यसैया २५:१-१२

  • परमेश्‍वरका जनहरूमाथि प्रशस्त आशिष्‌ (१-१२)

    • यहोवाले असल मद्यको भोज लगाउनुहुन्छ ()

    • फेरि मृत्यु हुनेछैन ()

२५  हे यहोवा, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।म तपाईँको प्रशंसा गर्छु;तपाईँको नाउँको स्तुति गाउँछु।किनकि तपाईँले अचम्मलाग्दा कामहरू गर्नुभयो,+ जुन तपाईँले पहिल्यैदेखि गर्छु भनी निश्‍चय गर्नुभएको थियो।+यसरी तपाईँले आफूलाई वफादार अनि भरोसायोग्य+ साबित गर्नुभयो।  २  तपाईँले सहरलाई ढुङ्‌गाको थुप्रो बनाइदिनुभएको छ;एउटा बलियो सहरलाई खण्डहरमा परिणत गरिदिनुभएको छ।विदेशीहरूको किल्ला भएको सहर अब रहेन;त्यो फेरि कहिल्यै बनाइनेछैन।  ३  त्यसैले शक्‍तिशाली जातिले तपाईँको महिमा गर्नेछ।क्रूर जातिहरूको सहरले तपाईँको डर मान्‍नेछ।+  ४  किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।  ५  निर्जल भूमिको गर्मीलाई जस्तैतपाईँ बिराना मानिसहरूको होहल्लालाई शान्त पारिदिनुहुन्छ।जसरी बादलको छायाले गर्मी भगाउँछ,त्यसरी नै तपाईँले शोषकहरूको गीत बन्द गरिदिनुहुन्छ।  ६  सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागिथरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+असल मद्य टक्य्राउनुहुनेछ।हड्डीको मासी भएका थरीथरीका परिकारर छानेको असल मद्यको भोज लगाउनुहुनेछ।  ७  यसै डाँडामा उहाँले सारा जातिका मानिसहरूलाई ढाकिराखेको कपडार सबै देशमाथि परेको घुम्टो हटाइदिनुहुनेछ।  ८  उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।  ९  त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्‌:“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!+हामीले उहाँमै आशा राखेका छौँ+र उहाँले हामीलाई बचाउनुहुनेछ।+उहाँ यहोवा हुनुहुन्छ!हामीले उहाँमै आशा राखेका छौँ।उहाँले हाम्रो उद्धार गर्नुहुनेछ; त्यसैले हामी रमाऔँ र खुसी होऔँ!”+ १०  किनकि यहोवाको हातले यस डाँडामा विश्राम गर्नेछ।+अनि जसरी मलको थुप्रोमा छ्‌वाली मिसाउन कुल्चीमिल्ची गरिन्छ,+त्यसरी नै मोआबलाई त्यसको ठाउँमा कुल्चीमिल्ची गरिनेछ। ११  जसरी पौडी खेल्नेले आफ्नो हात पसारेर पानीलाई हिर्काउँछ,त्यसरी नै उहाँले मोआबलाई आफ्नो हातले हिर्काउनुहुनेछ।कुशलतासाथ आफ्नो हात चलाएरउहाँले त्यसको घमन्डलाई चूरचूर पार्नुहुनेछ।+ १२  अनि अग्ला-अग्ला पर्खाल भएको बलियो सहरलाईउहाँले नाश गर्नुहुनेछ।उहाँले त्यसलाई भुईँमा पछार्नुहुनेछ, त्यसलाई माटोमा मिलाइदिनुहुनेछ।

फुटनोटहरू