छल गरेर नाफा कमाउन खोज्छन्‌ र भन्छन्‌: १२  “आऊ, हामी मद्य पिऔँ,मात्तिनेगरि रक्सी खाऔँ।+भोलि पनि आजजस्तै हुनेछ, आजभन्दा पनि राम्रो!”

फुटनोटहरू

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।