यसैया ५०:१-११
५० यहोवा यसो भन्नुहुन्छ:“तिमीहरूकी आमालाई टाढा पठाउँदा मैले छोडपत्र+ दिएको थिएँ र?आफ्नो ऋण तिर्न मैले तिमीहरूलाई बेचेको हुँ र?तिमीहरू त आफ्नै पापको कारण+ बेचिएका हौ,तिमीहरूकै अपराधका कारण तिमीहरूकी आमालाई टाढा पठाउनुपऱ्यो।+
२ उसोभए म यहाँ आउँदा किन कोही मकहाँ आएन?मैले बोलाउँदा किन कसैले जवाफ दिएन?+तिमीहरूलाई छुटाउनै नसक्नेगरि मेरो हात छोटो भएको छ र?वा तिमीहरूलाई बचाउनै नसक्नेगरि मेरो शक्ति घटेको छ र?+मैले हपार्दा समुद्र सुक्छ;+म नदीलाई सुकाउँछु।+पानी नपाएर माछाहरू छटपटाएर मर्छन्,पानी नभएकोले तिनीहरू कुहिन्छन्।
३ आकाशलाई म अन्धकारले ढाक्छु;+बाक्लो भाङ्ग्राले म त्यसलाई छोप्छु।”
४ ब्रह्माण्डका मालिक यहोवाले मलाई सिकाउनुभएको छ र मलाई यस्तो बोली* दिनुभएको छ,+जसको कारण थाकेकाहरूले स्फूर्ति पाउनेगरि* म जवाफ दिन सक्छु।+उहाँ मलाई हरेक बिहान उठाउनुहुन्छ र सिक्ने मानिसले झैँ ध्यान दिन सकूँ भनेरमेरो कान खोलिदिनुहुन्छ।+
५ ब्रह्माण्डका मालिक यहोवाले मेरो कान खोलिदिनुभएको छ,मैले विद्रोह गरिनँ+अनि म उहाँदेखि टाढा गइनँ।+
६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।दाह्री लुछ्न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+
७ तैपनि म आफ्नो बेइज्जत भएको ठान्दिनँकिनभने ब्रह्माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।+मैले आफ्नो अनुहार चकमक ढुङ्गाझैँ कडा बनाएको छु,+म लज्जित हुनुपर्दैन भनेर मलाई थाह छ।
८ मलाई धर्मी ठहराउनुहुने परमेश्वर मेरो नजिकै हुनुहुन्छ।मलाई कसले दोष लगाउन सक्छ?+उठ, हामी बहस गरौँ।मलाई मुद्दा हाल्ने को छ?ऊ मेरो अगाडि आओस्।
९ हेर! ब्रह्माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।मलाई कसले दोषी साबित गर्न सक्छ?हेर! तिनीहरू सबै लुगाझैँ मक्किएर जानेछन्।तिनीहरूको हालत किराले खाएको कपडाझैँ हुनेछ।
१० तिमीहरूबीच यहोवाको डर मान्ने कोही छ?अनि उहाँको सेवकको कुरा सुन्ने कोही छ?+ज्योतिबिना घोर अन्धकारमा हिँड्नुपरेको कोही छ?उसले यहोवाको नाममाथि भरोसा गरोस्, परमेश्वरमाथि ऊ भर परोस्।
११ “तिमीहरू सबै जो झिल्का उड्नेगरि आगो बाल्छौ,तिमीहरू आफूले बालेको आगोको उज्यालोमा हिँड।त्यसबाट निस्केको झिल्काको बीचबाट हिँड।मेरो हातबाट तिमीहरूले यस्तो दण्ड पाउनेछौ:असह्य पीडाले तिमीहरू ढल्नेछौ।