यसैया ३१:१-९

  • साँचो मदत मानिसहरूबाट होइन, परमेश्‍वरबाट पाइन्छ (१-९)

    • मिश्रका घोडाहरू हाड-मासुका हुन्‌ ()

३१  मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ,+जो घोडाहरूमा भर पर्छन्‌,+जो युद्धका रथहरूमा भरोसा गर्छन्‌ किनकि ती अनगिन्ती छन्‌अनि युद्धका घोडाहरूको* मुख ताक्छन्‌ किनकि ती शक्‍तिशाली छन्‌।तर इस्राएलका पवित्र परमेश्‍वरको बाटो हेर्दैनन्‌र यहोवाको खोजी गर्दैनन्‌।  २  तर उहाँ बुद्धिमान्‌ पनि हुनुहुन्छ, उहाँले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ।उहाँले आफ्नो बोली फिर्ता लिनुहुनेछैन।दुष्टको घरानामाथि उहाँ जाइलाग्नुहुनेछअनि कुकर्मीहरूलाई सघाउनेहरूविरुद्ध उहाँ खडा हुनुहुनेछ।+  ३  मिश्रीहरू त केवल मानिस हुन्‌, तिनीहरू परमेश्‍वर होइनन्‌।तिनीहरूका घोडाहरू हाड-मासुका हुन्‌, स्वर्गका जीव होइनन्‌।+यहोवाले आफ्नो हात पसार्नुहुँदासहायता दिनेहरूले ठेस खानेछन्‌अनि सहायता लिनेहरू लड्‌नेछन्‌।तिनीहरू सबै सँगसँगै नाश हुनेछन्‌।  ४  किनकि यहोवाले मलाई यसो भन्‍नुभएको छ:“जसरी जवान र पट्ठो सिंहले गर्जँदै आफ्नो सिकारलाई जोगाउँछ,अनि गोठालाहरू हुलै बाँधेर आए पनितिनीहरूको होहल्ला सुनेर त्यो डराउँदैनर तिनीहरूले तर्साउन खोजे पनि त्यो पटक्कै तर्सिँदैन,त्यसैगरि सेनाहरूका यहोवा तल ओर्लनुहुनेछअनि सियोन डाँडाको निम्ति र त्यसको थुम्कोको निम्ति लड्‌नुहुनेछ।  ५  सेनाहरूका यहोवा वेगसित हानिएर आउने पन्छीझैँ आउनुहुनेछ र यरुसलेमलाई जोगाउनुहुनेछ।+उहाँले त्यसको रक्षा गर्नुहुनेछ र त्यसलाई बचाउनुहुनेछ।त्यसको पक्षमा लडेर उहाँले त्यसको उद्धार गर्नुहुनेछ।” ६  “ए इस्राएलका मानिसहरू हो, तिमीहरूले जसको खुलेआम विद्रोह गरेका थियौ,+ उहाँतिर फर्क। ७  आफूले पुज्दै आएका सुन र चाँदीका देवताहरूलाई त्यो दिन तिमीहरू सबैले त्याग्नेछौ; ती व्यर्थका देवताहरूलाई, जसलाई आफ्नै हातले बनाएर तिमीहरूले पाप गरेका थियौ।  ८  तब अस्सेरियालीहरू तरबारले काटिनेछन्‌, जुन तरबार मानिसको होइन;तरबारले तिनीहरूलाई सखाप पार्नेछ तर मानिसको तरबारले त होइन।+त्यो तरबार देखेर तिनीहरू भाग्नेछन्‌।तिनीहरूका युवकहरूलाई काममा जोताइनेछ।  ९  त्रासले गर्दा तिनीहरूको चट्टान बिलाएर जानेछ।झन्डा ठड्‌याइएको देखेर तिनीहरूका राजकुमारहरू थरथर काँप्नेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ,जसको ज्योति* सियोनमा छ र जसको आगोको भट्टी यरुसलेममा छ।

फुटनोटहरू

वा “घोडचढीहरूको।”
वा “आगो।”