यसैया ५३:१-१२
५३ हाम्रो कुरा* कसले विश्वास गर्छ?+कसलाई यहोवाले आफ्नो शक्ति*+ प्रकट गर्नुभएको छ?+
२ उहाँको* सामुन्ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+
४ उसले हाम्रो सबै रोगबिमार बोक्यो,+हाम्रो पीडा भोग्यो+तर हामीले त परमेश्वरले पो उसलाई प्रहार गरिरहनुभएको छ अनि उहाँले गर्दा नै ऊ घायल भएको छ र पीडा भोगिरहेको छ भन्ठान्यौँ।
५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+
६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।जीवितहरूको देशबाट उसलाई हटाइयो।+मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।*+
९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+
१० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।हे परमेश्वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+
११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+
१२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।उसले आफ्नो जीवनै अर्पण गऱ्यो,+अपराधीहरूसँगै उसको गन्ती भयो।+उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्यो।+
फुटनोटहरू
^ शा., “पाखुरा।”
^ वा सम्भवतः “हामीले सुनेको कुरामा।”
^ यसले परमेश्वरलाई वा यो कुरा देख्ने कुनै मानिसलाई पनि जनाएको हुन सक्छ।
^ वा सम्भवतः “उसलाई देख्दा मानिसहरू आफ्नो मुख अन्तै फर्काउँथे।”
^ शा., “उसलाई लगियो।”
^ वा “तर उसलाई मारियो।”
^ वा “हिंसा।”