यसैया ५:१-३०

  • यहोवाको अङ्‌गुर बगानबारे गीत (१-७)

  • यहोवाको अङ्‌गुर बगानमा आइपर्ने विपत्ति (८-२४)

  • परमेश्‍वर आफ्ना मानिसहरूसित रिसाउनुहुन्छ (२५-३०)

 म आफ्ना प्रियको निम्ति गीत गाउँछु।मेरा प्रिय र उनको अङ्‌गुर बगानबारे एउटा गीत गाउँछु।+ उर्वर जमिन भएको डाँडामा मेरा प्रियको अङ्‌गुर बगान थियो।  २  उनले त्यो जमिन जोते र त्यहाँका ढुङ्‌गाहरू निकालेर फालिदिए। अनि त्यहाँ रातो अङ्‌गुरको असल बोट लगाए।उनले त्यस जमिनको बीचमा एउटा मचान खडा गरेर अङ्‌गुर पेल्ने कोल बनाए।+ त्यो बोटले असल अङ्‌गुर फलाउला भनेर उनले आशा गरेका थिएतर त्यसले जङ्‌गली अङ्‌गुर मात्र फलायो।+  ३  “हे यरुसलेम र यहुदाका बासिन्दाहरू हो!बिन्ती! म र मेरो अङ्‌गुर बगानबीच फैसला गरिदेओ।+  ४  मैले आफ्नो अङ्‌गुर बगानको लागि के मात्र गरिनँ?मैले त्यसको लागि सब थोक गरेँ।+ मैले असल अङ्‌गुरको आशा गरेको थिएँतर त्यसले किन जङ्‌गली अङ्‌गुर मात्रै फलायो?  ५  अब म आफ्नो अङ्‌गुर बगानलाई के गर्नेछु,त्यो तिमीहरूलाई बताउँछु। म त्यसको बार भत्काइदिनेछुअनि त्यो बगान आगोले भस्म हुनेछ।+ म त्यसको ढुङ्‌गाको पर्खाल भत्काइदिनेछुअनि त्यसमाथि कुल्चीमिल्ची गरिनेछ।  ६  म त्यसलाई बन्जर जमिन बनाइदिनेछु।+त्यसलाई छिमल्ने वा गोडमेल गर्ने कोही हुनेछैन। पूरै बगान काँडा र सिउँडीहरूले भरिनेछ।+त्यसमा पानी नबर्साउनू भनी म बादललाई आदेश दिनेछु।+  ७  म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्‌गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्‌।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+  ८  धिक्कार छ ती मानिसहरूलाई, जो अलिकति पनि खाली ठाउँ नरहनेगरिएउटा घरलाई अर्को घरसँग जोड्‌छन्‌+र एउटा खेतलाई अर्को खेतमा गाभ्छन्‌।+तिनीहरू पूरै देशमा आफू एक्लै बस्न खोज्छन्‌।  ९  सेनाहरूका यहोवाले खानुभएको शपथ मैले सुनेँ;थुप्रै ठूलठूला र सुन्दर घर निर्जन हुनेछन्‌अनि तिनीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+ १०  किनकि १० एकड* अङ्‌गुर बगानबाट केवल एक बाथ* रक्सी निस्कनेछ।अनि एक होमेर* बिउबाट केवल एक एपा* अन्‍न फल्नेछ।+ ११  धिक्कार छ ती मानिसहरूलाई, जो रक्सी पिउन बिहान सबेरै उठ्‌छन्‌+अनि मात नलागुन्जेल साँझ अबेरसम्म रक्सी पिइरहन्छन्‌। १२  तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,खैँजडी र बाँसुरी बजाउँछन्‌ अनि मद्य पिउँछन्‌।तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्‌,उहाँको हातको कामलाई वास्ता गर्दैनन्‌। १३  त्यसैले मेरा मानिसहरू कैदमा लगिनेछन्‌।किनकि तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्‌।+तिनीहरूका इज्जतदार मानिसहरू भोकभोकै बस्नुपर्नेछ+र तिनीहरू सबै तिर्खाले प्याक-प्याक हुनेछन्‌। १४  त्यसैले चिहानको* भोक बढेको छ।आफ्नो मुख बाएर त्यो बसेको छ र त्यो कहिल्यै अघाउँदैन।+त्यस सहरको सान,* त्यहाँका होहल्ला गर्ने मानिसहरूको भीड र मोजमस्ती गर्नेहरूचिहानको मुखबाट कुनै हालतमा उम्कनेछैनन्‌। १५  मानिसहरू झुक्नेछन्‌।तिनीहरूको सेखी झर्नेछ।हठी मानिसहरूले आफ्नो आँखा झुकाउनेछन्‌। १६  सेनाहरूका यहोवाले इन्साफ गरेर आफैलाई उच्च पार्नुहुनेछ;साँचो र पवित्र परमेश्‍वरले+ आफ्नो धार्मिक स्तरद्वारा आफूलाई पवित्र ठहराउनुहुनेछ।+ १७  ती उजाड ठाउँहरू, जहाँ पहिले-पहिले मोटाघाटा जनावरहरू चर्थे, त्यहाँ भेडाका पाठाहरू आफ्नो चरनमा झैँ चर्नेछन्‌।विदेशीहरूले त्यहाँको उब्जनीले आफ्नो पेट भर्नेछन्‌। १८  धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नो दोषलाई छल-कपटको डोरीलेर आफ्नो पापलाई गाडा तान्‍ने डोरीले तान्छन्‌। १९  धिक्कार छ ती मानिसहरूलाई, जो यसो भन्छन्‌: “परमेश्‍वरले छिटो गरून्‌।उहाँले आफ्नो काम चाँडै सकून्‌ र हामीले त्यो देख्न पाऔँ।इस्राएलका पवित्र परमेश्‍वरको उद्देश्‍य पूरा होस्‌र हामीले त्यो थाह पाउन सकौँ।”+ २०  धिक्कार छ ती मानिसहरूलाई, जो असललाई खराब र खराबलाई असल भन्छन्‌;+जो अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो ठान्छन्‌;जो तीतोलाई गुलियो र गुलियोलाई तीतो मान्छन्‌। २१  धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान्‌ छन्‌;जो आफैलाई बुद्धिमान्‌ सम्झन्छन्‌।+ २२  धिक्कार छ ती मानिसहरूलाई, जसलाई रक्सी पिउन कसैले जित्दैन;जो रक्सीमा मसला मिसाउन सिपालु छन्‌;+ २३  जो घुस लिएर अपराधीलाई निर्दोष घोषित गर्छन्‌+र धर्मी मानिसको पक्षमा फैसला गर्न इन्कार गर्छन्‌।+ २४  त्यसकारण जसरी आगोको एउटा लप्कोले भुस खरानी बन्छअनि जसरी सुकेको घाँस आगोमा भस्म हुन्छ,त्यसरी नै तिनीहरू नाश हुनेछन्‌।तिनीहरूको जरा कुहिनेछ र तिनीहरूको फूल धुलोजस्तै छरपस्ट हुनेछ।किनकि तिनीहरूले सेनाहरूका यहोवाको व्यवस्था* पालन गरेनन्‌र इस्राएलका पवित्र परमेश्‍वरको वचनको अनादर गरे।+ २५  त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+ पहाडहरू थरथर काँप्नेछन्‌र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+ तैपनि उहाँको रिस मरेको छैन।तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ। २६  उहाँले झन्डा ठड्‌याएर टाढाको राष्ट्रलाई बोलाउनुभएको छ।+उहाँले सिटी बजाएर तिनीहरूलाई पृथ्वीको पल्लो छेउबाट बोलाउनुभएको छ।+अनि हेर! तिनीहरू वेगसित आउँदै छन्‌।+ २७  तिनीहरूमध्ये कोही पनि थाकेको छैन, कसैले पनि ठेस खाएको छैन। कोही पनि झुलिरहेको वा निदाइरहेको छैन। तिनीहरूको कम्मरको पेटी खुकुलो भएको छैनर तिनीहरूको जुत्ताको फित्ता पनि चुँडिएको छैन। २८  तिनीहरूका काँड तीखा-तीखा छन्‌र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।* तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्‌गाझैँ कडा छन्‌र तिनीहरूका रथका पाङ्‌ग्रा हुरीबतासझैँ वेगले गुड्‌छन्‌।+ २९  तिनीहरूको गर्जन सिंहको जस्तै छ।तिनीहरू जवान सिंहझैँ ङ्‌वार्र-ङुर्र गर्छन्‌।+ तिनीहरू गर्जेर सिकारलाई झम्टन्छन्‌ र त्यसलाई लग्छन्‌;कसैले त्यसलाई छुटाउन सक्दैन। ३०  त्यस दिन तिनीहरू यस देशविरुद्ध समुद्रझैँ गर्जनेछन्‌।+देशलाई एकटक लगाएर हेर्ने हरेकले अन्धकार र सङ्‌कष्ट देख्नेछ। बादलले गर्दा आकाश समेत अँध्यारो हुनेछ।+

फुटनोटहरू

शा., “१० बित्ता।”
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “ठूलाबडा मानिसहरू।”
वा “निर्देशन।”
वा “तिनीहरूका सबै धनु काँड हान्‍न तयार छन्‌।”