यसैया ४:१-६

  • सात वटी स्त्री र एउटा पुरुष ()

  • यहोवाले उमार्नुभएका बोटबिरुवा सानदार हुनेछन्‌ (२-६)

४  अनि त्यस दिन सात वटी स्त्रीले एउटा पुरुषलाई समात्दै यसो भन्‍नेछन्‌:+ “खानेकुराको बन्दोबस्त हामी आफै मिलाउनेछौँअनि लुगाफाटा पनि आफै जुटाउनेछौँ।केवल हामीसित विवाह गर्नुहोस्‌ र हामी तपाईँको नामले चिनिन पाऔँ।त्यसो भयो भने हाम्रो अपमान* हुनेछैन।”+ २  त्यस दिन यहोवाले उमार्नुभएका सबै कुरा अत्यन्तै सुन्दर र भव्य हुनेछन्‌। त्यहाँको उब्जनीले इस्राएलमा बाँकी रहेकाहरूको शोभा र गौरव बढाउनेछ।+ ३  सियोन र यरुसलेममा जो-जो बाँकी रहनेछन्‌, तिनीहरू सबै पवित्र कहलाइनेछन्‌; यरुसलेममा बस्न ज-जसको नाम टिपिएको छ,+ तिनीहरू सबै पवित्र कहलाइनेछन्‌। ४  यहोवाले यरुसलेममाथि आफ्नो बल्दो रिस पोख्नुहुनेछ र त्यसको इन्साफ गर्नुहुनेछ। यसरी उहाँले सियोनका छोरीहरूको फोहोर* सफा गर्नुहुनेछ+ र यरुसलेमबाट रक्‍तपात हटाउनुहुनेछ।+ ५  सियोन डाँडाका इलाकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा यहोवाले दिनमा बादल र धुवाँ फैलाउनुहुनेछ अनि रातमा चहकिलो ज्वालाले उज्यालो छर्नुहुनेछ।+ त्यो महिमित ठाउँमा सुरक्षा छाउनेछ। ६  त्यहाँ एउटा झुप्रो हुनेछ, जसले घामको राप छेक्नेछ+ अनि हुरीबतास र पानीबाट ओत दिनेछ।+

फुटनोटहरू

अर्थात्‌, अविवाहित भएकोले र निस्सन्तान भएकोले अपमानित।
शा., “दिसा।”