यसैया ३:१-२६
३ हेर! साँचो परमेश्वर, सेनाहरूका यहोवालेयरुसलेम र यहुदालाई न कुनै किसिमको सहारा दिनुहुनेछ न कुनै कुराको आपूर्ति नै गरिदिनुहुनेछ।उहाँले तिनीहरूको अन्न-पानी खोस्नुहुनेछ।+
२ उहाँले तिनीहरूका वीर मानिसहरू र योद्धाहरू,न्यायाधीशहरू र भविष्यवक्ताहरू,+ जोखना हेर्नेहरू र मुखियाहरू,
३ नाइकेहरू,*+ उच्च पदाधिकारीहरू र सल्लाहकारहरू,निपुण जादुगरहरू र सपेराहरू+ सबैलाई हटाइदिनुहुनेछ।
४ म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु।तिनीहरूमाथि यस्ता मानिसहरूले शासन गर्नेछन्, जो अस्थिर* छन्।
५ मानिसहरूले एकअर्कामाथि अत्याचार गर्नेछन्।हरेकले आफ्नो साथीभाइलाई शोषण गर्नेछ।+
ठिटोले वृद्धलाई दुर्व्यवहार गर्नेछर तुच्छ मानिसले इज्जतदार मानिसको अनादर गर्नेछ।+
६ हरेकले आफ्नो बुबाको घरमा आफ्नो भाइलाई समातेर यसो भन्नेछ:
“तिमीसँग अलखा* छ। त्यसैले तिमी नै हाम्रो शासक बन।
तहसनहस भएको यस सहरमाथि शासन गर।”
७ तर त्यस दिन उसले विरोध गर्दै यसो भन्नेछ:
“म तिम्रो घाउमा पट्टी बाँध्नेछैनँ।मेरो आफ्नै घरमा खानेकुरा र लुगाफाटा जुटाउन मलाई धौधौ परेको छ।
मलाई मानिसहरूको शासक नबनाऊ।”
८ किनकि यरुसलेमले ठेस खाएको छर यहुदा लडेको छ।तिनीहरू आफ्नो बोली र कामले यहोवाको विरोध गर्छन्।महिमावान् परमेश्वरसामु तिनीहरू ठाडै उहाँको नियम उल्लङ्घन गर्छन्।+
९ तिनीहरूको अनुहारले नै तिनीहरूविरुद्ध साक्षी दिन्छ।तिनीहरू सदोमका+ बासिन्दाहरूले जस्तै आफ्नो पापको खुलेआम चर्चा गर्छन्।तिनीहरू त्यसलाई लुकाउन खोज्दैनन्।
धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू आफैमाथि विपत्ति निम्त्याउँदै छन्।
१० असल मानिसहरूलाई उनीहरूको भलो हुनेछ भनेर बताऊ।उनीहरूले आफ्नो कामको इनाम पाउनेछन्।+
११ तर दुष्टलाई धिक्कार छ!त्यसमाथि विपत्ति आइपर्नेछ।त्यसले अरूलाई जसो गरेको थियो, त्यसलाई पनि त्यसै गरिनेछ।
१२ ठेकेदारहरूले मेरा मानिसहरूको शोषण गर्छन्।स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्।
हे मेरा मानिसहरू, तिमीहरूका अगुवाहरूले गर्दा तिमीहरू भौँतारिरहेका छौ,तिनीहरूले तिमीहरूलाई अलमल्याएर गलत बाटोतिर डोऱ्याइरहेका छन्।+
१३ यहोवा मानिसहरूलाई दोषी ठहराउनर तिनीहरूलाई सजाय सुनाउन खडा हुनुभएको छ।
१४ यहोवाले आफ्ना मानिसहरूका मुखियाहरू र शासकहरूको इन्साफ गर्नुहुनेछ।
“तिमीहरूले अङ्गुर बगानमा आगो लगाइदिएका छौर गरिबहरूलाई लुटेर आफ्नो घर भरेका छौ।+
१५ मेरा मानिसहरूलाई कुल्चीमिल्ची गर्ने अनि गरिबहरूको अनुहारलाई माटोमा धसिदिने दुस्साहस तिमीहरूले कसरी गऱ्यौ?”+ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
१६ यहोवा यसो भन्नुहुन्छ: “सियोनका छोरीहरू घमन्डी छन्।तिनीहरू आफ्नो शिर ठाडो पार्दै हिँड्छन्।आँखा सन्काउँदै अनि पाउजु बजाउँदैमस्केर हिँड्छन्।
१७ यहोवाले सियोनका छोरीहरूलाई प्रहार गर्नुहुनेछ र तिनीहरूको टाउको घावैघाउको पाप्राले भरिनेछ।यहोवाले तिनीहरूको तालु खुइलाइदिनुहुनेछ।+
१८ त्यस दिन यहोवाले तिनीहरूको शृङ्गारका यी चिजहरू खोस्नुहुनेछ:कल्ली, शिरबन्दी, चन्द्र आकारको गहना,+
१९ झुम्का, चुरा, घुम्टो,
२० शिरपोस, पाउजु, पटुका,अत्तरदानी, जन्तर,
२१ औँठी, नत्थ,
२२ सुन्दर वस्त्र, बाहिरी लुगा, अलखा, थैली,
२३ हाते-ऐना,+ मलमलका लुगा,*फेटा र पछ्यौरी।
२४ तिनीहरूले सुगन्धित तेल*+ घस्थे तर अब सुगन्धको सट्टा दुर्गन्ध आउनेछ।तिनीहरूले कम्मरमा पटुका कस्थे तर अब डोरी कस्नुपर्नेछ।तिनीहरू आफ्नो कपाल राम्ररी सिङ्गार्थे तर अब भने खौरनुपर्नेछ।*+दामी-दामी लुगा लगाउँथे तर अब भाङ्ग्रा ओढ्नुपर्नेछ।+तिनीहरूको शरीरमा सौन्दर्यको होइन तर दासत्वको निसानी पाइनेछ।
२५ सियोनका मानिसहरू तरबारले काटिनेछन्।त्यहाँका वीर पुरुषहरू युद्धमा मारिनेछन्।+
२६ सियोनका ढोकाहरूले शोक गर्नेछन् र रुनेछन्।+सबै कुरा लुटिएको त्यो सहर भुईँमा थच्चिनेछ।”+
फुटनोटहरू
^ शा., “पचास जनाका नाइकेहरू।”
^ वा “फितलो।”
^ गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
^ वा “भित्री वस्त्र।”
^ वा “बाल्सम,” कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
^ शा., “तालुखुइले हुनेछ।”