यसैया २१:१-१७

  • समुद्रछेउको निर्जनभूमिविरुद्ध घोषणा (१-१०)

    • पहरा दिने किल्लाबाट पहरा दिइरहेको ()

    • “बेबिलोन पतन भएको छ!” ()

  • दुमा र मरुभूमिविरुद्ध घोषणा (११-१७)

    • “ए पहरेदार, रात अझै कति बाँकी छ?” (११)

२१  समुद्रछेउको निर्जनभूमिविरुद्ध* घोषणा:+निर्जनभूमिबाट, त्यो डरलाग्दो भूमिबाट,दक्षिणको आँधीबेहरीझैँ त्यो आइरहेको छ।+  २  मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:छल गर्नेले छल गर्दै छ,नाश गर्नेले नाश गर्दै छ।हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+  ३  यो दर्शन देखेपछि मलाई असह्‍य वेदनाले+ छोपेको छ।सुत्केरी बेथा लागेकी स्त्रीझैँम छटपटाइरहेको छु।मलाई परेको चोट र पीडाले गर्दाम केही पनि सुन्‍न र देख्न नसक्ने भएको छु।  ४  मेरो मुटुले ठाउँ छोड्‌छ, म डरले थरथराउँछु।जुन साँझको म प्रतीक्षा गर्थेँ, त्यसलाई सम्झिँदा पनि अहिले मलाई डरले छोप्छ।  ५  टेबुल तयार पार, कुर्सी मिलाऊ!खाऊ! पिऊ!+ए शासकहरू हो, उठ! ढाललाई अभिषेक गर!*  ६  किनकि यहोवाले मलाई यसो भन्‍नुभयो:“जाऊ, एउटा पहरेदारलाई खटाऊ र उसले जे देख्छ, त्यो बताउन लगाऊ।”  ७  अनि उसले घोडाहरूले दौडाइरहेको युद्धको रथ,गधाहरूले दौडाइरहेको युद्धको रथर उँटहरूले दौडाइरहेको युद्धको रथ देख्यो।उसले खुब ध्यान दिएर हेऱ्‍यो।  ८  त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:“हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,हरेक रात चौकीमा म पहरा दिँदै छु।+  ९  हेर्नुहोस्‌ त, के आइरहेको छ?घोडाहरूले दौडाइरहेको रथमा सेना आइरहेको छ!”+त्यसपछि उसले भन्यो:“पतन भएको छ! बेबिलोन पतन भएको छ!+त्यसका देवीदेवताका मूर्तिहरू टुक्राटुक्रा हुनेगरि उहाँले भुईँमा बजारिदिनुभएको छ।”+ १०  अन्‍न चुटेझैँ चुटिएका हे मेरा मानिसहरू हो,हे खलाका मेरा अन्‍नहरू हो,+इस्राएलका परमेश्‍वर, सेनाहरूका यहोवाबाट मैले जे-जे सुनेँ,त्यो तिमीहरूलाई बताइदिएको छु। ११  दुमाविरुद्ध* घोषणा:सेइरबाट कोही यसो भन्दै कराइरहेको छ:+“ए पहरेदार, रात अझै कति बाँकी छ?ए पहरेदार, रात अझै कति बाँकी छ?” १२  त्यस पहरेदारले यसो भन्यो:“बिहान हुनै लागेको छ अनि फेरि रात परिहाल्नेछ।तिमी केही सोध्न चाहन्छौ भने सोध,फेरि आऊ!” १३  मरुभूमिविरुद्ध घोषणा:ए ददानका यात्रीहरू हो,+तिमीहरूले मरुभूमिको झाडीमा* रात काट्‌नेछौ। १४  ए तेमाका बासिन्दाहरू हो,+तिर्खाएकाहरूको लागि पानी लिएर आऊर भागेकाहरूको लागि खानेकुरा लिएर आऊ। १५  किनकि काट्‌नलाई थुतिएको तरबारदेखि,काँड हान्‍न तन्काइएको धनुदेखि र भयानक युद्धदेखि तिनीहरू भागेर आएका छन्‌। १६  यहोवाले मलाई यसो भन्‍नुभयो: “ज्यालादारी मजदुरको एक वर्षभित्रै* केदारको+ सारा गौरव माटोमा मिल्नेछ। १७  केदारको सेनामा थोरै धनुर्धारी मात्र बाँकी हुनेछन्‌ किनकि इस्राएलका परमेश्‍वर यहोवाले नै यो कुरा भन्‍नुभएको हो।”

फुटनोटहरू

यसले प्राचीन बेबिलोनी साम्राज्यको इलाकालाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
वा “ढालमा तेल खन्याऊ।”
यसको अर्थ हो, “सुनसान।”
शा., “जङ्‌गलमा।”
शा., “ज्यालादारी मजदुरको जस्तो एक वर्षभित्रै।” ज्यालादारी मजदुरको समय पहिल्यै तोकिएको हुन्थ्यो, एक दिन पनि घटबढ गरिँदैन थियो।