यसैया २६:१-२१

  • भरोसा र उद्धारको गीत (१-२१)

    • याह यहोवा, सनातनका चट्टान ()

    • पृथ्वीका बासिन्दाहरूले परमेश्‍वरको धार्मिक स्तर सिक्नेछन्‌ ()

    • “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌” (१९)

    • भित्री कोठाहरूमा पस र लुक (२०)

२६  त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+ “हाम्रो सहर बलियो छ।+ उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+  २  सहरका ढोकाहरू खोल+ताकि धर्मी र विश्‍वासयोग्य जाति भित्र पस्न सकोस्‌।  ३  तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्‌।+  ४  सधैँ यहोवामा भरोसा गर्नू+किनकि याह* यहोवा सनातनका चट्टान हुनुहुन्छ।+  ५  उहाँले अग्लो ठाउँमा, भव्य सहरमा बस्नेहरूलाई खसाल्नुभएको छ।उहाँले त्यस सहरलाई तल झार्नुहुन्छ।त्यसलाई भुईँमा पछार्नुहुन्छ।त्यसलाई माटोमा मिलाइदिनुहुन्छ।  ६  दीनदुःखी र गरिबहरूका खुट्टालेत्यसलाई कुल्चनेछ।”  ७  धर्मी मानिसको बाटो सीधा* हुन्छ।तपाईँ न्यायी हुनुहुन्छ,त्यसैले धर्मी मानिसको बाटोलाई तपाईँ समतल पारिदिनुहुन्छ।  ८  हे यहोवा, तपाईँको न्यायको मार्गमा चल्दाहामी तपाईँमै भर पर्छौँ।हामी तपाईँको नाम र तपाईँको स्मृतिको* औधी चाह गर्छौँ।  ९  रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,तब मानिसहरूले धार्मिक स्तर सिक्छन्‌।+ १०  दुष्टलाई दया देखाए पनित्यसले धार्मिक स्तर सिक्दैन।+सोझाहरूको देशमा पनि त्यसले दुष्ट काम गर्छ।+त्यसले यहोवाको गौरव देख्नेछैन।+ ११  हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्‌।+आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन्‌ र लाजमा पर्नेछन्‌।हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ। १२  हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+किनकि हामीले अहिलेसम्म गरेका सबै कुरातपाईँले नै पूरा गरिदिनुभएको हो। १३  हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँबाहेक अरू मालिकले पनि हामीमाथि शासन गरे+तर हामी तपाईँको नाउँको मात्र प्रशंसा गर्छौँ।+ १४  तिनीहरू त मरिसके, अब फेरि बाँच्नेछैनन्‌।तिनीहरू शक्‍तिहीन छन्‌, फेरि उठ्‌नेछैनन्‌+किनकि तिनीहरूलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेटाउनतपाईँ तिनीहरूविरुद्ध उठ्‌नुभएको छ। १५  हे यहोवा, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।हो, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।तपाईँले आफूलाई महिमित पार्नुभएको छ।+तपाईँले देशको सिमाना चारैतिर फैलाउनुभएको छ।+ १६  हे यहोवा, कष्ट आइपर्दा तिनीहरू तपाईँतर्फ फर्के।तपाईँले तिनीहरूलाई अनुशासन दिनुहुँदा+ तिनीहरूले मधुरो स्वरमा प्रार्थना गरे र आफ्नो मनको बह पोखाए। १७  जसरी बच्चा जन्माउन लागेकी स्त्रीलाईसुत्केरी बेथाले च्याप्छ र ऊ पीडाले कराउँछे,हे यहोवा, तपाईँले हामीलाई पनि त्यस्तै अवस्थामा पुऱ्‍याउनुभयो। १८  हामीले गर्भधारण गऱ्‍यौँ; हामीलाई सुत्केरी बेथाले च्याप्यो।तर हामीले त हावालाई पो जन्माएछौँ।हामीले देशको उद्धार गर्न सकेनौँ।देशमा बसोबास गर्नलाई कोही पनि जन्मिएन। १९  “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌।मेरा मानिसहरूका लास* फेरि जिउँदो हुनेछन्‌।+हे माटोमा बस्नेहरू हो,उठ! खुसीले कराओ!+किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै* छ।पृथ्वीले मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरूलाई फिर्ता गर्नेछ र तिनीहरू फेरि जिउँदो हुनेछन्‌। २०  हे मेरा मानिसहरू हो, जाओ!आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+मेरो क्रोध शान्त नहोउन्जेलकेहीबेर लुकेर बस।+ २१  किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिनयहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछर आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”

फुटनोटहरू

यहाँ यस शब्दले सहरको पर्खाललाई सुरक्षित राख्न टेको स्वरूप लगाइएको भिरालो पर्खाललाई जनाउँछ।
वा सम्भवत: “जसको सोचाइ परिवर्तन हुँदैन, तिनीहरूलाई।”
“याह,” यहोवा नामको छोटो रूप हो।
वा “सम्म परेको।”
यसको अर्थ हो, परमेश्‍वर र उहाँको नाम सम्झनु अनि त्यसको घोषणा गर्नु।
शा., “मेरो लास।”
वा सम्भवत: “मसलाको बोटमा परेको शीतजस्तै।”