यसैया १९:१-२५

  • मिश्रविरुद्ध घोषणा (१-१५)

  • मिश्रीहरूले यहोवालाई चिन्‍नेछन्‌ (१६-२५)

    • मिश्रमा यहोवाको लागि वेदी (१९)

१९  मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्‌+अनि मिश्रको मुटु डरले पग्लनेछ।  २  “म मिश्रीहरूलाई एकअर्काविरुद्ध सुऱ्‍याउनेछुअनि मिश्रीहरू मिश्रीहरूमाथि नै जाइलाग्नेछन्‌;तिनीहरू आफ्नै दाजुभाइ र आफ्नै छिमेकीविरुद्ध उठ्‌नेछन्‌।एउटा सहर अर्को सहरसित अनि एउटा राज्य अर्को राज्यसित लड्‌नेछ।  ३  अनि मिश्रका मानिसहरूको मन ठेगानमा हुनेछैन।तिनीहरूको योजना म विफल पारिदिनेछु।+ तिनीहरूले आफ्ना बेकामका देवताहरूलाई पुकार्नेछन्‌।तन्त्रमन्त्र गर्नेहरू, भूतप्रेत खेलाउनेहरू र भावी बताउनेहरूकहाँ तिनीहरू जानेछन्‌।+  ४  म मिश्रलाई क्रूर मालिकको हातमा सुम्पिनेछु,एक जना निरङ्‌कुश राजाले तिनीहरूमाथि शासन गर्नेछ,”+ साँचो परमेश्‍वर, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।  ५  समुद्रको पानी सुक्नेछ,नदीहरू पनि सुक्खा हुनेछन्‌।+  ६  नदीहरू गन्हाउनेछन्‌।मिश्रको नाइल नदीका नहरहरूमा पानी घट्‌दै जानेछ र ती सुक्नेछन्‌।नर्कट र कुशका बोटहरू कुहिनेछन्‌।+  ७  नाइल नदीको मुहान अनि नदी छेउछाउका बोटहरू+र नदीको किनारमा खेतीपाती गरिएको जमिन सबै सुक्खा हुनेछ।+अनि सुकेका ती बालीलाई हावाले उडाएर लग्नेछ; त्यहाँ एक गेडो अन्‍न पनि बाँकी रहनेछैन।  ८  माझीहरूले शोक गर्नेछन्‌,नाइल नदीमा बल्छी थाप्नेहरूले अलाप-विलाप गर्नेछन्‌।पानीमा जाल फ्याँक्ने जलारीहरूको सङ्‌ख्या घट्‌नेछ।  ९  आलसको+ धागोको काम गर्नेहरूअनि तानमा सेतो कपडा बुन्‍नेहरू सबै लाजमा पारिनेछन्‌। १०  मिश्रका कपडा बुन्‍नेहरू दुःखी हुनेछन्‌र ज्यामीहरूले शोक गर्नेछन्‌। ११  जोअनका+ राजकुमारहरू मूर्ख छन्‌।फारोका* सबैभन्दा बुद्धिमान्‌ सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्‌।+तिमीहरूले फारोलाई कसरी यसो भन्‍न सक्यौ:“म बुद्धिजीवीहरूको सन्तान हुँ,म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”? १२  तिम्रा बुद्धिमान्‌ मानिसहरू कता छन्‌?+सेनाहरूका यहोवाले मिश्रमा के गर्न लाग्नुभएको छ, सक्छन्‌ भने तिनीहरूले तिमीलाई बताऊन्‌। १३  जोअनका शासकहरूले मूर्ख काम गरेका छन्‌।नोफका*+ शासकहरूले धोका पाएका छन्‌।मिश्रका कुलहरूका नाइकेहरूले मिश्रलाई बहकाएका छन्‌। १४  यहोवाले मिश्रमा गोलमाल मच्चाइदिनुभएको छ।+मिश्रले गर्ने हरेक काममा त्यसका अगुवाहरूले त्यसलाई अलमल्याइदिएका छन्‌।मिश्र रक्सीले मातेर आफ्नै बान्तामा लरखराइरहेको मान्छेझैँ भएको छ। १५  अनि आफ्नो शिर र पुच्छर वा टुसा र कुशको लागि*मिश्रले केही पनि गर्न सक्नेछैन। १६  त्यस दिन मिश्र डरपोक आइमाईहरूजस्तै हुनेछ, त्यो डरले थरथर काँप्नेछ र त्रसित हुनेछ किनकि सेनाहरूका यहोवाले मिश्रविरुद्ध आफ्नो हात उठाउनुहुनेछ।+ १७  अनि यहुदाको भूमि मिश्रको लागि डर र त्रासको कारण बन्‍नेछ। सेनाहरूका यहोवाले तिनीहरूविरुद्ध सुनाउनुभएको फैसलाले गर्दा यहुदाको नाम सुन्दा मात्रै पनि तिनीहरू डरले खङ्‌ग्रङ्‌ङ हुनेछन्‌।+ १८  त्यस दिन मिश्रका पाँच वटा सहरले कनानको भाषा बोल्नेछन्‌+ र सेनाहरूका यहोवाप्रति वफादार हुन्छौँ भनेर शपथ खानेछन्‌। तीमध्ये एउटा सहरको नाम ‘भत्काउने सहर’ हुनेछ। १९  त्यस दिन मिश्रको बीचमा यहोवाको लागि एउटा वेदी बनाइनेछ र मिश्रको सिमानामा यहोवाको लागि एउटा खम्बा ठड्‌याइनेछ। २०  सेनाहरूका यहोवाको लागि ती मिश्रमा चिन्ह र साक्षी हुनेछन्‌ किनकि अत्याचारीहरूले गर्दा तिनीहरूले यहोवालाई ठूलो स्वरले पुकार्नेछन्‌। अनि उहाँले तिनीहरूलाई मुक्‍त गर्न एक जना महान्‌ उद्धारक पठाउनुहुनेछ र तिनले तिनीहरूको उद्धार गर्नेछन्‌। २१  त्यस दिन मिश्रीहरूसामु यहोवाले आफूलाई प्रकट गर्नुहुनेछ र मिश्रीहरूले यहोवालाई चिन्‍नेछन्‌। तिनीहरूले यहोवाको नाममा बलि चढाउनेछन्‌, सौगात ल्याउनेछन्‌, उहाँसित भाकल गर्नेछन्‌ र त्यो भाकल पूरा गर्नेछन्‌। २२  यहोवाले मिश्रलाई हिर्काउनुहुनेछ+ र फेरि त्यसलाई निको पनि पार्नुहुनेछ। तिनीहरू यहोवाकहाँ फर्कनेछन्‌ र तिनीहरूको बिन्ती सुनेर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ। २३  त्यस दिन मिश्रबाट अस्सेरिया जाने एउटा मूलबाटो+ हुनेछ। अनि अस्सेरियालीहरू मिश्र आउनेछन्‌ र मिश्रीहरू अस्सेरिया जानेछन्‌। तब मिश्र र अस्सेरिया मिलेर परमेश्‍वरको सेवा गर्नेछन्‌। २४  त्यस दिन इस्राएल पनि मिश्र र अस्सेरियासित मिल्नेछ+ अनि सारा पृथ्वीको लागि आशिष्‌ साबित हुनेछ। २५  किनकि सेनाहरूका यहोवाले तिनीहरूलाई यसो भन्दै आशिष्‌ दिनुहुनेछ: “हे मिश्र, मेरा मानिसहरू! हे अस्सेरिया, मेरो हातको काम! अनि हे इस्राएल, मेरो उत्तराधिकार! तिमीहरू धन्यका होओ!”+

फुटनोटहरू

मिश्रका राजाहरूको एउटा उपाधि।
वा “मेम्फिसका।”
वा सम्भवत: “वा खजुरका हाँगा र नर्कटको लागि।”