यसैया ५१:१-२३

  • सियोनलाई फेरि अदनको बगैँचाजस्तै बनाइयो (१-८)

  • सियोनको शक्‍तिशाली रचनाकारबाट सान्त्वना (९-१६)

  • यहोवाको क्रोधको प्याला (१७-२३)

५१  “ए धार्मिकताको मार्गमा हिँड्‌नेहरू होअनि यहोवालाई खोज्नेहरू हो, मेरो कुरा सुन।जुन चट्टानबाट तिमीहरूलाई खोपेर निकालियो, त्यसलाई हेर।अनि जुन खानीबाट तिमीहरूलाई खनेर निकालियो, त्यसलाई हेर।  २  तिमीहरूलाई जन्माउने* तिमीहरूकी आमा सारालाई हेर,+तिमीहरूका बुबा अब्राहामलाई हेर।मैले तिनलाई बोलाउँदा तिनी निस्सन्तान थिए+तर मैले तिनलाई आशिष्‌ दिएँ र तिनी थुप्रै सन्तानका बुबा भए।+  ३  यहोवाले सियोनलाई सान्त्वना दिनुहुनेछ+अनि तहसनहस भएका त्यसका सबै ठाउँलाई फेरि बसाल्नुहुनेछ।*+त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ+अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।+त्यहाँ खुसी र रमाहटको स्वर गुञ्जनेछ।त्यस सहरले सुमधुर गीत गाउनेछ र धन्यवाद चढाउनेछ।+  ४  ए मेरा मानिसहरू हो, मेरो कुरामा ध्यान देओ।ए मैले रोजेको जाति, मेरो कुरामा कान थाप।+किनकि म तिमीहरूलाई मेरो कानुन सिकाउनेछु।+म मेरो न्यायको स्तर तोक्नेछु र जातिजातिको लागि त्यो एउटा ज्योति बन्‍नेछ।+  ५  म चाँडै न्याय गर्नेछु;+म तिमीहरूको उद्धार गर्नेछु।+मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+टापुहरूले मेरो बाटो हेर्नेछन्‌+र मेरो शक्‍तिशाली हातको प्रतीक्षा गर्नेछन्‌।  ६  तिमीहरूको नजर उठाएर माथि आकाशतिर हेरअनि तल पृथ्वीलाई नियालकिनकि आकाश धुवाँजस्तै बिलाएर जानेछअनि पृथ्वीचाहिँ लुगाझैँ मक्किएर जानेछ।पृथ्वीका बासिन्दाहरू भुसुनासरी मर्नेछन्‌तर मैले गर्ने उद्धार सदा कायम रहनेछ।+अनि मेरो धार्मिक स्तर सधैँभरि टिक्नेछ।+  ७  ए मानिसहरू हो, जसले मेरो न्यायको स्तर जानेका छौअनि मेरो व्यवस्था* मनमा राखेका छौ,+मरणशील मानिसहरूले उपहास गर्दा नडराऊ,तिनीहरूले अपमान गर्दा डरले नकाँप।  ८  किराले तिनीहरूलाई कपडा खाएजस्तै गरी खानेछ।कपडा खाने किराले ऊन सखाप पारेझैँ तिनीहरूलाई पनि सखाप पार्नेछ।+तर मैले गर्ने इन्साफ सधैँभरि टिक्नेछर मैले गर्ने उद्धार पुस्तौँपुस्तासम्म कायम रहनेछ।”+  ९  जाग! हे यहोवाका पाखुरा हो, जाग!+अघिअघिका दिनहरूमा जस्तै, उहिले-उहिलेका पुस्ताहरूको समयमा जस्तैआफ्नो बल प्रकट गर!के त्यही पाखुराले राहाबलाई* टुक्राटुक्रा पारेको होइन र?+विशाल जलजन्तुलाई प्रहार गर्ने के त्यही पाखुरा होइन र?+ १०  तपाईँले नै गहिरो समुद्रलाई सुकाउनुभएको होइन र?+मोल तिरेर छुटाउनुभएका आफ्ना मानिसहरूको लागि समुद्रको बीचमा बाटो बनाइदिने तपाईँ नै होइन र?+ ११  यहोवाले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन्‌।+तिनीहरू जयजयकार गर्दै सियोनमा आउनेछन्‌।+तिनीहरूले चिरस्थायी हर्षको मुकुट पहिरिनेछन्‌।+तिनीहरूले सधैँ हर्षोल्लास मनाउनेछन्‌ र रमाहट गर्नेछन्‌।तिनीहरूले कहिल्यै दुःख भोग्नुपर्नेछैन र सुस्केरा हाल्नुपर्नेछैन।+ १२  “तिमीहरूलाई सान्त्वना दिने मै हुँ।+मरिजाने मानिसहरूदेखि तिमीहरू किन डराउँछौ?+हरियो घाँसझैँ सुकेर जाने मानिसका सन्तानदेखि तिमीहरू किन डरले काँप्छौँ? १३  तिमीहरूलाई रच्नुहुने यहोवा,जसले आकाशलाई फैलाउनुभयो+ अनि पृथ्वीको जग बसाल्नुभयो, उहाँलाई तिमीहरू किन बिर्सन्छौ?+अत्याचारीको क्रोधदेखि तिमीहरू डरायौ;अत्याचारीले नाश गर्ला भनेर तिमीहरू आत्तियौतर खोइ, अत्याचारीको क्रोध कहाँ गयो? १४  साङ्‌लाले बाँधिएर कुप्रो परेकाहरूलाई चाँडै मुक्‍त गरिनेछ।+तिनीहरूले आफ्नो ज्यान गुमाउनुपर्नेछैन, तिनीहरू चिहानमा जानुपर्नेछैन।तिनीहरू भोकभोकै पनि बस्नुपर्नेछैन। १५  म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।मेरो नाम सेनाहरूका यहोवा हो।+म सागरलाई हल्लाउँछु र त्यसका छालहरूलाई उचाल्छु।+ १६  म तिमीहरूको मुखमा मेरो वचन हालिदिनेछु।मेरो हातको छायामा म तिमीहरूलाई लुकाउनेछु।+तब म आकाशलाई त्यसको ठाउँमा स्थिर गर्नेछु र पृथ्वीको जग बसाल्नेछु+अनि सियोनलाई यसो भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’+ १७  ए यरुसलेम, जाग! खडा होऊ!+तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।तिमीले त्यो स्वाट्टै पाऱ्‍यौ।मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+ १८  उसको कुनै छोराले पनि उसलाई बाटो देखाएनअनि तिनीहरूमध्ये कसैले पनि उसको हात थामेन। १९  तिमीमाथि दुई वटा विपत्ति आइपर्नेछन्‌।नाश र बरबादी, भोकमरी र तरबार!+त्यतिखेर कसले तिमीलाई दया* देखाउला?कसले तिमीलाई सान्त्वना देला?+ २०  तिम्रा छोराहरू बेहोस भएका छन्‌।+पासोमा परेको नाउरझैँ*तिनीहरू बाटोका मोड-मोडमा ढलेका छन्‌।यहोवाले तिनीहरूमाथि आफ्नो भएभरको क्रोध खन्याउनुभएको छ,परमेश्‍वरले तिनीहरूलाई बेसरी हप्काउनुभएको छ।” २१  ए दुःखमा परेकी स्त्री, मेरो कुरा सुन।तिमी मात्तिएकी छ्यौ तर रक्सीले होइन। २२  आफ्ना मानिसहरूको रक्षा गर्नुहुने तिम्रा परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:“मात लगाउने त्यो प्याला म तिम्रो हातबाट खोस्नेछु।+मेरो क्रोधको प्याला म फिर्ता लिनेछु।तिमीले फेरि कहिल्यै त्यो पिउनेछैनौ।+ २३  बरु म त्यो प्याला तिमीलाई सताउनेहरूको हातमा थमाइदिनेछु।+तिनीहरूको हातमा, जसले तिमीलाई यसो भनेका थिए, ‘लम्पसार पर्‌! हामी तँलाई टेकेर हिँड्‌छौँ!’तिनीहरूको लागि तिमीले आफ्नो पिठिउँलाई जमिनझैँ,हो, हिँड्‌ने बाटोझैँ बनाएको थियौ।”

फुटनोटहरू

वा “प्रसववेदना सहेर जन्माउने।”
शा., “सान्त्वना दिनुहुनेछ।”
वा “शक्‍तिले।”
वा “निर्देशन।”
शब्दावली हेर्नुहोस्‌।
वा “सहानुभूति।”
जङ्‌गली भेडा।