यसैया ५२:१-१५

  • ए सियोन, जाग! (१-१२)

    • सुसमाचार घोषणा गर्नेहरूको खुट्टा कत्ति सुन्दर! ()

    • सियोनका पहरेदारहरू एकै स्वरले कराउँछन्‌ ()

    • यहोवाको भवनको भाँडा बोक्नेहरू शुद्ध हुनुपर्छ (११)

  • यहोवाको सेवकलाई उच्च पारिनेछ (१३-१५)

    • महिमित रूप कुरूप भएको (१४)

५२  जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+  २  ए यरुसलेम! धुलो टकटक्याऊ! उठ! माथि आएर बस।कैद गरेर लगिएकी ए सियोनकी छोरी!* तिम्रो गर्दनको बन्धन खोल।+  ३  यहोवा यसो भन्‍नुहुन्छ:“तिमी विनादाम बेचियौ;+अब म तिमीलाई विनादाम नै छुटाउनेछु।”+  ४  ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ:“मेरा मानिसहरू पहिला मिश्रमा गए र त्यहाँ परदेशी भएर बसे+अनि अस्सेरियालीहरूले तिनीहरूमाथि विनाकारण अत्याचार गरे।”  ५  यहोवा यसो भन्‍नुहुन्छ: “त्यसोभए यहाँ म के गरूँ?”यहोवा भन्‍नुहुन्छ: “मेरा मानिसहरू विनादाम लगिएका छन्‌।मेरा मानिसहरूमाथि शासन गर्नेहरूले जितको हर्षोल्लास मनाइरहेका छन्‌+अनि दिनभर मेरो नामको अनादर भइरहेको छ।”+  ६  त्यसैकारण मेरा मानिसहरूले मेरो नाम थाह पाउनै पर्छ,+तिनीहरूसँग बोल्ने मै हुँ भनेर त्यस दिन मेरा मानिसहरूले थाह पाउनेछन्‌।हो, तिनीहरूसँग बोल्ने मै हुँ!  ७  डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+उसले शान्तिको घोषणा गर्छ,+ऊ असल कुराको सुसमाचार लिएर आउँछ,उसले उद्धारको घोषणा गर्छ,उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्‍वर राजा हुनुभएको छ!”+  ८  सुन! तिम्रा पहरेदारहरू खुसीले कराइरहेका छन्‌,एकै स्वरले तिनीहरू गाइरहेका छन्‌किनभने यहोवाले सियोनलाई फिर्ता ल्याउनुहुँदा तिनीहरूले आफ्नै आँखाले त्यो देख्नेछन्‌।  ९  ए यरुसलेमका भग्नावशेष हो, खुसी होओ! एकै स्वरले गाओ!+किनभने यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ;+उहाँले यरुसलेमलाई मोल तिरेर छुटाउनुभएको छ।+ १०  सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+ ११  निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो! १२  तिमीहरू त्यहाँबाट अतालिँदै निस्कनुपर्दैनअनि त्यहाँबाट भाग्नु पनि पर्दैन।किनभने यहोवा तिमीहरूभन्दा अघिअघि जानुहुनेछ;+इस्राएलका परमेश्‍वरले तिमीहरूलाई पछिल्तिरबाट पनि रक्षा गर्नुहुनेछ।+ १३  हेर! मेरो सेवकले+ बुद्धिमान्‌ भएर* काम गर्नेछ,उसलाई उच्च पारिनेछ,उसलाई सम्मान र महिमा दिइनेछ।+ १४  उसलाई देखेर मानिसहरू छक्क परेका थिएकिनभने उसको हालत सबै मानिसको भन्दा खराब भएको थियो,उसको महिमित रूप सबै मानिसको भन्दा कुरूप भएको थियो। १५  उसलाई देखेर देशहरू त्यसरी नै अचम्ममा पर्नेछन्‌,+उसको अगाडि राजाहरू बोल्नै सक्नेछैनन्‌।*+किनभने तिनीहरूले यस्तो कुरा देख्नेछन्‌, जुन तिनीहरूलाई बताइएकै थिएन।तिनीहरूले यस्तो कुरा विचार गर्नेछन्‌, जुन तिनीहरूले सुनेकै थिएनन्‌।+

फुटनोटहरू

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
वा “विजयी तुल्याउनुहुँदा।”
वा “अन्तर्दृष्टि चलाएर।”
वा “राजाहरूले आफ्नो मुख बन्द गर्नेछन्‌।”