यसैया २७:१-१३

  • यहोवा लेवियातानलाई मार्नुहुन्छ ()

  • इस्राएललाई अङ्‌गुर बगानसित तुलना गरिएको गीत (२-१३)

२७  त्यो दिन यहोवाले आफ्नो भयानक, क्रूर र बलियो तरबार लिनुहुनेछ;+घस्रँदै अनि घुम्रिँदै हिँड्‌ने सर्पअर्थात्‌ लेवियातानमाथि* उहाँ जाइलाग्नुहुनेछ।समुद्रमा बस्ने त्यो विशाल जलजन्तुलाई उहाँले मार्नुहुनेछ।  २  त्यो दिन त्यस स्त्रीको* लागि यस्तो गीत गाऊ:“हेर, अङ्‌गुर बगानमा मद्य* बनिँदै छ!+  ३  म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+म हरपल त्यसमा पानी लगाउँछु।+त्यसलाई कसैले हानि नपुऱ्‍याओस्‌ भनेरम रातदिन पहरा दिन्छु।+  ४  मेरो रिस मरिसकेको छ।+त्यसमा काँडेझार र सामा छरेर कसले मसित जोरी खोज्न सक्छ?म ती काँडेझार र सामालाई कुल्चेर आगो लगाइदिनेछु।  ५  होइन भने उसले मेरो किल्लामा आएर शरण लेओस्‌।उसले मसित मिलाप गरोस्‌,हो, उसले मिलाप गरोस्‌।”  ६  आगामी दिनहरूमा याकुबले जरा गाड्‌नेछ।इस्राएल फक्रनेछ र त्यसले फल फलाउनेछ;+तिनीहरूले आफ्नो उब्जनीले देश भर्नेछन्‌।+  ७  त्यसलाई हिर्काउनेले जति जोडले हिर्कायो, त्यति जोडले हिर्काउनुपर्थ्यो र?त्यसलाई प्रहार गरेर ज्यान लिनेले के त्यसरी त्यसको ज्यान खोस्नुहुन्थ्यो र?  ८  तपाईँले त्यस स्त्रीलाई ठूलो स्वरले हपारेर धपाउनुहुनेछ।पूर्वीय बतास चल्ने दिनमा तपाईँले हावाको डरलाग्दो झोक्काले त्यसलाई उडाइदिनुहुनेछ।+  ९  यसरी याकुबको गल्तीको प्रायश्‍चित गरिनेछ।+अनि उसको पाप पखालिँदा नतिजा यस्तो हुनेछ:उहाँले वेदीका सबै ढुङ्‌गालाईखरीढुङ्‌गालाई जस्तै धुलोपिठो पारिदिनुहुनेछ।त्यहाँ पवित्र खामाहरू* र धूपदानी केही बाँकी रहनेछैन।+ १०  किनकि पर्खालले घेरिएको त्यो बलियो सहर उजाड छोडिनेछ।त्यहाँका चरनहरू निर्जन ठाउँजस्तै सुनसान हुनेछन्‌।+बाछाहरू त्यहाँ चर्नेछन्‌ र ढल्कनेछन्‌अनि तिनीहरूले त्यसका हाँगाबिँगा लुछेर खानेछन्‌।+ ११  त्यसका डाँठहरू सुकेपछिस्त्रीहरू आएर ती भाँच्नेछन्‌र ती झिँजा सल्काउनेछन्‌।किनकि यी मानिसहरू समझ नभएका मानिसहरू हुन्‌।+त्यसकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूलाई पटक्कै दया गर्नुहुनेछैन।तिनीहरूको रचना गर्नुहुनेले तिनीहरूमाथि कृपा देखाउनुहुनेछैन।+ १२  ए इस्राएलका मानिसहरू हो,+ त्यस दिन यहोवाले युफ्रेटिस नदीदेखि मिश्रको वादीसम्मका* फलहरू झारिदिनुहुनेछ+ र एक-एक गरी तिमीहरूलाई बटुल्नुहुनेछ। १३  त्यो दिन ठूलो स्वरले सिङ फुकिनेछ+ अनि अस्सेरियामा+ नाश हुन लागेकाहरू र मिश्रमा+ तितरबितर भएकाहरू यरुसलेमको पवित्र डाँडामा आएर यहोवालाई दण्डवत्‌ गर्नेछन्‌।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
यसले इस्राएललाई जनाएको हुन सक्छ। यहाँ इस्राएललाई स्त्रीलाई झैँ सम्बोधन गरिएको छ र अङ्‌गुर बगानसित तुलना गरिएको छ।
वा “फीँज निस्कने मद्य।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।