यसैया ४६:१-१३
४६ बेल* झुक्छ,+ नेबो* निहुरिन्छ।तिनीहरूको मूर्ति भारी बोक्ने जनावरहरूलाई बोकाइन्छ।+थकित जनावरहरूका लागि ती मूर्ति गह्रौँ भारीझैँ हुन्छन्।
२ बेल र नेबो सँगसँगै झुक्छन्, तिनीहरू निहुरिन्छन्;तिनीहरू जनावरहरूमाथि लादिएको आफ्नै मूर्तिलाई छुटाउन सक्दैनन्।तिनीहरू पनि कैदमा लगिनेछन्।
३ “ए याकुबको घराना र इस्राएलको घरानाका बाँकी रहेका मानिस हो, मेरो कुरा सुन!+एउटी आमाले बच्चालाई गर्भैदेखि बोकेझैँ र उसको हेरचाह गरेझैँ मैले पनि तिमीहरूलाई बोकेको छु र तिमीहरूको हेरचाह गरेको छु।+
४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+
५ तिमीहरू मलाई कोसँग तुलना गर्छौ वा मलाई कसको बराबरी तुल्याउँछौ?+मलाई कोसित दाँजेर ‘दुवै उस्तै छन्’ भन्छौ?+
६ यस्ता मानिसहरू पनि छन्, जसले आफ्नो थैलीबाट सुन खन्याउँछन्,चाँदीलाई तराजुमा जोख्छन्।तिनीहरू सुनारलाई काममा लगाउँछन् र सुनारले त्यसबाट देवताको मूर्ति बनाउँछ।+त्यसपछि तिनीहरू त्यही मूर्तिसामु लम्पसार पर्छन्, त्यसको पूजा गर्छन्।*+
७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्+र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन् अनि त्यो जहाँको त्यहीँ रहन्छ।त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+तिनीहरू त्यसलाई पुकार्छन् तर त्यसले केही जवाफ दिँदैन।त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+
८ ए अपराधीहरू हो, यो कुरा याद गर।यसलाई आफ्नो मनमा राख र साहसी होओ।
९ धेरै अघिका पुराना कुराहरू सम्झम परमेश्वर हुँ र मबाहेक अरू कोही छैन भनेर नबिर्स।म नै परमेश्वर हुँ र मजस्तो अरू कोही छैन।+
१० पछि के हुन्छ, म पहिल्यै बताउँछुअनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+म भन्छु, ‘मेरो उद्देश्य* पूरा भएरै छोड्छ,+आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+
११ म पूर्वबाट एउटा सिकारी पन्छीलाई बोलाउनेछु,+टाढाको देशबाट एक जना मानिसलाई बोलाउनेछु, जसले मेरो उद्देश्य* पूरा गर्नेछ।+मैले यो भनेको छु र म पूरा पनि गर्नेछु।मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।+
१२ ए कठोर मन भएका मानिसहरू हो, मेरो कुरा सुन!ए धार्मिकताको मार्गबाट तर्केर टाढा पुगेकाहरू हो, सुन!
१३ म चाँडै आफ्नो धार्मिक स्तर प्रकट गर्नेछु,त्यो दिन टाढा छैन।म उद्धार गर्न ढिलो गर्नेछैनँ।+म सियोनको उद्धार गर्नेछु, इस्राएललाई मेरो महिमाले भरिदिनेछु।”+
फुटनोटहरू
^ बेबिलोनको एउटा देवता।
^ बेबिलोनको एउटा देवता।
^ शा., “त्यससामु घोप्टो पर्छन्।”
^ वा “सल्लाह।”
^ वा “सल्लाह।”